मीडिया पनि कति जिम्मेदार ?

-मधु लम्साल-

 

newspapers-in-kathmanduअदालतमा न्याय माग्न जाने दुबै पक्ष आफूमाथि अन्याय भएको दावी गर्छन् वकिल मार्फत् उनीहरुले आफूमाथि अन्याय भएको अर्थात् न्यायका लागि आफ्नो तर्फबाट बलियो प्रमाण या तर्क पेश गराउँछन् प्रमाण या तर्ककै आधारमा न्यायमूर्तीले आफ्नो विवेक प्रयोग गरेर एक पक्षलाई जिताइदिन्छन्, स्वतहः अर्को पक्ष पराजित हुनैपर्छ यो स्वयसिद्ध तथ्य हो तर, जुन पक्षले जित्छ, त्यसले आफूले न्याय पाएको दावी गर्छ भने अर्को पक्षलेन्यायाधीश नै बिकेर मुद्दा उसैको पक्षमा छिनेकोकुतर्क गर्दै हिँड्ने गरेको पनि पाइएको एक पक्षले आफूलाई विवादमा तान्छ भन्ने सोच पालेर न्यायमूर्तीले मुद्दा छिन्न चाहेन भने त्यो न्यायाधिश त्यस्तो अदालतको काम नै के भयो ?

 

यहाँनेर एउटा त्यस्तै प्रसंग उठान गर्न खोजीएको हो, त्यो हो सञ्चारकर्मी सञ्चार क्षेत्रकै विषय यतीबेला देशभर विभिन्न मीडियामाथि भएको श्रृंखलावद्ध आक्रमणको विरोध सञ्चार क्षेत्रसँग आवद्ध व्यक्तिहरुबाट मात्रै भइरहेको छैन, त्यसको हरेक क्षेत्र कोणबाट विरोध भइरहेको यद्यपि, मीडिया क्षेत्रमाथि भएका हस्तक्षेप, आक्रमण, अवरोध अनैतिक एवम् अमानविय व्यवहारको चौतर्फी विरोध भर्त्सना भइरहँदा समेत सम्वन्धितदोषीपक्ष धरमराएको देखिन्न अझै पनिदोषीपक्षले मीडियामाथिको आक्रमणलाईबहादुरीकारुपमा लिइरहेको भान सबैमा परीरहेको जनतालाई सुसुचित तुल्याउने उनीहरुकै लागि सन्देशबाहकको दायित्व बोकेका सञ्चारकर्मी या सञ्चार क्षेत्रले आफू अनुकुल नहुने वित्तिकै धम्की, चेतावनी, अपहरण, आक्रमण, तोडफोड, हत्याजस्ता घट्नासँग संघर्ष गरिरहनु परेको राजनैतिक होस् या अन्य जुनसुकै परिवर्तनका क्रममा अग्रणीभूमिकामा देखा पर्ने सञ्चारजगत कुनै पनि समुह या पक्षको प्रतिकुल हुने वित्तिकै त्यसको निशानामा पर्ने क्रम रोकिएको छैन यो राम्रो संकेत होइन, यसैले पनि सम्पूर्ण सञ्चारकर्मी अहिले आफू आफ्नो पेशागत सुरक्षाको माग राखेर आन्दोलनमा उत्र्नुको विकल्प छैन

 

दुनियालाई बाटो देखाउने मीडिया क्षेत्र किन अहिले आफैँ असुरक्षित ? यसको पाटो पनि सम्वन्धित पक्षबाट खोजी गरिनु पर्ने हो एक सञ्चारकर्मीका हैसियतले पनि हिमाल, अंकुश, कान्तिपुर, आप्कामाथिको आक्रमण उचित भन्न खोजीएको पक्कै पनि होइन तर, यस्तो स्थिति आउनुमा मीडिया त्यसमा संलग्न सञ्चारकर्मीहरुको पनि कहीँकतै कुनै कमजोरी कि छैन ? यसतर्फ सम्वन्धित पक्ष बेलैमा जाग्नु पर्ने स्थिति

