म कुन जिल्लाकी फुकेर पत्ता लगाउन बाजे
अशोक राई र आङकाजी शेर्पा दुबैलाई मैले कहिल्यै नभेटेको । आङकाजीका बारेमा जे जति खबर आए तिनले गर्दा झन कौतुहलता थियो, आफैंले भेटेर गफसफ गर्ने । उनका भनाई सुन्ने । संघिय नेपाल र पहिचान सहितको राज्य प्रणालीबारे बुझ्ने । अशोक राईको नाम निकै सुनिएपनि भेटिएका थिएनन् उनी । आङकाजीसित भेटेर अन्तर्वार्ता गर्ने, आफुलाई दह्रा लागेका केहि प्रश्न सोध्ने मन थियो । त्यसको लागि नेपाल आदिबासी जनजाति महासंघ युरोप शाखाका संयोजक चाप्चा राईसित कुराकानी गरेर मिलाएको थिएँ । त्यो मेसो मिलाए कुल मगरले । नेदल्याण्ड्सबाट अकर्यक्रम सकेर ढिलो लिएर आए पिजी शेर्पा र पासाङ शेर्पाहरुले । कुलजीको रेस्टुरेन्टमा हामी पुगेर निकै बेर बसियो । ढिलो आएपनि आङकाजीले ‘ल ल जाउँ काम सकिहालौं’ भने। बाँकि साथीहरु रेस्टेरेन्टमै बसे, हामी कुलजीको घरको एउटा कोठा सापट मागेर अन्तर्वार्ता गर्न थाल्यौं ।
उनले जनजाति महासंघको कार्यक्रममा हमला गर्नेको दुस्साहसको चासो राखे । उनमाथि लाग्ने गरेका बाहुन क्षेत्री बिरोही, आलो रगत चाट्ने प्रसंग, बाहुन क्षेत्री खेद्ने कुरा भटाभट सोधें । अनि उनलाई पाठकले राखेका जिज्ञासा सोधें । उनको अन्तर्वार्ता म केहि दिनमा राख्ने छु ।
अन्तर्वार्ता सकेर सामूहिक रुपमा बसियो । मलाई तिनका कुरा सुन्न मन थियो । जापानी खाना खाँदै हामीले कुरा सुन्न थाल्यौं । अशोक राई र आङकाजी पालै पालो बिबिध घटनाबारे खुल्न थाले । अशोक राईले जनजाति महा संघको कार्यक्रममा देशको यो परिस्थितिको स्रिजना हुनुमा आफुपनि कहिँ न कहिँ जिम्मेवार रहेको बताएका थिए । यस्तो मिठो कुरा त नेताले गरिहाल्छन् नी भन्ने लाग्थ्यो । तर अनौपचारिक कुराकानीमा उनले झनै स्पष्ठ सित आफ्ना कुरा सुनाए ।
धेरै नेताहरु अर्को पार्टीलाई नराम्रो देखाउन, अन्य दलका नेताको उचाई घटाउन पाए आफ्नो बढ्ने थियो भन्ने सोच्छन् । कतै कार्यक्रम, भेटघाट भयो कि आलोचना र गाली गर्न थालिहाल्छन् । अशोक राइ चाहिँ यो विषयमा अलग रहेछन् । उनले बाबुराम भट्टराईको प्रशंसा गरे । ‘बाबुरामले साँच्चै केहि गर्न खोजेका हुन् । प्रयास गरेकै हुन् । मनशाय मुलुक बनाउनेनै हो’ भन्दै थिए । उनको भित्रि मनले त्यहि