बेल्जियममा उधारो दान, नगद सम्मान

लेखक : बराजु

केही दिन पहिले बेल्जियममा धर्मका नाममा अधर्मीहरु नामक लेख लेखेको थिएँ, वास्तवमा म लेखक वा पत्रकार होइन । बेल्जियमका ठुला ठुला पत्रकार र लेखकको अगाडी म केही होइन । ‘उधारो दान नगद नगद सम्मान’ भन्ने शिर्षक किन छानें भने, म सानो तिनो लेखकले पाठकलाई सम्मान गर्दछु । पाठकनै लेखकका प्रेरणा हुन् । त्यसैले शिर्षक त्यो पाठक प्रति जसले लुना नाम दिएर नेपाल प्लसमा कमेन्ट गरेका छन् । त्यसो त कमेन्ट धेरैको आयो । यो लेख आएपछि अधिकांशको प्रतिक्रिया सकरात्मक पाइयो, एकाध फटाहा र ठगहरुको मतियारबाहेक ।

लुनाको कमेन्ट ‘बाबै त्यत्रो त्यत्रो पैसा त बरु नेपालको बिकट गाऊँ गाऊँमा सिप मूलक शिक्षा दिने बिधालय बनाउन दान दिने हो भने अबको १० / १२ बर्षका पिढीहरु जो ऐले ८/१० बर्ष उमेरका नाबालाक छन् ति अबको १०/१२ बर्षमा १८/२० बर्षका हुने छन् ।  यी पिढी भोलि गएर बिदेशी भूमिमा पसिना बगाउने थिएन नि । तिनलाई चेतनामूलक सीपमूलक शिक्षा दिन सके हाम्ले निर्माण गर्न नसकेको नेपाल ति पिढीले निर्माण गर्ने थिए । ति पिढीलाई चेतना दिने योगदान चै ऐलेको हाम्रो पिढीको हुने थियो । अबका १०/१२ बर्ष पछिको नेपाली समाजलाई हेरौ ! तिनलाई उकास्ने पिढी अहिलेको हाम्रै पिढी हो केही गर्न सके ।’ 

त्यसपछि लाल नेपालीको कमेन्ट  ‘के को उठथ्यो त्यो बेलाको व्यापारीहरु अहिले टाट पल्टेर बाहिर बोक्रो भित्र खोक्रो छन रे । अव त नारायण आएर उनीहरुको व्यापार फलिफाप गरे मात्र हो ’। यस्तै यस्तै वितृष्णा र दुखेसोको कमेन्ट आयो । तर फेसबुकमा शेयर नगर्दा दुःख लाग्यो । कृपया शेयर गर्नुहोस बेल्जियममा यस्ता व्यक्तिहरु रहेछन् जानकारी राख्नुहोस । त्यसपछि गुरुङ युवराज र शालिकसरको कमेन्ट देख्नुभयो त्यसको जवाफ पाठकवर्गले दिइसकेका छन् ।

शालिक र गुरुङलाई छोडेर अधिकांश कमेन्टहरु आक्रोस र पीडाले भरिएका छन् । एउटा लेखकले कतिसम्म गर्न सक्छ र कलमले कतिसम्म गर्नसक्छ नवुझ्नेहरु धेरै देखियो । तपाई हामी आँखासहितका अन्धा त पक्कै होइनौं । नत्र एउटा लेखकले कति मेहेनत गरेर लेख्या हुन्छ तपाईले जावो फेसबुकमा शेयर गर्न किन गाह्रो भन्नुस्त ? कृपया १ मिनेट लगाएर फेसबुकमा शेयर गर्नुस । दान नदिनेहरुको नालिबेली ताकी तपाईका साथीहरुले थाहा पाउन । नत्र तपाई हामी परिवर्तन चाहने तर हिम्मत नराख्ने खालका उही के उही जस्तैमा के फरक भो र ? अर्काकुरा शालिकजीले कमेन्ट गर्नुभो ‘अथवा अवसर त्यो परे पनि भगवानको नाममा पनि बोलेको होइन ।’ ए त्यसो भए तपाईहरु जुत्ता काढेर भागवत सुनेर टिका लगाएर नाचेर ढोगेर सम्मान खाएर पवित्र स्थान भागवत वाचन गर्नेठाउँमा पुगेर वोलेको चाहिँ दान होइन रे, के भनम खै पाठकको जिम्मा ।

