पत्रकार र आन्दोलनकारिबिच गलफत्ती : केहि भिन्न बिचार
हिजो जनजाति महासंघले गरेको नेपाल बन्दबारे छलफल गर्न बोलाइएको कार्यक्रममा जनजाति नेता आङकाजी शेर्पाले पत्रकारलाई बाँकि राख्दिन भनेको भन्दै पत्रकार र जनजातिबिच गलफत्ती भैरहेको छ । आआफ्ना पहुँच पुगेका मेडियामा तर्क बितर्क र आआफ्ना दाबी त हुने नै भए । सामाजिक सञ्जाल फेस बुकमा सबैको सहज पहुँच पुग्ने भएर होला अझ बढि प्रतिक्रिया छचल्किएका छन् । दाबी आआफ्नै छन् ।
अलि संयम, अलि तर्कपूर्ण, अलि बुझक्कि हुनु भन्दापनि एकोहोरो कुरा लाद्ने, अबुझ भनाई तेसार्ने र जबर्जस्ति गाली गलौज गर्ने पारा देखिएको छ । लाग्छ, तर्क र बहस गर्नेहरुको खडेरी परेको हो कि ! मेडियाकर्मी होस् कि जनजातिको आन्दोलनका पक्षधर कोहिपनि तर्कपूर्ण रुपमा देखिएका छैनन् ।
हिजोको घटनाका बारेमा फेसबुकमा ब्यक्त केहि भिन्न मध्ये मलाई चाहिँ मैले फेल पारेका मध्ये केजिन राइ र एस बी छन्त्यालका बिचार मन पर्यो । फेसबुकबाट तानिएका केहि भिन्न बिचार हेर्नुस् है त ? आफुलाई लागेका बिचारहरु प्रतिक्रियाका रुपमा ब्यक्त गर्नुहोला । तर धाकधम्की, उत्तेजना र आरोप प्रत्यारोप अनि अशिष्ठ भाषामा नलेख्नुहोला ।
केजिन राई
आदिबासी जनजाति महासंघका महासचिब आङकाजी शेर्पाले आफूलाई लागेको कुरा बोल्न पाउनुपर्ने हो । परन्तु महासचिब शेर्पाको त्यो बैयक्तिक स्वतन्त्रता पत्रकार खिला कार्कीको समूहले हनन गरेको प्रष्ट देखियो । पत्रकारको काम समाचार लेख्ने हो, टेबुल ठोक्ने, पाखुरा सुर्कने र अपशब्द बोल्ने काम त पाजी र सुकुलगुण्डाहरूको हो । हुलदंगा गर्ने र कसैलाई नबोल्, बाहिर निस्की भन्ने होइन ।
पत्रकारको मेनस्ट्रीममा समस्या छ । जर्नालिज्मको ईथिक्स र कोड अफ कन्डक्ट आफुलेनै पालना गरिएन भने तमाम जनलाई सुसुचित गराउछु भन्नु मुर्खता सिवाय केही होईन । बाहुनवादबाट पत्रकारिता ग्रस्त हुनु हुँदैन । यसले साम्प्रदायिक सद्भाव बढाउँदैन । पत्रकारको भूमिका समाजलाई फुटाउने होइन, जोड्नेखालको हुनुपर्दछ । पत्रकार खिला कार्किजीले कसैले¨टीभी जर्नालिस्ट¨लेखेको निलो टी सर्ट पुतलीसडकको पसलबाट खरिद गरिदिएको र नियोजित रूपमा अन्तरकृया भाड्न आएको समेत सुन्नमा आएको छ । त्यो समयले नै बताउला । महासचिब शेर्पाजीले प्रेसकर्मी माथि हमला गर्ने चुनौती दिएको हो भने जिम्मेवार ब्यक्तीबाट त्यस्तो कुरा आउनु आपत्तिजनक हो ।
शेर बहादुर छन्त्याल
प्रेसका गाडी माथि जाइलाग्नु, पत्रकारलाई गोडिहाल्नु र महासचिब जस्ता पदीय जिम्मेवारी बहन गरेका ब्यक्ति आवेस र उत्तेजनामा आएर ‘छोड्दैनौ’ जस्ता शब्दहरु प्रयोग गर्नु आन्दोलन होइन र ठीक ढंगले सन्चालन गरिएको पनि मानिदैन । हो, मिडियाले एकहोरो समाचार दिएका र सामान्य बिषयलाई पनि हदै ‘हाइलाइट’ गरेका थिए । पहुँचमा भएको मिडियाले प्रोपोगाण्डा चाँही गरेकै हो । यस्ता हर्कतहरुको संयमित ढंगले विरोध पो गर्नु पर्थ्यो, कहाँ मुढे बल प्रयोग गर्ने भनेको हो र ?