 

जसरीभदौं सोह्रको घट्ना घट्यो, त्यसैगरी कुनै दिन त्यस्तो नआउला भन्न सकिन्न, जुन दिन पत्रकार पत्रिका, एफएम, टीभीका कार्यालय एकसाथ आक्रमणको निशाना बन्न सक्ने छन् भदौं सोह्रको घटना घट्नुमा सबै मेनपावर कम्पनीको दोष थिएन , त्यसदिन जुनजुन मेनपावर कम्पनीमाथि क्षती पुर्‍याईयो, त्यो उच्छृखंल तत्व एवम्लुटेरा समुहकोधन्दाथियो तर, तोडफोडका नाममा गरीएको लुटपाट वरीपरीका जनताले हेरिमात्रै रहे, उनीहरुबाट त्यो समुहसँग कुनै खाले प्रतिकार भएन कारण स्पष्ट , पछिल्ला दिनमा मेनपावर कम्पनीले आर्जन गरेको कुख्याती अर्थात् बदमासीको पराकाष्ट

 

हुन सबै मेनपावर कम्पनीलाई एउटै उस्तै दर्जामा राखेर हेरीनु पनि हुन्नथ्यो किनकि आक्रमणको निशानामा परेका कयौं राम्रा असल मेनपावर जसको देशमारेमिट्यान्सभित्राउन ठूलो योगदान वेरोजगार युवाको ठूलो संख्यालाई विदेशमा आफैँले कोटा खोजेर उनीहरुलाई त्यहाँसम्म पठाएर एकातिर वैदेशिक रोजगारीमा जाने युवाको घरपरिवारको आर्थिक अवस्था माथि उठाइदिन ठूलो भूमिका खेलेका छन् भने अर्कोतर्फ देशमा विदेशी मुद्रा भित्र्याएर गुन लगाएका छन् धेरै मेनपावर कम्पनीले तर, पनि मेनपावर कम्पनीमात्रै आक्रमणको तारो बन्ने गरी किनभदौं सोह्रघट्यो ? यसको विश्लेषण पक्कै पनि मेनपावर व्यवसायमा लाग्नेहरुले गरिसकेको हुनुपर्छ

 

यो सबै कारणको दोषीदलालहरु हुन्, तर तीदलालमेनपावर कम्पनीका नजरमा सदैवज्वाइँसमान मानिन्छन् हुँदा नहुँदा आश्वासन बाँडेर बेरोजगार युवाहरुलाई मात्रै नभएर गाउँघरमा खेतीपाती, शिक्षण क्षेत्र, पशुपालनजस्ता व्यवसायमा लागेकाहरुलाई समेत प्रभावमा पारेर उनीहरुबाट ठूलै रकम असुल गरी ठग्ने, घर घाटको तुल्याइदिने, प्रलोभन देखाइएको भन्दा ठ्याक्कै विपरित काममा पठाउने, विदेशमा समेत शोषण गरिने, पठाइँदाको शर्त, सुविधा लागू नहुँदा दुःख कष्ट भोगेर विदेशमा बिचल्लीमा परेपछि चन्दा उठाएर फर्कनुपर्ने जस्ता विभिन्न घट्नाका पीडितहरुको संख्या दिनदिनै बढ्दै जानुले पनि मेनपावर कम्पनीमाथि अविश्वास जाग्न थालेको हो

 

वास्तवमा भन्नु पर्दा इराकमा बाह्र नेपालीको अमानविय नरसंहारको घट्नासँग यहाँका सबै मेनपावरको कुनै संलग्नता नै थिएन, त्यो घट्ना घट्नुमा मेनपावर कम्पनीका नाममा दलालहरुले विगतमा गरेका गल्ती कमजोरीको पराकाष्ट एकातिर थियो भनेत्यस्तो हुन्छ किभन्ने जानेर पनि अन्तिम अवस्थासम्म मौन रहेर प्रदर्शनका नाममा उत्रिएका धमीलो पानीमा माछा मार्न पल्कीएका अवसरवादीहरुको भिडले देखाएको रमिता हेर्ने प्रहरी प्रशासनको कमजोरी पनि उत्तिकै दोषी हो

