जनजातिको कार्यक्रम भाँड्न बाटो छेकेर हान्ने प्रयास

सोमना थारु / बेल्जियम

Som-Narayan-Thanet--Badaka-Belgium-00545322120फलानो गाउँका हुल्याहा केटाहरुले चिलाना गाउँका हुल्याहा केटाहरुलाई बाटो छेकेर बसे । त्यहाँ गोदागोद भयो । झगडा, ढुंगा हानाहान, लठ्ठी भाँचाभाँच गर्दागर्दै खुकुरी हानाहान, तरवार, खुँडा हानाहान । फलाना गाउँका केटाहरुको टाउकोमा यति वटा टाँका लाग्यो । यस्तो खालको खवर म सानो हुँदा प्रत्येक साल सुन्थें ।

एक दिन आफ्नो बाबालाई सोधें ‘बाबा ! ति हुल्याहा केटाहरुले किन झगडा गरेका ? ‘ बाबाका अनुसार वर्षको एकपटक एकादशीमा ठुलो मेला लाग्ने अवसरमा ठेला फाल्ने खेल हुँदो रहेछ । खेलमा सबैले जित्ने कोशिस गर्ने नै भए । तर जित्ने आधारको मापदण्ड वैज्ञानिक नहुँदा जितेको विषयमा सधैं विवाद हुने रहेछ । अनि विवाद बढ्दै गएरहात हालाहाल, टाउको फूटा  फुट हुँदो रहेछ । एकले अर्कालाई जे जसरि हुन्छ पिटने, पछार्ने । अनि जसले टाउको फुटाल्न सक्छ त्यहि हिरो । यो प्रसंग सम्झीरहदाँ गत २४ फेब्रुअरी २०१३ आइतवारको दिन जनजातिको कार्यक्रममा भएको एक घटनाको सम्झना आयो ।

सबैलाइ थाहा भएको विषय हो । नेपालमा हालसालै एमालेबाट विद्रोह गरि अशोक राईले एक नयाँ पार्टी गठन गरेका छन् । पार्टीको नाम संघीय समाजवादी पार्टी, नेपाल राखिएको छ । आफ्नो पार्टीको विस्तार अभियानको क्रममा अशोक राई र आंगकाजी शेर्पा बेल्जियम आइपुगे । यसै अवसरलाई मौका छोपेर नेपाल आदिवासी जनजाती महासंघ, बेल्जियम शाखाले एक अन्तरक्रिया कार्यक्रमको आयोजना गर्यो । सो कार्यक्रममा बेल्जियमस्थित सबै नेपाली संघ, संगठन हरुलाई आमन्त्रण नगर्ने कुरै भएन । एन आर एनलाइ त झन् छुटाउने कुरै भएन । नेपालीहरुको साझा संगठन भनिन्छ एन आर एन लाइ । बरु राजदुतको अनुस्पस्थितिलाइ सामान्य मानियो ।

आयोजकले आफ्ना प्रमुख अतिथि अशोक राई, बिशिस्ट अतिथि आङ्काजी शेर्पा लाइ माथील्लो स्थानमा आशनग्रहण गरायो । एन आर एन बेल्जियमकी अध्यक्ष जानकी गुरुङ, आइ सी सी सदस्य अर्जुन कुमार श्रेठलाइपनि प्रमुख अतिथिकै लाइनमा स्थान दिइयो । अतिथिलाइ भने तल्लो स्थानको पहिलो लाइनमा राखियो ।

कार्यक्रम संचालन भैरहदाँ एक जना व्यक्ति देखिन्थे । वहाँले घरि अगाडी तिर घरि पछाडी तिर आफ्नो क्यामरा तेर्साउदै फोटो खिची रहेका देखिन्थे । ति मनुवा थिए, ददि सापकोटा । उनी एक पत्रकार । उनलाइ नेपाल आदिवासी जनजाती महासंघले निम्ता गरेर बोलाएको थियो । जनजातिको पाहुना यस मानेमा कि उनी विभिन्न समसामयिक विषयको अलावा जन जातिका मुद्दाहरुको वारेमा पनि कलम चलाउने गर्छन । उनी आफु ब्राह्मण परिवारको भए पनि जनजातीहरु माथी राज्यद्वारा गरिएको भेदभाव बारे जानकार छन् । यस विषयमा उनले आफ्नो कलमको धेरै मसी सिध्याएका छन् ।

