जोरी खोज्नेहरुनै प्रशंसक
● चाप्चा राई / फ्यांकफर्ट, जर्मनी
´अशोक राईकोलागी जोरि खोजुवा प्रश्नहरु बोकेर आएको पेरिसको बाहुन-लुङ्ग्वा ( किराँती लिम्बु भाषामा साथी) हरु, फर्किंदा राईको प्रशंसक भएर फर्कियो ।´
अन्तमा हाम्रो कुराकानी मार्च मार्च १० आ इतवार पेरिसमा ददि सापकोटा लुङ्ग्वाले अशोक राईसंगको अन्तरक्रिया कार्यक्रम संयोजन गरिदिने टुंगोमा पुगेर सक्कियो ।
” लुङ्ग्वा यार, अब रेल छुट्ने समय भयो, म लागें हई ?” भन्दै उनी हिँडे ।
रातभरि होटेलमा नाइट अडिटर काम गरेर फर्वरी २४ को बिहान लगभग ९ : ३० को रेल चढेर पेरिस गार दु नअ स्टेसनबाट ब्रसेल्स-मिडीकोलागी हुईकिएको ददि लुङ्ग्वा । एकछिन पछि रेलभित्र ल्यापटप चलाउँदै गरेको फोटो फेसबुकमा राख्नु भ्याउदै च्याटमा लेख्छ “पत्रकार भईएको यति सुविधा पाईयो यार ।”
म फोटो हेर्छु । मिठो लाग्छ । सायद लुङ्ग्वाको अनुहारभरि प्रतिबिम्बित उसको मिठो मनको बिम्ब हो त्यो ।
त्यहि दिन बिहान नेपालबाट अध्यक्ष अशोक राई ब्रसेल्स उत्रने थियो । अनि त्यसैदिन १२ बजेबाट लुभेन-बेल्जियममा नेत्र मगरको संयोजकत्वमा सङ्घीय समावादी पार्टी नेपालको समर्थक, शुभचिन्तकहरुले आयोजना गरेको अन्तरक्रियात्मक कार्यक्रम अनि बेलुका संयुक्त आदिवासी सांस्कृतिक साँझ । रातभरिको कामको अनिदो अनि महंगो फ्रान्सेली रेलको टिकट दुवै च्यापेर ददि लुङ्ग्वा बिशेषगरि जीवनमा कहिल्यै प्रत्यक्ष नभेटेको अशोक राईको बिचार सुन्नु अनि आङ काजी शेर्पाको अन्तरवार्ता लिनु दुई उदेश्यले बेल्जियमतर्फ हानिएको थियो ।
मैले सोनाम दाजुलाई ११ बजे मिडि-ब्रसेल्समा ददि लुङ्ग्वा आईपुग्ने खबर गरिदिएको थिएँ । दाजुले पनि कामबाटै त्यस्तै बन्दोबस्त साथीहरुलाई अह्राउनु भएको रहेछ ।
भोलीपल्ट साँझ कुल मगर लाफाको लुभेन-बेल्जियम स्थित रेस्टुरेन्टमा नेदरल्याण्डमा आदिवासी जनजाती महासंघ तदर्थ समिती गठन गरेर फर्किनु भएको अध्यक्ष राई अनि महासचिब शेर्पासंग लुङ्ग्वाको नजिकबाट प्रत्यक्ष भेट हुन्छ । अनि माथी कोठामा गएर आङ काजी शेर्पाको अन्तरवार्ता लिन्छ ।
लगभग युरोप संगठन बिस्तार अनि अन्तरक्रियाको अन्तिम-अन्तिम चरनतिर मार्च ९ का दिन भियना-अस्ट्रियामा बिक्रम लामा ह्रोंको संयोजकत्व अनि बिष्णु बनको सहयोगमा भएको अन्तरक्रिया कार्यक्रम सकेर भोलीपल्ट ११ बजे ब्रसेल्स-एयरको फ्लाइटबाट अध्यक्ष राई चार्ल्स द गोल एयरपोर्ट पुग्नु हुँदा ददि सापकोटा लुङ्ग्वा र परिवार सहित ब्रसेल्स-बेल्जियमबाट गाडीमा संघिय समाजवादी पार्टीका युरोप संयोजक पी जी शेर्पा दाजुसंगै एयरपोर्ट पुग्नु हुन्छ ।
दिउँसो २ बजेबाट बहिनी अनुराधा पौडेल सम्मिलित पेरिस निवासी नेपाली महिलाहरु को संगठन पाकोफेन आयोजक रहेको अन्तराष्ट्रिय महिला दिवश कार्यक्रममा बिशेष अतिथि आतिथ्य गराईयो अध्यक्ष राईलाई । साँझ पेरिस-फ्रान्सको नेपालीहरुसंग अन्तरक्रियात्मक कार्यक्रममा पैठोजोरी खेल्नु सुरु गर्नु हुन्छ । मान्छे धेरै नआउँला भनेर ठिकैको कोठा बन्दबस्त गरिएको हुँदा पनि मान्छेहरु नअटेर लबि, किचेन-कोठाहरु डम्मै भरिँदो थियो भनिन्छ ।
