पत्रकार सहधर्मिता

डिल्लीराम अम्माईँ / बेल्जियम

dilli-ram-ammai-1212एउटा पत्रकार मित्रको अनौठो प्रसंगसहितको मेल म्यासेज आयो नेपालबाट । म्यासेज पढें । अशोक राई र आङ्गकाजी शेर्पाको समुपस्थितिमा फेव्रुवरी २६ मा लुभेनमा भएको वृहद अन्र्तक्रिया कार्यक्रममा पत्रकार महासंघ यूरोपका संरक्षकमाथि घटेका अभद्र व्यवहार वारे निकै चासोका साथ सम्पूर्ण जानकारी माग गरेका थिए उनले । मैले विना सोधपुध र अनुसन्धान म्यासेजको उत्तर पठाउने कुरै भएन ।

मलाई लज्जावोध पनि भयो किनकी म उक्त कार्यक्रममा उपस्थित भै सत्यतथ्य जानकारी दिन सक्थें तर म कार्यक्रममा बिरामीको करणले उपस्थित हुन सकिन । केही साथीहरुलाई वुझेपछि धेरै कुराहरु थाहा पाए । ददि जि माथि वढी नै हुँनेवाला रहेछ तर हनु पाएनछ । जति भयो त्यो पनि असभ्य देखियो ।

एकछिन मनमा कुराहरु खेले । मनलाई नरमाइलो गरी इतिहासतर्फ फर्काए । क्रमस: ……… क्रमस: …..कती जब्बर कलम थियो पदम ठकुराठीको: उनले लेखेको सम्पादकीयले वामपन्थीहरुको निद हराम हुन्थ्यो । पञ्चहरुको सातो लिन्थ्यो । उनका व्यंग्यवाणले पार्टी र संगठनको नाम भजाएर भ्रष्टचारमा डुवेका सरकारी किर्नाहरु रिसले आगो हुन्थे । उनी तिखा, धारिला र रापिला पत्रकार थिए । आफ्नो लागि नभएर प्रजातन्त्र, देश र नागरिक समाजको लागि लेख्दथे । भावनामा “पार्टीतन्त्र” ले वास गरे पनि आफ्नो गोठमा आगो लागेर आफ्ना जहानहरु जल्दा ताली पिटेर रमिता हेर्दैन थिए । ‘वाद‘ थियो तर सहकर्मीहरुलाई पञ्चायती दण्डा प्रहार हुँदा ‘वाद‘लाई निलम्वन गरेर संचित शक्तिलाई प्रहारकर्तातर्फ फर्काउन कम्मर कसेर लाग्दथे । घरभित्र मनमुटाव भएपनि ‘वाहिरी’ संकेतले घर भाड्न सकेको थिएन । अन्त्यमा आफै वरु बलिदानको मागलाई पुरा गर्न लामवद्ध भए महानहरुको अग्रपंक्तिमा ।

उनी पछि पनि –इतिहासको परीक्षणकालमा चुनावी प्रर्तिस्पर्धाको “वाद“ ले घरलाई छिन्नभिन्न पार्न सकेन । घरका सवै परिवारको वैचारिक धुरीलाई हेरेर घरमूलीले कहिल्यै विभेद गरेनन् । चाहे त्यो विद्रोह अगाडिको काल होस् वा पछाडिको । कृष्णसेन, डेकेन्द्र, उमाहरुको वलिदानमा सवै “वाद”का खैजडी बोकेका कलवजीविहरुले आफ्नो शीर त्यसरी नै झुकाए जसरी पदमको कालखण्डमा झुकाएका थिए। घरभित्र फोहरमैला थियो होला, आग्रह पनि थिए होला, पूर्वाग्रहले दुवै ध्रुवलाई असभ्य र सत्यलाई मानवीय तहसम्म पुग्न रोकावट पनि भएको थियो होला । ती सवै कुराहरु आफ्नै ठाँउमा छन् । तर जति पत्रकारहरु मन, भवना र कर्मले भएका थिए; ती सवै संकटको वेलामा एकै ठाँउमा डल्लो पर्दथे ,सँगै रमाउँथे, चिच्याउथे र आवश्यक परे सम्पादकिय कोर्न पछि पर्दैनथे ।

नेपालबाट पत्रकार साथीले त्यही कार्यक्रमको प्रसंग कोट्याएर सोधका रहेछन्—“साथी !पत्रकार हेपिएको र उसको आवाजलाई वलजफ्ती दवाउन खोजिएको कुरा सुनियो तपाईको बेल्जियममा । सफा र सुन्दर अक्षरहरुसँग डराउने सकुनीहरुले ददिजीलाई घेरेका थिए रे पिट्नलाई ! कुरा सत्य हो भने तुरुन्त न्यूज वनाई पठाउनु ।

म आफै विरामी भएकोले कार्यक्रममा जान सकिन । गएका साथीहरु मध्ये धेरैले सत्य कुरा वोल्न डराए । एकजना दाजुले “कुरा त यस्तै हो तर के गर्ने भन्न अप्ठ्यारो छ” भन्नु भयो । धेरैतर्फ फोन घुमाएँ , फेसवुकका चर्चा,परिचर्चा नियाँले र म निष्कर्षमा पुगी कलम समात्न वाध्य भए । मलाई मेरो पत्रकारिताप्रतिको अन्धो र सचेत प्रेमले जोखिम मोल्न निर्देशन दियो ।

पीडित पत्रकार ददि मेरा कुनै नातेदार वा चिनापर्चि र उठवस भएका साथी नभए पनि मैले पदम, डेकेन्द्र, रवि, धनबहादुर र कृष्णसेनको बलिदानपछि निस्केका सम्पूर्ण पत्रिकाहरुका सम्पादकीयहरु सम्झें । तिनै सम्पादकीयहरुले ददिलाई मेरो छाया जत्तिकै नजिक ल्याई पुर्‍यायो । यो काललाई त्यो कालसँग तुलना गरें त्यतिवेला सवैमा सहधर्मिता थियो । श्रमजीविहरुको एउटै भावनाले रंगिएर कलमले चिनिएका जीवनहरुप्रति उही प्रकारको सम्मान भाव हुन्थ्यो, “वाद” हराउथ्यो, आग्रह र पूर्वाग्रह ग्रहणभित्र लुकेर कालो धव्वामा परिणत हुन्थ्यो र परिवार प्रेमको निर्मल गंगा सम्पादकीय बनेर एउटै रसिमा उनिएर ललललल्ल वग्दथ्यो । कतिदिन पर्खिनु र ! अब कोसँग आज्ञा लिनु छ र मैले वक्तव्य कोरे । भावनाको सच्चा सहधिर्मताले भिजाएर यथासक्य नेपालको पत्रकार साथीलई पनि न्यूजसहित मेल पठाएको छु । त्यसैले म आज राती राम्रोसँग निदाउनेछु किनिकी हिजो साथीको मेलले मेरो निद्रा हजम गरी दिएको थियो ।

२८ फेवु्रवरी २०१३ ।

तपाइँको प्रतिक्रिया