यस पाली पेरिसमा तमु ल्होसार विशेष किसिमले जम्दै

संयोगवस तमुको नयाँ वर्ष सर्प वर्ष परेको छ । यो जाडोको याममा दोहोरी गित, त्यसैमा थरी थरीका नाचले जाडोलाई डसिदिने छ । सर्पले झैं लघार्ने छ यो जाडो । हो, तमु समाज फ्रान्सले आफ्नो २५९७ औं नयाँ वर्ष विशेष किसिमले मनाउँदै छ यहि ३० तारिख आइतवारका दिन । त्यसकोलागि तयारिमा जुटेका छन् तमु समाजका साथीहरु । गुरुङको पहिरन । परैबाट झलल्ल पार्ने गहना । मन बहलाउने गीत । कहिले त तिनले गित गाउन शुरु नगर्दै उठेर झ्यामकि झ्याम नाचौं झै लाग्ने संगित । पश्चिमेली भाका । भेडी गोठ र घाँस दाउरा गर्दाको जिवन्त ब्याख्या । अरुलाई असाध्यै सम्मान गर्ने संस्क्रिति । आफ्नो सांस्क्रितिक पहिचानमा गुरुङहरु जता पुगेपनि अचम्मैसित प्रतिबद्द देखिन्छन् ।

यो वर्ष अलि विशेष तरिकाले मनाउन खोज्दै छन् । गुरुङ भाषाकै गीत संगित त हुनेनै भो । अन्य समूदायका नेपाली दाजुभाईहरुलाईपनि उत्तिकै आनन्द होस् । रमाउन् भनेर होला यो पटक दोहोरी गीतपनि राखेका छन् । दोहोरी मात्रै होइन, अन्य गीतपनि गाएर, नाचेर रमाइलो गर्न पाइने छ । मैले त अस्तिनै जिस्काईपनि सकेको छु, तमु समाजक अध्यक्ष लक्ष्मणजीलाई । ‘लौ है पुरस्कार राख्नुपर्छ । किनभने यो पटक दोहोरीमा जितेर त्यो हात पार्ने हाम्ले हो’ भन्दै ।

साथीहरुसित भेटघाट नभएकोपनि निकै भो । यो पटक अबको आइतवार ३० तारिख यहि जमघटमा भेट हुँला भन्दै गन्नेहरु निकै छन् । ‘हैन विशेष गर्ने रे नि त तमु सामजले यस पाली’ भनेरपनि हल्ला फैलिएको निकै भयो पेरिसमा । यो विशेष जमघटको खबर साथीहरुले अरुलाईपनि दिनुहोला । किनभने दोहोरीमा जति धेरै सहभागि भो उति रमाइलो हुन्छ । नाचगानपनि उतिनै जम्छ । भर्खर जन्मिएको एसोसिएसनलाई ढाडसपनि हुन्छ । तमु संस्क्रितिका विशेष पाटाहरुको रसपनि चाख्न पाइन्छ । प्रवेश शुल्क जम्मा दश युरो छ । त्यसमा दिउँसोको खाना ड्याम्म खाने । नाचगानको लागि अन्य प्रवेश शुल्क छैन । सबै त्यसैमा छ । वच्चावच्चीकोलागि निशुल्क । १२ बजे शुरु गरेर बेलुका साँझसम्म त्यो भवन जरक्कै उचाल्ने गरि नाच्ने, गाउने, रमाउने अनि बिदाबादि हुने ।

कार्यक्रम चाहिँ यो ठाउँमा हुँदै छ

1 rue mai 1945

94700 maison alfort

metro – line 8 maison Alfort Stade

Direction– Créteil

तपाइँको प्रतिक्रिया