 

हो, यहाँनेर यत्रो भूमिका बाँध्नुको अर्थ पत्रकारिता क्षेत्र पनि चोखो , यसमा आवद्ध सबै असल कुशल छन् भन्नु मूर्खता हो पछिल्ला दिनमा मीडिया क्षेत्रले पनि मेनपावरले जस्तै बदनामी कमाइरहेको यही पेशामा आवद्ध रहे पनि पंक्तिकारले यसलाई स्वीकार्नै पर्दछ आफ्नो पेशाप्रति लाग्दै गरेकोकालो धब्बाले लंका नजलाओस् भन्नका लागि सम्वन्धित निकायको आँखा समयमै उघारेर दुई चार शव्द खर्चनु उसको दायित्वभित्र पनि पर्दछ

 

पछिल्ला दिनमा पत्रकारिता कस्ताले गरेका छन् ? कस्ता कस्ता व्यक्तिका साथमा पत्रकार परिचय पत्र छन् ? त्यसतर्फकसले चासो राखेको ? पत्रकारको आवरणमा तस्करीलगायतका विभिन्न अपराधीक धन्दाहरु हुने गरेका घट्ना नौला रहेनन् तैपनि पत्रकारहरुकै छाता संगठन नेपाल पत्रकार महासंघ चुइँक्क बोल्दैन प्रेस पास बाँड्ने सूचना विभागले कस्ता व्यक्तिले पास मागिरहेका छन् भन्ने थाहा पाएर पनि धमाधम असार साउनका खेतालालाईमकै भटमासबाँडेजस्तो पास बाँड्ने काम भइरहेको मीडिया क्षेत्रको अनुगमन निरीक्षण गर्ने साथसाथै उसको काम कारवाहीको मुल्याकंन गर्ने, वर्गिकरण गर्ने जस्तो जिम्मेवारी पाएको अर्धन्यायिक निकाय प्रेस काउन्सिलका पदाधिकारीको काम भत्ता पचाउने आफ्ना सेवकका कुरा सुन्ने, उनीहरुका झोलामा हालेर ठाउँ ठाउँमा पुर्याइने/बाँडीने पत्रिकालाई माथिल्ला श्रेणीमा तान्ने बाहेक अन्य पत्रकारिता क्षेत्रको विकाश यसलाई मर्यादित एवम् विश्वसनिय तुल्याउने कुनै कामै हुन्न भन्दा फरक पर्दैन त्यसो भएपछि कहाँबाट हुन्छ नेपाली प्रेस जिम्मेदार ?

 

जिल्ला प्रशासन कार्यालयले एक हजार राजश्व लिएर दैनिक, पाँच सय लिएर साप्ताहिक, दुई सय लिएर मासिक पत्रिका धमाधम दर्ता गरिदिन्छ दर्ता प्रक्रियामा रित पुर्याइएको भए पनि त्यो व्यवहारमा लागू भएको /छैन, कसैले चासो दिएको पाइँदैन पत्रिका चिच्याएर बेच्ने हकर प्रधानसम्पादक/प्रकाशक भएको देख्न सकिन्छ कम्प्यूटर ठटाउनेहरुको पनि त्यस्तै स्थिति भने उनीहरुले पस्कने पत्रिकाबाट आम पाठकले कस्तो समाचार, लेखरचना विचारको आशा गर्ने ? दर्ता प्रक्रियाका बेला रित पुर्‍याउन कुनै कसैको प्रमाणपत्र प्रयोग गरेर पत्रिका दर्ता गरिन्छ, तर पत्रिका प्रकाशन गरिने बेलामा अर्कैको नाम छापिन्छ भने त्यो पत्रिकाबाट भविष्यमा हुने कुनै गम्भीर दोषबाट उत्पन्न परिणामको भागिदार को हुने ? यहाँ एक हजार रुपैया दिएको खण्डमाचोरलाई साधु साधुलाई चोरका रुपमा समाचार छपाउन सकिन्छ, यो रोग अहिले विस्तारै आफूलाई ठूला भन्न रुचाउने मीडिया हाउसमा समेत संक्रमित भइसकेको अवस्था

