तपाईले दिनको १० भोट दिए जेल भित्रका सयौं वालवालिकाको उद्दार
समाज बदल्न कहिलेकाहिँ ठूलो रकम चाहिन्न । आफैंले ज्यान फालेर लाग्नुपनि पर्दैन । सानो सहयोगलेपनि त्यस्ता कामलाई प्रोत्साहित गर्न सकिन्छ । एक्कै छिन कम्प्युटरमा बसेरपनि समाज सेवा गर्न सकिन्छ । अहिले यस्तै मौका आएको छ । यदि तपाईहरुले झर्को नमानी दिनको दश पटक क्लिक गरिदिनु भयो भने जेलभित्र अन्धकार जिवन बिताउन बाध्य सयौं वालवालिकाको उद्दार हुने छ । आफुले केहि गर्न नसकेपनि सामाजिक सेवा गरेका दयालु, दिलदार र समाजिक सेवामा समर्पितहरुलाई सहयोग गरेरपनि समाज सेवा गर्न सकिन्छ, भलै त्यो सनै किन नहोस्। त्यस्ता मान्छेका असल, समाजसेवी कामलाई त सहयोग दिए पो बल्ल समाज बदलिन्छ ।
बाउ आमाले कसुर गर्छन् । तर तिनका छोरा छोरी बिना कसुर जेलमा बिताउँछन् । जहाँ तिनले यातना देख्नु पर्छ । हप्की खानु पर्छ । चिच्याहट, रिस, आबेग, कुटाई सबै देख्छन् । क्रुरता देख्छन् । सानैमा तिनलाई कसुर गरेको दोषी आँखाले हेरिन्छ । पढाइ बाट बञ्चित हुन्छन् । त्यहाँ नाम मात्रैको हुन्छ पढाइ भएपनि । अनि बिना कसुर सयौं यस्ता वालवालिकाको जिवन बर्बाद हुन्छ । हो, यस्ता वालवालिकालाई त्यहाँबाट बाहिर ल्याएर सुन्दर भविष्य दिन कस्सिने महान नारी हुन् पुष्पा बस्नेत । हामीले समर्थन गरिदिए मात्रै पनि यस्त नारीहरुको मनोबल बढ्छ । पारिवारिक रमाइलो, लोभ, ऐश आराम त्यागेर अरुको खुशि र भविष्यमा लाग्नेलाई अझै प्रोत्साहित गराउँछ ।
उनको साहस भनेकै तपाई हामी जस्तै मन हुने, चिन्तनशिल, समाज बनोस् भनेर चाहनेको मन हो । सहयोग हो । अहिले सि एन एन हिरोका लागि अमेरिकि प्रसिद्द सञ्चार संस्था सि एन एनले विश्व भरिबाट मतदान गराइरहेको छ । त्यसमा हाम्री पुष्पा बस्नेत पनि छनौटमा परेकि छन् । उनलाई जिताउने हो भने उनले दुई लाख ५० हजार डलर जित्ने छिन् । यो पैसो पाउने हो भने उनले सयौं वालवालिकालाई सुन्दर भविष्य दिन सक्छिन् ।
उनलाई भोट दिन धेरै समय चाहिन्न । १० मिनेट पनि लाग्दैन दिनमा १० भोट दिन । किनकि एक जनाले दिनमा एउटै कम्प्युटरबाट दश भोट सम्म दिन पाउँछ । मैले उनलाई भोट दिएर बिहानी शुरु गर्छु । एकाबिहानै सामाजिक कामकालागि मत दिँदा आनन्दपनि आउँछ । भोट दिन पहिले यो साईटमा जानुहोस । त्यसमा गएपछि CNN Heros लेखेको मुन्तिर STEP 1 : SELECT HEROS भन्ने ठाउँमा गएर पुष्पा बस्नेतको फोटोमा क्लिक गर्नुस् । उनको फोटो माथिल्लो हरफमा सबैभन्दा देब्रेको हो । त्यहाँ क्लिक गरेपछि STEP 2 : VOTE via Email भन्ने छ । त्यसमा माथि आफ्नो ईमेल ठेगाना हाल्नुस् । त्यसको ठ्याक्कै तल खाली ठाउँ र काप्चा दिएको हुन्छ । त्यो खाली ठाउँमा दिएको काप्चा हालिदिनुस् अनि VOTE भन्ने ठाउँमा क्लिक गर्नुस् । एक पल्ट भोट दिनासाथ VOTE AGAIN भन्ने देखिन्छ । त्यहाँ क्लिक गर्नुस् । अनि पुष्पाको फोटोमा क्लिक गर्नुस् । र १० पटक सम्म ईमेल र काप्चा हाल्दै VOTE NOW भन्नेमा क्लिक गर्दिनुस् खेल खत्तम । आफुले एक्लै केहि गर्न नसक्ने, केहि गरौं गरौं देशको लागि भन्ने भावना भएकाको लागि यो असाध्यै राम्रो अवशरपनि हो । आफुले चिनेका, साथीभाइलाईपनि मत दिन सम्झाइदिनुस् । फेसबुक जस्ता सामाजिक सञ्जालमा उनलाई मत दिन आग्रह गरिदिनुस्, उनलाई भोट दिने लिंक साझेदारी (SHARE) गरिदिनुस् । ।
हामी नेपालीको संख्या यसैपनि कम छ बिदेशमा । नेपालमा हुनेको नेटमा पहुँच कम छ । भोट दिन मन लागेपनि सबै जिल्लामा छैन नेट । बिदेश बस्ने साथीहरुले जोड नगरे उनलाई जिताउन सकिन्न । त्यसैले बिदेशमा बस्ने साथीहरुले झर्को नमानी हरेक दिन १० भोट दिनै पर्छ । यसो गरे अवश्यै जिताउन सकिन्छ । जति मत दिनुहुन्छ संझिनुस्, त्यो मत अनाहकमा जेलमा बसेका निर्दोष वालवालिकाको उज्ज्वल भविष्यकालागि हो । नेपालीहरुकै जोडले पहिले अनुराधा कोइरालालाई जिताइएको हो । यिनले गरेको सेवापनि अनुराधा कोइरालाको भन्दा कम छैन । तरपनि पुष्पालाई भोट दिएको अनुपात सन्तोसजनक देखिन्न । अहिलेपनि अनुराधा कोइरालालाई भोट दिएकै बेलाको जस्तो सक्रियता, त्यहि जाँघर र लगन अनि मनले मत दिए पुष्पालाई जिताउन सकिन्छ ।