युरोपमा समयको कति महत्व हुन्छ ? यो कुरा युरोप बसेकालाइ थाहा छ र हुनुपर्ने हो । ददिजी ! फ्रान्सको पेरिसबाट आएका हाम्रो निम्ता स्वीकार गरेर । जनजातिको कार्यक्रमको अलावा अन्य काम पनि हुन् सक्ने भए । यस कारण कार्यक्रम सकिने बितिकै उनी त्यहाँबाट निस्कन खोजे । तर निस्कने क्रममा मेलामा झगडा भएको झैँ बाटोमा केहि हुल्याहा जमात देखा परे । ति हुल्याहा समुहमा धेरै जसो एन आर एन बेल्जियमका पदाधिकारीहरुनै देखिन्थे ।

केहि समय पहिले ददि सापकोटाले एन आर एन बेल्जियमको कार्यसमितिद्वारा आर्थिक हिनामिना भएको भनेर एक लेख आफ्नो ब्लग मार्फत प्रसारित गरेका थिए । त्यहि बिषयलाई लिएर बेल्जियमा निकै हल्ला खल्ला भएको थियो । त्यो बिषयलाई एन आर एनले बिभिन्न माध्यम मार्फत खण्डन पनि गरेको थियो । हो ददिसापकोटाको लेखमा केहि कमि कमजोरी पनि हुन् सक्छन । के यसो भनेर उ संगै बसेर वार्ता गर्नु जरुरि छ त ? यदि त्यसो हो भने नेपालका पत्रकारहरु सधै एउटा न एउटा वार्तामा बस्न जरुरि हुनसक्छ । किनकि नेपालमा सधै भ्रस्टाचार का समाचार छापिन्छन ।

पत्रकारले गरेका, लेखेका समाचारको न्यायिक ढंगले प्रतिबाद गर्न सकिन्छ । कानुनको सहारा लिन सकिन्छ । खण्डन गर्न सकिन्छ । तर यहाँ त पुरै गुण्डागर्दी देखाइयो । पत्रकार, पत्रकारितालाई बल, धाक धम्की र गुण्डागर्दीको सहाराले तर्साउने, हतोत्साहित गर्ने प्रयास गरियो । त्यसलाई कार्यक्रम आयोजक जनजातिका साथीहरु र स्वतन्त्र पत्रकारिताका पक्षधर, कानुनी राज्यका पक्षधरहरुले असफल बनाए । यदि आफैंले निम्ता गरिएका उनीमाथि हतपात भएको भए नेपाल आदिबासि जनजाति महाँसंघको कमजोरी देखिने थियो । त्यसका बिरुद्द कानुनी उपचार खोज्दा महासंघपनि मुछिने थियो ।

अहिले ददि सापकोटा जनजातिको कार्यक्रममा उपस्थित हुँदा अचानक भेट हुदाँ बाटो छेक्नु भनेको हुल्याहा प्रवृतिहो । अझ जनजातिको कार्यक्रम भैरहेको हलभित्रै यस्तो हुनु जन जातिको बेइज्जत गर्ने प्रयाश हो भन्दा फरक नपर्ला । यिनले जनजातिको कार्यक्रम भाँड्न, असफल बनाउन खोजेका हुन् । यस्ता तत्वहरु जनजाती विरोधी हुन् । यिनीहरु जातीय पहिचानका विरोधी हुन् । हाम्रा जनजाती नेताहरुका सामुन्ने पत्रकार माथी हातपातको प्रयास गर्नु भनेको हाम्रा जनजाती नेताहरुको अपमान गर्नु हो ।

(बिहान आएर त्यस आक्रमणको योजना बनाएर जाने योजनाकार, आक्रमण गर्न खोज्नेको तस्विर र भिडियो सहित अर्को समाचार आउँदै छ । प्रतिक्षा गर्नुहोला, नेपालप्लस डट कम)

(अप्रसंगका, गालि गलौजले भरिएका प्रतिक्रिया हटाउने र धम्कीपोर्ण त्यस्ता कमेन्टकर्ताको आई पि ठेगाना सहित नाली बेली तस्विर सहित प्रकाशित गर्ने, संवन्धित देशमा उजुरी हाल्ने गरिने छ । त्यसैले लेखमा बहस चलाउनुस्, असहमती सौम्य भाषामा राख्ने गर्नुहोला।)

तपाइँको प्रतिक्रिया