 

अपराधीक मानसिकता बोकेका व्यक्तिहरुको हातमा हतियार भयो भने त्यो व्यक्तिको अनुकुल नहुने वित्तिकै त्यो हतियार जोकसैका विरुद्ध उठ्न सक्छ त्यस्तै पछिल्ला दिनमा च्याउसरी उम्रेका केही साप्ताहिक खासगरी दिउसो छापिने पत्रिकाको नियतले पत्रकारिता क्षेत्रमाथि नै गम्भीर प्रश्न उठाइरहेको यसले भविष्यमा नेपालको पत्रकारिता क्षेत्रको विश्वसनियता मर्यादामाथि नै आँच आउन सक्ने तर्कलाई कसैले नर्कान सक्दैन किनकि, अनियमित अर्थात् मौसमी पत्रिका कहीँ कतैबाट कसैको इशारामा छापिने पत्रिकावालाहरुबाट गलत धन्दा मात्रै भएको छैन, पत्रकारिता क्षेत्रप्रति नै जनमानसमा वितृष्णा उत्पन्न गराइदिने काम भइरहेको हिजोका दिनमा पत्रकार पत्रिका भन्नासाथ जहाँकहीँ कति सम्मान मिल्थ्यो, मागेको बखत हरेक पक्षले सूचना उपलब्ध गराउँथे, लुकाउन परैजाओस् तर, पछिल्ला दिनमा अपराधीले आफ्ना कर्तुत लुकाउन अनुसन्धानको क्रमलाई अन्यत्रै मोडाएर आफू उम्कन पत्रिकामाथि अदृश्यरुपमा लगानी गरिरहेको पनि पाइन्छ

 

पहिला पहिला पढ्न नसकेर बिग्रेको छोरा ड्राइभर हुन्छ भनिन्थ्यो रे ! अहिले ड्राइभर हुन विभिन्न राष्ट्रिय/अन्तर्राष्ट्रिय ट्राफिक संकेत पढेको बुझेको हुनुपर्ने अवस्था आएपछि नपढेका बिग्रेकाहरुले राजनीति पत्रकारितामा हात हाल्न थालेको देख्न गाह्रो छैन किनकि, विगतमा  राजनीति गर्न सजिलो थिएन त्यहाँ त्याग, योगदान, संघर्ष इमानदारिताजस्ता गुण हुनै पर्ने थियो भने पत्रकारिता क्षेत्र झन् ठूलो संघर्षमा गनिन्थ्यो तर, पछिल्ला दिनमा ती दुबै क्षेत्रमा त्यो रहेन जसको भक्ति उसैको शक्ति हावी हुँदै गएपछि राजनीति पत्रकारिता क्षेत्रमा इमानदारिता, प्रतिवद्धता, नैतिकता विश्वसनियताको खडेरी नै परेको ठूला मीडिया के कसरी चलेका होलान्, उनीहरु नै जानुन् तर, अधिकांश साप्ताहिक अझै खासगरी दिउसो निस्कने पत्रिकाबाट पत्रकारिताकोसम्म पालना भएको पाइँदैन उनीहरुको कार्यालय , त्यस्ता पत्रिकाले नयाँ समाचार, समसामयिक तथा यथार्थ दृष्टिकोण नै पस्कने गर्दछन् बौद्धिक विषयमा बोल्ने सामान्य तर्क गर्ने साहस समेत त्यस्ता पत्रिकाका सञ्चालकहरुसँग भेटीन्न पेज भर्नकपी पेष्टमा पोख्त उनीहरुले पत्रकारिताका नाममाविज्ञापन माग्नअनुचित लाभलिएकै भरमा कसैले उपलब्ध गराइदिएको कसैका बारेमा नराम्रो कसैका बारेमा राम्रो म्याटर मात्रै छाप्न/छपाउन पोख्त छन्

