एन आर एन सम्मेलनमा सबिधान सभा

anuradha-france-sucharu-paris.jpgअनुराधा पौडेलयो पटक जर्मनीको बोन शहरमा आयोजित एनआरएनको क्षेत्रीय सम्मेलनमा भाग लिने मौका मिल्यो। जेठ महिनाको १९ ,२० २१ गते भएको क्षेत्रीय सम्मेलन बास्वतमा नाम मात्रको क्षेत्रीय थियो। अमेरिका देखि अष्ट्रेलिया जापान तथा यूरोपका बिभिन्न मुलुकदेखि खाडी मुलुकका नेपालीहरुको प्रतिनिधित्व रहेको यो सम्मेलन ग्लोवल प्रकारको थियो।१९ मुलुकमा रहेका नेपालीहरुले यसमा भाग लिए। संख्यात्मक उपस्थिती गाढा देख्दा अव नेपालीहरु बिदेशमा समेत ठूला सेमिनार सम्मेलनहरु आयोजना गर्न सक्ने भएछन् भन्ने प्रष्ट देखिन्थ्यो। जो कोहि नेपालीले बिदेशमा बसेर गरेको आर्थिक उन्नतीलाई नेपालीका साधारण आँखाले हेर्दा धन्य हुन् बिदेशी सरकारहरु जसले नेपालीहरुलाई मौका दिए भन्ने देखियो। किनभने यूरोप सम्मेलनमा भाग लिनु आयोजना गर्ने तहसम्म पुग्नु साधारण नेपालीको पहुचभित्र अझै पर्दैन। अष्ट्रेलियादेखि तीन दिनको बाटो उडेर तथा सम्मेलन चलिरहेका बेला अन्तिम अवस्थामा बेलायत पोर्चुगल देखि सम्मेलन समारोहमा आइपुगेका नेपालीहरुको भावना निश्चयनै सम्मेलनमा प्रतिनिधित्व गर्ने मात्र थिएन। नेपालको बदलिदो परिस्थिति संगै उनीहरुमा नेपाल नेपालीका लागि केहि गरौं भन्ने भावना प्रसस्त देखियो। पैसा हुने पैसावाल नेपालीहरुका स्वार्थ पैसा लगानी गर्नेमा होला , पैसा नहुने आफ्ना बौद्धिक क्षमता दिन सक्नेहरुले आफ्ना बुद्धि नेपालकालागिपनि कसरी उपयोग गर्न सकिन्छ भन्ने बिषयमा चिन्तन गरे। निश्चयनै यस्ता चिन्तनहरुले एक दिनको छलफलमै निकाश पाउदैनन। यो उन्नत शुरुवात थियो। नेपालकालागि केहि गर्नुपर्छ भन्ने जुन आंट नेपालीहरुमा देखियो देखाउने बातावरण बन्यो अहिलेका लागि यो प्रसस्त छ। भोलीका सरकारहरुले बिदेशमा बसेका नेपालीहरु र्फक काम गर भन्नेमा निश्चयनै धेरै नेपालीहरु नेपाल र्फकने अवस्थामा छन् आफूले बिदेशमा सिकेका सीपहरु नेपालमा लैजाने अवस्थामा छन्। र्फकन नसक्नेहरुलेपनि नेपालकालागि केही दिन तयार छन्। त्यति मात्र नभैकन बिदेशमा बसेका नेपालीहरुले बिकसित मुलुकहरु कसरी बिकसित बने भन्ने कुरा जसरी देखेका छन् यो देखाइले उनीहरुलाई नया कुराहरु सिकाएको नेपालपनि यस्तै भैदिए भन्ने चेतना ज्ञान दिएको छ। यहि चेतना ज्ञानको उपज मान्नुपर्छ आज बिश्वको कुना कुनामा बस्ने नेपालीहरुमा ज्ञान सीपका अथाहा भन्डारहरुपनि छरिएका छन्।

एनआरएनमा आबद्ध नेपालीहरुका बिचारहरु रुचिहरुमा ठूलो बिबिधता रहेछ। यो बिबिधता सम्मेलन हलमा प्रसस्तै प्रकट भए। नेपालीहरुको यो रुचिलाई नेपालका सरकारहरुले कसरी संबोधन गर्छन् भन्ने कुरा भविष्यमा देखिएला। तर महत्वपूर्ण कुरा के हो भने बिदेशमा बसेका नेपालीहरुलाई ँअं यि पैसा कमाउने भै खाएका भनेर हेला होचो गर्ने या बिकास निर्माणमा उनीहरुलाई परै राख्ने उनीहरुका मागहरुलाई बेवास्ता गर्ने