भन्दो रहेछ । काठमाडौंमा सडक मिचेका घर डङकि डङ भत्काएर सडक फराकिलो पार्ने बाबुरामको काम साहशिक भन्दै थिए । ‘जो पायो उसले त्यत्रो आँट गर्न सक्छ ? ओहो भोट घट्छ, भो हुन्न’ भन्दै तर्किन्छन् । खै त एमाले नेपाली कांग्रेअ, पन्चेले आँटेको पटक पटक सरकारमा गएपनि ? बाबुरामले आँटेकै हुन् । काठमाडौंमा त्यसको प्रशंसानै हुने गरेको छ’ सुनाए उनले ।
प्रधानमन्त्री जनताको घरमा जाने दुख सुख बुझ्न भन्दै आलोचना हुने गरेको छ । तर उनले यसलाई राम्रो काम भनेर ब्याख्या गरे । पहिलेका प्रधानमन्त्रीहरु हेलिकप्टर चढेर रुँग्थे । दरबारमा गएर बस्थे । तर उनले बिभेद कम गर्न, अछुत भनिएकाहरुको मनोबल बढाउन, समानताको सन्देश दिन जनताको घरमा गएर बस्ने, सँगै खाने गर्न थाले । पैसामा मात्रै तौलिन हुन्न । यसले सकारात्मक सन्देश दिन्छ । यो राम्रो काम हो । हामी कहाँ जस्तोसुकै काम गर्दापनि आलोचना हुने गर्छ । सकारात्मक सोचको विकास गर्नु पर्छ । अशोक राई प्रशंसा गर्थे । तर उनलाई असफल र अलोकप्रिय बनाउन उनैकि पत्नीको हस्तक्षेपकारि भूमिका र जथाभावी बोल्ने, प्रस्तुत हुने बानी अनि उनैका पार्टीका केहि नेता जिम्मेवार रहेको पनि बताए ।
नेपालीहरु राम्रो काम गर्दापनि, जतापनि आलोचना र बिरोध मात्रै गर्छन् भन्ने प्रसंग सुनाउँदा आङकाजी शेर्पाले गज्जबको कहानी झिके । एउटा नेपालीलाई कसैले सुनको जुत्ता दिएछ । अनि उसले ‘ह्या यस्तो जाबो जुत्ता, साईजनै मिल्दैन’ भनेर आलोचना गरेछ । सबै गलल्ल हाँसे । त्यसैले नेपालीहरुको बानीनै आलोचना गर्ने छ, जेमापनि आलोचना गर्ने ।
अशोक राईलाई देशमा सबै भन्दा चिन्ता युवा जमातको राजनिति प्रतिको घ्रिणाले लागेको रहेछ । एउटा संस्थाले गरेको सर्बेक्षणले के देखाएछ भने ९० प्रतिशत वालवालिका र युवायुवतीहरु राजनितिलाई घ्रिणाले हेर्ने रहेछन् । म धेरै पढ्छु । असल मानिस बन्छु । र यो देशको नेत्रित्व लिन्छु । देश र जनताको सेवा गर्छु भन्नु पर्नेमा ।
वालवालिका ठूलो भएपछि डाक्टर, पाईलोट, लेखक, भुगोलविद आदि ईत्यादि अन्य पेशा गर्छु भन्छन् । तर राजनिति चाहिँ गर्दिन भन्छन् । अनि देशको राजनिति गतिलोसित कसले हाँक्छ त भविष्यमा ? राजनितिनै घ्रिणा गर्छु भनेपछि त्यो देशको भविष्य के हुन्छ ?