” लुङ्ग्वा, हामीले गरेको कार्यक्रममा आईन्दैन भने, हामीपनि पछि तपाईहरुको कार्यक्रममा आउँदैनौं भनेको थिएँ” भन्दै फोनमा सुनाउँदै थियो लुङ्ग्वा मलाई ।
युरोपको अधिकांश ठाउँमा आदिवासी जनजाती अनुहारहरुको बाक्लो उपस्थिति भेट्टाउनु भएको राईले पेरिसमा बाक्लो खस-आर्य अनुहारहरु देखिनु पाउँदा उहाँलाई पनि रमाईलो नै लागेको हुनुपर्दछ । अनि सुनिनुमा आएनुसार निक्कै उत्तेजक प्रश्नहरुबाट अन्तरक्रियाको सुरुवात भएको थियो ।
जस्तै :
* तपाईले पार्टीभित्रै अन्तर-संघर्ष गर्नुपर्नेमा तपाई आफै जातिय र क्षेत्रिय नेता हुन, देशलाई बिखण्डन गर्नको लागि किन पार्टी खोलु भो ? किन वर्षौं योगदान गरेको पार्टीलाई लात हान्नु भो ? आफ्नो माउ पार्टी छोडेर जातीय पार्टी किन बनाउनु भयो ?
* तपाई पनि असफल नेता नै हो ! आदि-ईत्यादी
तर , अध्यक्ष राईले हरेकको एक-एक प्रश्नहरुलाई शालीन ढंगले तार्किक प्रस्तुतिहरुमा ढालिदिनु भो । सप्पैको मन जित्न सक्नु भएछ । म आफै यसपल्ट उहाँको श्रोता बन्ने अवशर पाएकोले त्यो आस्था मभित्र मैले सृजना गराई सकेको थिएँ । त्यसैले उहाँलाई ददि सापकोटा र अनुराधा पौडेल बैनीहरुको एक-राते पाहुना बनाईदिनुमा ढुक्कै थिएँ । पी जी दाजु परिवार सहितपछि त्यहाँ पुग्नु हुँदा झनै निस्फिक्री भएँ ।
ददि सापकोटासंग कार्यक्रमबारे कृतज्ञता दिनु अनि बुझ्नु दुई दिन पछाडी फोन गर्दा यसो भन्नु भएको चै मस्तिष्कमा खोपिएर बसिदियो ।
” लुङ्ग्वा, कार्यक्रम सकेर घर आईपुग्नु अगाडी नै फोनमा दुई मिस-कल आईसकेको रहेछ । पी जी दाजुको ७२ बर्षिय आमालाई जाडोमा साँझ कत्ता बाहिर पठाउने भनेर, म चै घरमा खाना पकाउदै गर्छु । तपाईहरुले चाहिँ दाजुलाई राम्रोसित घुमाएर फर्किनु । अनि साँझ चुस्कि मार्दै गफसफ गरौंला, अशोक दाईसित केहि यक्ष प्रश्न राखौंला भन्दै आमालाई लिएर कोठा आएँ ।
कोठामा आएर फोनमा अघि अन्तरक्रियामा अशोक राईसंग जोरि-खोजुवा प्रश्न-कुराहरु तेर्स्याउने उहि मान्छेले ‘हैन कति मिठोसित जवाफ दिने रहेछन् अशोक राई भनेर सुनाए । अझ केहिले त
ददिजी, अशोक राईलाई फेरिफेरी पनि पेरिस बोलाउनु पर्यो । उहाँले एकदमै चित्तबुझ्ने कुरा गर्नुभयो भने । बरु हलको भाडा ५०, ६० युरो जत्ति मै पनि बेहोरुँला।´ भन्ने साथीपनि निस्किए हई चाप्चा लुङ्ग्वा ।”
ददि लुङ्ग्वाले त्यसो भनेको सुन्दा एक किसिमको आनन्द मनमा तरेली खेल्यो । सायद त्यो मन-बिजयोल्लास नभएर समानतानुभाष प्रकृतिको आनन्द थियो ।
फेरिपनि मेरो अन्तर-मनिय आवाज मभित्र उर्लियो ।
“आदिवासी अप्छुवारी प्रिय ददि लुङ्ग्वा । सकिने जत्ति समानताको रेखांकणहरु मिलेर कोर्दै जाउँला । सेमुना ।”