दिन अव गएका छन्। बिदेशमा बसेका नेपालीहरुका समस्या बिबिध नै छन् धेरैजसो समस्याहरु नेपाल सरकारद्धारा नै सृजित छन्। चाहे बिदेशमा नेपाली पार्सपोर्ट हराएर नेपाली पासपोर्ट लिन नसकेर भौतारिरहेका नेपाली हुन् , चाहे दोहोरो नागरिकताको व्यवस्था नेपालमा नभएका कारण धमाधम सम्पत्ती बेचेर जवरजस्त बिदेशी बन्न बाध्य भएका नेपाली हुन , चाहे बिना तालिम अनुभव बिनाका आफ्ना नागरिकलाई बिदेशमा पठाएर अलपत्र पार्ने नेपालीअधिकारी नेपाली कानुनहरु हुन् , चाहे बिदेशमा बस्ने नेपालीहरुले नेपालमा रेमिटेन्स चाहि पठाउन् तर नेपालको नीति निर्माण या संसदिय चुनावहरुमा भाग लिन भने नदिने सरकारी नियमहरु हुन् , चाहे बिदेशमा कमाएको सम्पत्तीकोपनि कर तिर्न पर्ने अनि त्यो पैसा फेरि नेपाल पठाउदापनि कर तिर्न पर्ने बनाउने सरकारी नियम हुन्। यि यस्ता नियमहरु सरकारद्धारा सृजित समस्या हुन्। यस्ता समस्याहरुको समाधानको शुरुवात सरकारले नै गर्नुपछ। सम्मेलनमा सबै कुरा एकदमै राम्रै राम्रा थिए भन्ने होइन। सम्मेलनमा सहभागीहरु केहि यस्ता मानिसहरु थिए जो एनआरएन निर्माणका थिंक ट्यांक डा उपेन्द्र महतोका अनाबश्यक पछि पछि लाग्थे। चाहे खाना खादा होस या चिया खांदा। चाहे फोटो खिच्दा होस या उनको कुर्सी नजिक। उनीहरुलाई नजिक हुन अनेकौं बहाना चाहिएको थियो। यस्ता सहभागीहरुका कारण एनआरएनको निर्माण भएको उपेन्द्रहरुको सम्पत्ती लगानी नेपालमा सहज पार्नकालागि रहेछ कि भन्ने भ्रमपनि पर्यो। थोरै खर्वपतिहरुकालागि नेपालमा लगानी सहज पार्न हजारौं नेपालीहरुले जानी नजानी त्याग बलिदान गरेका छैनन रु बिबिध मुद्धाहरु बोकेर सकेजति नेपालीहरुलाई आर्कषित पार्ने तर अन्त्यमा लगानीका कुरा जोड जोडले उठाएर महतोहरुले एनआरएनको नाम भजाउने अवसर पाउने होइनन जस्तोपनि सम्मेलनमा देखियो। यस्तो बिसंगतिपूर्ण अवस्थालाई चिर्न एनआरएन सबैको साझा फूलबारी हो भन्ने देखाउन भविष्यमा एनआरएनले कसरी काम गर्छ कस्ता कामहरु गर्छ त्यसमा निर्भर पर्छ। खाली ठूला ठूला लगानीका कुरा मात्रै गर्नै अन्त्यमा नेपाललाई दिनुभन्दा नेपालबाटै लिने मात्र प्रबृत्ती देखियो भने एनआरएन ठगहरु फटाहाहरुको संस्था हो भन्ने भ्रम आम नेपालीहरुमा पर्न जाने नै छ। एनआरएनको यस क्षेत्रीय सम्मेलनमा बेलायती नेपालीहरुले गोर्खा सैनिकका मुद्धाहरु उठाए। असमान तलब बाहेक उनीहरुको जोडदार माग रह्योबिदेशमा जन्मेका नेपालीका बच्चाहरुलाईपनि नेपालको नागरिकता देउ उनीहरुलाई नेपालप्रति आर्कषित हुने कामहरुमा लगाउ।उनीहरुलाई नेपाली पैसा चाहिएको छैन। उनीहरुलाई नेपालको बिबिधता सिक्ने यो देश मेरोपनि हो भन्ने मौका भावना चाहिएको छ। कमसेकम राज्यले उनीहरुलाई नेपाली नागरिकता दियो भने उनीहरुको नेपालमा रहेको सम्पत्ती नेपालमै रहनेछ भने नेपालीपनि हो मैले नेपालकालागिपनि केही गर्नुपर्छ भन्ने भावना उनीहरुसंग रहिरहन्छ।