नेताहरु भनेपछि जनतामा घ्रिणा छ । सम्मान छैन । सिंगो जिवन राजनितिमा लगायो । संगठन बिस्तार गर्यो । घर परिवारका आशा र आकांक्षालाई त्याग्यो । निजि जिवन, रहर र सुख सुबिधा छैन । जनताले सम्मान पनि नगर्दा कस्तो महसुस हुन्छ ? सबै नेता खराब छैनन् । त्यागि छन् । सबैले ठगेका छैनन् । सबै महलमा बस्दैनन् । तर धेरै नेताको बदमासीले गर्दा जनतामा त्यो परेको छ । नेता सबै खराब नै हुन्छन् भन्ने बुझ्न थालेका छन् ।
उनले भने ‘मपनि चोखो छु, मेरो कहिँ कतै कमजोरी छैन म भन्दिन । मैले पनि त्यसको केहि भाग त स्विकार गर्नै पर्छ ।’ तर आफुले चालिस वर्ष नेकपा एमालेमा लागेपनि त्यस्तो गलत काम र स्वार्थ पुरा नगरेको र एमालेलाई राम्रोसित बुझेकालेपनि अब यो पार्टीबाट देश र जनताको मुक्ति नहुने देखेर बैकल्पिक शक्ति निर्माण गर्न उत्रिएको बताए ।
जिब्रो थुत्ने र ठिक पार्छौं, छोड्दैनौं । यस्तै यस्तै भनेको सुनिने । संघिय समाजवादी पार्टीका बास्तविक माग, धार, भनाई, स्पष्ठिकरण पढ्न र बुझ्न तिनको मेडियापनि नभएको । बाहिर देखिने र पढिने कुरालाई नपत्याए, हो कि त नभने के गर्ने ? त्यसैले आङकाजी तर्साएरै बोल्छन् । पेलानको निति अपनाउँछन् । हेपेरै बोल्छन् कि ! यस्तो शंका केहि त थियो नै । तर प्रत्यक्ष भेटिने र सुनिने आङकाजी अलग रहेछन् । बाहुन क्षेत्रीलाई अपमान गर्ने, काट्ने, ताछ्ने, धम्काउने कुनै मनशाय नभएको र आफुले त्यसो कहिल्यै नगरेको । बरु नबोलेको कुरा संघियता बिरोधीले उचालेको सुनाए उनले । आफुहरु समतामुलक समाज निर्माण गर्न, सम्पन्न र सभ्य समाज निर्माण गर्न बैकल्पिक पार्टी गठनमा लागेकोपनि शालिन भएर प्रस्तुत गरेका थिए । एकदम रसिलो पारामा अनेक टुक्का र रमाईला प्रसंग सुनाई सुनाई प्रस्तुत गर्ने बानी रहेछ उनको ।
ह्या गम्भिर मात्रै हुनुहुन्न । रमाउन, हाँस्न, जिस्किन, ठट्टिन सबै पर्छ । त्यसैले ल सुन्नुस् एउटा ‘जोक’ भन्दै सुनाए-
गिरिजा प्रसाद कोइराला लोकल कुखुरा किन्न बीर अस्पत्ताल छेउ गएछन् । कुखुरा हेरेछन् तामाङनीले बेच्न राखेका । लोकल कुखुरा हो नानी ? गिरिजाले सोधेछन् । ‘हो नी, चिन्नुहुन्न लोकल कुखुरा?’ तामाङनीले भनि । गिरिजाले जवाफ दिए ‘लोकल कुखुरा किन नचिन्ने ? म त कुन कुन जिल्लाको पनि चिन्छु ।’
कोरालाले भिन्न भिन्न टोकरीका कुखुराका भाले जरक्क उचाल्दै मलद्वारमा फु गरेर फुक्ने रहेछन् । कुखुराका मलद्वारमा फुक्दै ‘यो सिन्धुपाल्चोकको, यो धादिङको, यो दोलखाको कुखुरा’ भनेछन् । ट्याक ट्याक मिलाएछन् । अनि अन्तिममा सोधेछन् ‘नानी तिमी चाहिँ कुन जिल्लाको नी ?’
तामाङनीले जवाफ दिईछ ‘बाजे तपाईले फुरु गरेर फुकेकै भरमा कुखुरा त चिन्छौ भने म कहाँको भनेर पनि फुफु गरेर चिनन, सक्दैनौ ? मेरोपनि फुकेरै चिन न म कुन जिल्लाको ।’
हाहाहाहाहा !!! यो ठट्टा सुनाउँदा त मुर्छै परेर हाँसे सबै । सबैभन्दा बढि हाँस्ने त अशोक राईनै भए । ‘यो त लास्टै भयो’ भन्दा त आङकाजी ले भने ‘हाँस्नु रमाउनुपनि पर्छ के, सिरियस मात्रै हुनु हुन्न । जति हाँसखेल गर्यो उति स्वस्थ भईन्छ क्या !!
(अप्रसंगका, गालि गलौजले भरिएका प्रतिक्रिया हटाउने र धम्कीपोर्ण त्यस्ता कमेन्टकर्ताको आई पि ठेगाना सहित नाली बेली तस्विर सहित प्रकाशित गर्ने, संवन्धित देशमा उजुरी हाल्ने गरिने छ । त्यसैले लेखमा बहस चलाउनुस्, असहमती सौम्य भाषामा राख्ने गर्नुहोला।)