आउनुहोस अव पुरानो कुरा तिर जाऔं । नेपाल हाउसको सन्दर्भमा, लेख प्रकासित भएपछि विभिन्न अड्कालबाजीहरु भएका छन् । मिटिङ बसेछ । विभिन्न कुरा भएछन । एकजनाले रेकर्ड गरेछन् र मलाई पठाए । म डिल्लीवजारको उकालोमा साथीको वाइक पछाडी थिएँ । मलाई फोन गरे एकजनाले भने “अव धेरै कुरा आउँदैछ । ” मलाई लाग्यो “मैले त लामो समय लगाएर तयार पारिसकेको छु । ” त्यसैले कसैले केही सुझाव वा केही सत्य तथ्य उपलव्ध गराउने हो भने मेरो इमेल दिन्छु । यो हो र त्यो उचित लागेमा मैले मेरो टेलिफोन नम्बर दिन्छु नेपालको । मैले तपाईहरुलाई फोन नम्बर उपलब्ध गराउँछु । मेरो नेपालको गोप्यरुपले केहीकुराहरु तपाईले मलाई भन्न सक्नु हुनेछ । त्यसको लागि पहिला मेरो इमेलमा तपाईले भन्न चाहेको केही प्रुफ र आफ्नो परिचय दिनुपर्नेछ र यसलाई गोपनियताको लागि राखिनेछ ।

अँ मैले पुरानो कुरा भन्दै थिएँ, कुनै बेला हामी सायद २००१ तिर होला रामबहादुर गुरुङको अरेन्ज स्टार्ट एन्त्वारपेनमा जम्मा हुन्थ्यो । त्यतिबेला हामीले शुरु गरेको एउटा संस्था थियो नेप्लीज पिपुल्स वार सर्पोटिङ कमिटि । करिव २००१ तिर होला त्यो पास नहुने भएपछि हामीले बनायौं अर्को संस्था । त्यहाँबाट बिछट्टिएको मन नेपाल हाउस देखि इप्पर सम्म पोखियो ।

यस लेखकले त्यहाँदेखि खोतल्नेछ । किनभने लेखको शुरुमा कमेन्टगर्ने महानुभावले आफुलाई सभ्य, चरित्रवान भएर कमेन्ट गर्नुभयो बडो तार्किक भएर । त्यसपछि अरु केही पनि देखिएका छन् त्यो बेलाका मीराकाण्ड (नाम परिवर्तन) २००१ महिला रुदैं बेल्जियम छोडेर गइन् । नेपाल हाउससँग यो लेखको के ताल्लुक छ भने महिला काण्ड संस्था विघटन अनि तिनीहरुकै हालिमुहाली बेल्जियममा भैरहने र हामीले सार्वजनिक नगर्ने हो भने तिनीहरु पद नछाड्ने र टासिरहने वा नेपाल हाउसको पैसा बन्ने वा नबन्ने निर्णय सार्वजनिक नगर्ने हो भने अव दान नदिनेहरुको टेवलमा नाम त आयो तर तिनीहरुको विगत पनि आउनेछ । तर दुःखको कुरा त्यहाँ टेवलमा आएका नामहरु सवै गलत मान्छे भने होइनन् । त्यसको लागि यो लेखक माफी चाहन्छ, र भन्छ खोलो हिडेको ठाउँमा चिसो र धान कुटेको ठाउँमा वियाँ हुन्छ है ।