पछिल्ला दिनमा सन्ध्याकालिन नामधारी पत्रिकाहरु एकापसमा छिटो छपाएर बजार पुर्‍याउने होडमा उत्रेका देखिन्छन् यसले साँझ निस्कने पत्रिकामा अघिल्लै दिनका समाचार छापिने गरेको पाइन्छ तर, त्यो बुझेर पनि पाठकहरुले आफू ठगीएको महशुस गर्दैनन्, बरु पढ्न सजिलो मानेर हो या लत बसेकाले हो, तीनै पत्रिका किनेर पढ्ने बानी उनीहरुमा परेको समयको होडवाजी मनलागि समाचार पस्कने गरिएकाले दिउसोका पत्रिकाबाट पत्रकारिता भएको नभएर उनीहरुलेपर्चाकारितागरेको ठहर पनि यो पंक्तिकारले विगतमा गरेकै हो एक कार्यक्रममा वक्ताका रुपमा निम्त्याइदासमेत पंक्तिकारले दिउसोका पत्रिकाआतंकवादी पर्चा भएकोभन्दै यस्ता पत्रिकामाथि या सरकारले अनुगमन, निरीक्षण एवम् उचित मुल्याकंन नगरेको खण्डमा अझै छाडा बन्दै गएर पत्रकारिता क्षेत्रलाई नै बद्नामी तुल्याउने खतरा रहेको खुलस्त पार्दा कयौं पत्रकारले त्यसलाई अन्तर मनदेखि स्वीकारेको देखिन्थ्यो

 

यो पंक्तिकारले पनि केही वर्ष सन्ध्याकालिन पत्रिकाको सम्पादन गरेकै हो, यो लेखको आशय त्यहीँबेलाको अनुभव भने पनि हुन्छ जहिलेसम्म पंक्तिकारलेखोजतलासनामको दिउसो निस्कने पत्रिकाको सम्पादन/प्रकाशनको नेतृत्व लियो, तबसम्म कसैका बारेमा राम्रो नराम्रो लेखिएन भन्न मिल्दैमिल्दैन, तर यो घमण्डका साथ दावी गर्न मिल्छ, कसैका लागि कसैसँगअनुचित लाभलिएर पत्रिकालाई कमाइको भाँडो बनाइएन, बरु कठीन संघर्षनै रोजेर सरकारले दिएको अनुदान (वर्गिकरण) समेत वहिष्कार गरियो यो आन्दोलन आज पर्यान्त नेपालमा नयाँ नौलो थियो सबैले आफ्ना पत्रिकालाई माथिल्लो वर्गिकरणमा पारिदिन अनुनय विनय गर्ने निरन्तरताको क्रम भंग साँच्चिकै भन्ने हो भनेखोजतलासबाटै भएको हो पंक्तिकार सम्पादन/प्रकाशनको नेतृत्वबाट उम्केपछिखोजतलासले पनि त्यो अडानलाई निरन्तरता दिन सकेन या चाहेन, त्यो पछिल्लो नेतृत्वकर्ताको नियतमा भर पर्ने विषय हो

 

