सगरमाथाको ट्राफिक जामले आरोहीको म्रित्यु

हिमाल आरोहणमा जाने आरोहीहरुको किन मर्छन् ? मौसम बिग्रिएर । अकस्मात चिप्लिएर । अनुभव कम भएर । अक्सिजनको मात्रा नपुगेर । वा लेक लागेर । हामीले सुन्दै आएका कारण यीनै हुन् । तर गत सप्ताहन्तमा भने सगरमाथाको टुप्पो पुग्ने घाँटीमै अत्यधिक आरोहीको ट्राफिक जामले गर्दा आरोहीको म्रित्यु भएछ । सगरमाथामा आरोहण गर्न जानेहरुको भिड यति भो कि अहिले आरोहीहरु त्यहि भिडले गर्दा जाममा फसेर मर्ने गरेकापनि छन् । बिदेशी सञ्चार माध्यमहरुले यहि दाबी गरिरहेका छन् । विश्व प्रसिद्द संचार माध्यम डिस्कोभरीले पनि त्यहि दाबी गरेको छ । कसरि मर्ने रहेछन् त सगरमाथामा भिड हुँदैमा ? जिज्ञासा लाग्छ नै ।

सगरमाथा आरोहण गर्न जाँदा चार आरोही त्यहि अनियन्त्रित भिडका कारणले मरेको उसले औंल्याएको छ । यो यामको शुरुमै गत शुक्रबार र शनीबार करिब १५० आरोही सगरमाथाको टुप्पोमा पुग्न लामबद्द भए । धेरैले कम्तिमा एक घन्टा कुर्नु परेको थियो आफ्नो पालो पाउनको लागि । केहि अक्सिनजका भाँडा रित्तिएकाले फर्किए आफ्नो अन्तिम तयारीलाई माया मार्दै । मध्यान्हबाट ति फर्किन शुरु गरे । त्यो भन्दा बढि कुर्दा एक त अक्सिन नपुग्ने । अर्को कुरो चुचुरोमा पुगेर फर्किन ढिला हुने । किनकि मध्यान्हबाट ढिलो बस्दा सगरमाथाको शिरतिर मौसममा प्राय खराबी आउने गर्छ । हावा हुरी र हिउँ पर्न थाल्छ । त्यो सप्ताहन्तमा म्रित्यु भएकाहरु अति थाके । तिनलाई लेकपनि लागेको थियो । त्यहि कारणले तिनले ज्यान गुमाउनु पर्‍यो ।

यस्तो खालको दुखदायी घटनालाई रोक्न केहि आरोहीहरुले कुन भिरालो, कुन क्याम्पमा कति जना जाने भन्ने कडाई र नियन्त्रण गरिनु पर्छ भन्ने माग गरेका छन् । जति जनाको क्षमता छ त्यो भन्दा बढिलाई ईजाजत दिनुहुन्न । अहिलेको नियम र नियन्त्रण पर्याप्त छैन । आरोहण गरेबापत दस्तुर बढि आउने लोभले सरकारले क्षमता भन्दा बढि आरोहीलाई जान दिईरहेको छ ।

तपाइँको प्रतिक्रिया