उनीहरुले दुखपूर्वक सुनाए सरकारले त्यसो गर्ने वातावरण नबनाएकै कारण अहिलेसम्म सात हजार गोरखा सैनिकहरुले नेपालको आफ्नो सम्पत्ती बेचेर बेलायत नै फर्किए। त्यसो गर्नुको अर्थ सरकारी नीति नियमहरु नै यस्ता भएकी आफ्नै नागरिकहरु जबरजस्ती बिदेशी बन्नुपर्ने अवस्था आयो। उनीहरुको यो कुरा ज्यादै मन छुने खालको थियो किन बिदेशमा बस्ने नेपालीहरुले दोहोरो नागरिकताको प्रश्न जोडदार रुपले उठाइरहेछन् भन्ने कुराको एउटा उदाहरणीय नमूना थियो। बास्तवमा दोहोरो नागरिकताले नेपालमा लगानीको अवसर भित्रिने मात्र होइन कि नेपालको सम्पत्ती नेपालमै रहने व्यवस्था हुनेरहेछ। बर्तमान व्यवस्थाले कुनैपनि नेपाली बिदेशी नागरिक भैसकेको अवस्थामा नेपालमा रहेको उसको सम्पत्ती तेस्रोपुस्तामा पुग्दा नेपाल सरकारको हुनेरहेछ। हजुरवुवाले कमाएको सम्पत्तीमा नातीको हक नलाग्ने त्यो सम्पत्तीमा सरकारी रजाइ हुनेभएपछि नेपालको सम्पत्ती बेच्नु बाहेक दोस्रो बिकल्प नेपालीहरुसंग रहेनछ।यसैगरी खाडीका नेपालीहरुले खाडीमा दुख पाएका नेपालीहरुको बारेमा बोले। बिना तालिम खाडीमा काम गर्न गएका नेपालीहरुको कन्त बिजोगलाई एनआरएनले आंखा नचिम्लिओस उनीहरुकालागि गतिलो कार्यक्रम ल्याओस भन्ने माग उनीहरुको रह्यो। यसैगरी फ्रान्समा बस्ने नेपालीहरुले बिदेशमा रहेका हरेक नेपालीले संबिधानसभाको निर्बाचनमा भागलिन पाउने व्यवस्थाका पक्षमा एनआरएनले लविंग गर्नुपर्छ भन्ने माग राखे। बिदेशमा कमाएको पैसाले नेपालको अर्थतन्त्र धानिएको भने नीतिनिर्माणमा नेपालीहरुको सहभागीता किन नहुने रु भन्ने प्रश्न उठाउदै संबिधानसभाको चुनाव नजिकिदै गरेका बेला गरिएको यो मागले सम्मेलनहलमा निकै ताली पायो। हुनपनि नेपालमा बसेको एक अमेरिकीले उसको राष्ट्रपति नेपालबाटै चुन्न पाउछ भने हामीले पनि नेपालको संबिधान यस्तो हुनपर्छ भन्ने बिषयमा भोट हाल्न किन नपाउने रु नेपालीहरुको यो चासोलाई सम्मेलनमा सहभागी यूवा नेता गगन थापाले भने यत्रो संख्यालाई बाहिर राखेर संबिधान निर्माण गर्न नेताहरुलेपनि नमान्लान्। तपाइहरुको माग जायज नेपालमापनि यो मुद्धा उठाउने छु। भारतमा अहिले मोटामोटी चालिख लाख नेपालीहरु काम गरिरहेका छन् भने ति बाहेक अन्य मुलुकहरुमा मोटामोटी १४ लाख नेपालीहरु छन्। यस हिसावले हेर्दा ५४ लाख नेपालीहरु त्यसमापनि अत्यधिक संख्यामा यूवा पुस्ता बिदेशमा छ। संबिधानसभाको चुनाव गर्ने नया संबिधान निर्माण गर्ने संघारमा रहेका नेपाली नेताहरुले यि नेपालीहरुलाईपनि नछुटाउन् भन्ने माग उठाउनु अहिले सार्न्दभिक पनि छ। त्यसैले एनआरएनले यो मुद्धा उठाउन कन्जुस गरेमा एनआरएनमाथिको बिश्वसनियतामा कमी आउने नै नै त्यसमाथिपनि नेपाली नेताहरुमाथिको बिश्वसनियतापनि बिदेशमा घट्ने निश्चित भने सम्मेलनले देखाएको छ। यो लेख जनआस्था साप्ताहिकको जेठ ३१, २०६३ अंकमा ससोधनसहित प्रकाशित भएकोछ। प्रेषित मितीस् जेठ ३१ २०६३

तपाइँको प्रतिक्रिया