काठमाडौं शहरमा माग्नेहरुको भिड निकै देख्न सकिन्छ काम गरेर पेट पाल्न भन्दा मागेर खान पल्केका अल्छीलाई जसले राम्रो सल्लाह दिन्छ, त्यो पच्दैन एक रुपैयाँ दिनेहरुले समेत गाली गर्दा बरु उनीहरुले ङिच्च दाँत देखाएर लाज पचाउलान्, राम्रो सुझाउलाई मनमा राख्न सक्दैनन् माग्ने पेशा पनि त्याग्दैनन् त्यो उनीहरुमा एक प्रकारको बानीनै बसीसकेको हुन्छ हो अहिले आफूलाई पत्रकार भन्न रुचाउने एकथरीझोलेपत्रकारहरु पनि जसले जती नै राम्रो असल सल्लाह दिएपनि त्यसलाई व्यवहारमा उतार्न चाहान्नन् जसरी माग्नेलाई दिनेले गाली गरेर पनि दिने गरिरहेको हुन्छ, त्यसैगरी उद्योगी/व्यवसायीहरुले पनि विज्ञापन छापिदिएको नाममा गाली गरेरै भए पनि दुई चार सय फालिदिन्छन्, त्यो पत्रकार भनाउँदाहरुले टिपेर हिँड्ने गरिदिँदाराम्रा असलनियतका पत्रकारमाथि पनि यदाकदा त्यहीँ व्यवहार हुने गरेको दुखेसो ठाउँठाउँमा सुनिने गरेको

 

सरकारले पत्रपत्रिकाका लागि राज्यकोषबाट वार्षिक करोडौं रुपैया अनुदान दिँदै आएको त्यो अनुदान राम्रा पत्रिकाले भन्दाझोले पत्रकारले नै सक्ने गरेका छन् किनकि बजारमा पढ्न नपाए पनि छापेर अभिलेखकालागि मात्रै सूचना विभाग प्रेस काउन्सिलमा उपलब्ध गराइने पत्रिकाको थुप्रोले त्यो पुष्टि गर्दछ कहाँ त्यतीमात्रै हो ? सरकारले उपलब्ध गराउँदै आएको अनुदानमाथि स्वयम् सूचना विभाग, प्रेस काउन्सिलकै कर्मचारीले पनिहिरीन हाल्नेगरेको पाइएको पत्रिकाको नाम (मास्टर हेड) मात्रै फेरेर एकै जनाले पाँचसात वटासम्म पत्रिकाको सुविधा हसुर्दै आएका छन् आखिर केका लागि सरकारले अनुदान दिएको हो ? पत्रकारिताको गुणस्तर विश्वसनियता घटाउन कि बढाउन ? यदि घटाउनकै लागि हो भने भन्नु गर्नु केही रहेन । तर, पत्रकारिता क्षेत्रलाई मर्यादित, विश्वसनिय जनताको सूसुचित हुने हकअधिकार स्थापित भइरहोस् भन्नका लागि हो भने सूविधाका नाममा अनुदान दिने कार्य आजैबाट रोकिनु पर्छ बरु त्यो रकम कागज, छपाईमा सहुलियत गराइदिएर, वास्तविक पत्रकारलाई विभिन्न प्रशिक्षणको व्यवस्था गराएर, एक्काइशौं शताब्दी अनुकुलको पत्रकारितामा सबै पत्रकारको पहुँच पुर्‍याइदिन विभिन्न उपकरणको व्यवस्था गराइदिएर सरकारले नेपालको पत्रकारिता क्षेत्रलाई विनाशतिर जानबाट रोकेर विकाशको मार्गमा लैजान जरुरी भइसकेको

 

नेपालमा राम्रा पत्रिका धेरै दिन नटिक्ने तर, नयाँ नयाँ नामका पत्रिका प्रकाशनको बाढी नै लाग्नुको कारण विभिन्न धन्दावालहरुकोपत्रकारिताक्षेत्रमा सक्रियता जनाइनु हो यसले कुनै पनि दिन अप्रिय घटना घट्न सक्ने संकेत गरिरहेको यसतर्फ सम्वन्धित पक्ष चनाखो मात्रै होइन, आफ्नो पेशालाई असुरक्षित धमीलो पार्ने तत्वको पहिचान गरेर त्यसलाई जरैदेखि उखलेर फ्याक्नुको विकल्प छैन

 

तपाइँको प्रतिक्रिया