तर दुःखको बाग्लुङको एकजना शिक्षकले आफ्नो फेसबुकको स्टाटसमा के लेख्नु भएको छ भने ‘नेपाल हाउसको लागि सार्थक पहल भएको छ । बिभिन्न प्राविधिक र प्रकृयागत चरणहरू पार गर्दै सुस्त गतिमा भए पनि यो अभियान अघि बढीरहेकै छ ।’ कुन सार्थक पहल भो हामीलाई भनिदिनुस, माडसाप प्राविधिक भनेको के हो ? थ्योरीटिकल चरणहरु पास नभएको परिप्रेक्ष्यमा प्रकृयागत भन्नुभो तपाइले । त्यस्तो भन्नुहुन्छ भने अरुले के भन्लान ? महत्वपूर्ण कुरा के भने वराजुको लागि कसैको कलम प्रयोग गर्ने परिपाटीको गुलामी बन्ने बराजु होइन । सुन्दैछु, बेल्जियममा केही लेखहरु लेखिदैंछ रे । कसैको स्वीकृतिमा कसेको दवावमा अर्थात खाम भित्रको पैसामा यदि तपाईको त्यो लाइनमा पर्नुहोला भन्ने वराजुले विश्वास गरेको छैन । तर तपाईको स्टाटसबाट बराजुले आफ्नो तयारी गरिसकेको छ । किनभने माडसाप बेतलवी मलेपाफानं टिएडिए, विरामी क्यावी भ्रमण आदेशदेखि केही कुराहरु थाहा छन्  ।

यो अंकमा मैले स्वच्छ रुपले दान दिएका व्यक्तिहरुको नाम सार्वजनिक गर्न नसकेकोमा क्षमा चाहन्छ । र यो वराजुको सोच के भने युवराज गुरुङ अर्जुन जी जस्तो नाम कमाउने नाम चाहने सोच होइन । केवल नेपाल हाउस बनोस सानो बनोस नेपालीको क्षमताको बनोस किनभने सफल मान्छेले साना साना काम गर्छन । ठुला काम गर्दैन ठुला कुरा गदैनन् । महात्मा गान्धीलाई हेर्नुहोस ‘अहिंसा नै धर्म हो’ सानो कुरा । बिपी कोइरालाको पनि सानो कुरा छ । ठुला मान्छेले साना कुरा गर्दछन र पुरा गर्दछन, बेल्जियमका नेपाली र सार्वजनिक पदमा वस्नेले आफ्नो विगत र वर्तमान सार्वजनिक हुन चाहन्छन् भने ठिकै छ सार्वजनिक हुनेछ । तर सर्वसाधारणहरुको सार्वजनिक हुनेछन । केवल सार्वजनिक पदमा । यो नेपाल हाउस वेल्जियममा जरुरी छ भन्ने कुरा बेल्जियमका साथीहरुबाट थाहा भएकाले यसको पुर्णता दिऊन भन्ने लाइराछ । तपाईहामी समाज परिवर्तन जिम्मा लिऔं पोखरी फोहोरो छ भने झार उखाल्दा पानी धमिलिन्छ चिन्ता नलिनुस पछि सङलिन्छ ।

अव ती सार्वजनिक व्यक्तिहरुलाई जुन संस्थाले अतिथि बनाउँछ । त्यो संस्थाका पदाधिकारीको पनि विवरण सार्वजनिक गरिनेछ । त्यसकारण ती व्यक्तिहरुलाई हामीले वाइपास गरम । नयाँ समाजको श्रृजना गरम । कसैको व्यक्तिगत कोट्याउने बराजुको चाहना होइन । यो कुरा सभ्य समाजले बुझम र सवैको सम्मान गरम नयाँ आएका नेपालीलाई सहि मार्गनिर्देशन दिम । मिटिङ बसेर प्रचण्डको उदाहरण नदिम । प्रचण्डले गालामा खाए रे । तपाई कोही प्रचण्डको लेवल होइन । तपाइहरु मिटिङ वा फोनमा बोलेको रेकर्ड आइराछ । अन्त्यमा कित नेपाल हाउसको विषयको विवरण सार्वजनिक गर्नुस पुरा गर्नुस । नत्र भने तपाइहरुलाइ यो बराजुले यसको फेहरीस्त बनाउने तरिका, बेल्जियको कानुन, जग्गाको क्षमता बेल्जियम नेपालीको आर्थिक स्तर, लागत, अनुमान इत्यादी, सर्व मुल्याकंन गरि सार्वजनिक गर्नेछ । रसियाको जस्तो हु बहु कपी गर्नेकाम नगरम । र अन्त्यमा कसैले मलाई विवरण सार्वजनिक गर्छ भने मेरो इमेल यो हो email: [email protected] र  नत्र नेपाल प्लसको इमेल तल हेर्नुहोस । अर्कोपल्ट म नेपालको फोन नम्बर दिनेछु ।  दान दिनेको विवरण अर्को अंकमा ।

तपाइँको प्रतिक्रिया