गायक रामक्रिष्ण ढकाल सँगै ताते बेल्जियमका नेपाली
●तस्विरहरु : सन्तोस न्यौपाने / ब्रुज, बेल्जियम
नयाँ वर्ष मनाउन जम्मा भएका नेपालीहरुलाई नेपालबाट आएका कलाकारहरु रामक्रिष्ण ढकाल र मल्लिका कार्कीको जोडीले बेल्जियमको नेपाली समूदायलाई ततायो । नयाँवर्ष२०७० को अवसरमा बेल्जियमको एभरेस्ट नेपाली समाजले यहाँको ब्रुज शहरमाआयोजना गरेको थियो, विशेष कार्यक्रम ।
नेपालदेखि आएका कलाकारहरु रामकृष्ण ढकाल र मल्लिका कार्कीको बेजोड प्रस्तुतिले सहभागीहरुलाई भरपूर्ण मनोरञ्जन दिलायो ।
ढकालले चर्चित गीतहरु ‘बिहान उठ्ने बित्तिकै हिमाल देख्न पाइयोस‘,फूल भन्छ फूलिरहू लगायत १५ ओटा गित गाएका थिए ।
कार्कीले आफ्ना ३ चर्चित गीतहरु गाइन । कार्यक्रममा बेल्जियमका लुवेन, ब्रुस्सेल्स, ऒस्तेन्दे, क्नोक्क बाट समेत नेपालीहरुको घुइँचो लागेको थियो।
तपाइँको प्रतिक्रिया
सम्बन्धित
ताजा अपडेट्स
लोकप्रिय
फेसबुक