गजेन याक्थुङ्बा
राज्यको चौथो अंग अंगालेर बसेको पत्रकारले देशमा विध्यमान खबरलाई एक तर्फ मात्र पृष्ठपोषण गर्नु, आफ्नो हैशियत भुलेर मंचमा भौतिक प्रतिकार गर्न आवेशमा उत्रने । यस्ता पत्रकारको नाममा खोल ओढेका खिल कार्की जस्ताको अब काम छैन । दादागिरी गर्ने हो भने काठमाण्डौको ठेकेदारको भरौटे बने हुन्छ ।
उजिर मगर
हिजो पत्रकारहरू आक्रमण परे । आज पत्रकारहरूलाइ आदिवासी जनजातिहरूले खादा अविरले सम्मान गरिरहेका छन् ।
पदम सामसोहाङ सुब्बा लिम्बु
हो यस्तै शब्दहरूको जालझेलले हो पत्रकारहरूमाथि बेला बेला आक्रमण हुने गरेको । अहिले मिडियाहरूमा व्यापक प्रचार भइरहेको खवर, ‘आङकाजीले पत्रकारहरूलाई सिद्याइदिने धम्कि दिए’ भन्ने हो । आङकाजीले ‘पत्रकारहरूलाई सिध्याइदिने’ भन्ने शब्दनै प्रयोग गरेका छैनन् । मैले बारबार उक्त रेकर्डिङ भिडियो हेरेको छु। उनले त ‘जनजातिहरूको विरोध गरेमा ब्राह्मन चिन्तनको पत्रकार महासंघ पनि बाँकि रहनेछैन’ भनेका छन् । अब फरक के हो भने आङकाजीको कुराको आलोचकहरूले भनेका कुराले ‘पत्रकारहरूको ज्यान मार्ने धम्कि’ जस्तो अर्थ दिन्छ तर आङ्काजीकै शब्दहरूले ‘पत्रकार महासंघ नै चल्न नसक्ने गरि बन्द गरिदिने’ अर्थ हुन्छ । मैले अघि news24 मा पनि screen news हेरें, त्यसमा ‘क्यामरा खोसे’ भन्नुको साटो ‘क्यामरा लुटे’ लेखिएको छ। यी यस्तै हर्कत छ पत्रकार महोदयहरूको पनि । बेलैमा सुधार ।
दिनेश बस्नेत
आइतबार पत्रकार जहाँ देख्यो त्यही कुट्ने, लुट्ने र सवारी साधनमा आगजनी गर्न सक्रिय नेपाल बन्दकर्ताहरुले आज भने सञ्चार माध्यम र पत्रकारमाथि अनौठो व्यवहार प्रदर्शन गरेका छन् । उनीहरुले आज पत्रकार देख्ने बित्तिकै रोकेर अविर लगाएर खादा ओढाउँदै स्वागत गरिरहेका छन् ।
प्रभिन पुमा
पत्रकारको काम समाचार लेख्ने हो । हुलदंगा गर्ने र कसैलाई नबोल्,
बाहिर निस्की भन्ने होइन । पत्रकारको भूमिका समाजलाई फुटाउने होइन । जोड्ने हो ।
नवराज न्यौपाने
पत्रकारको तागत ! अघिल्लो दिन रड, भाला र लाठी, टिकिनसक्नु भई आन्दोलन नै तुहिने भएपछि खादा र अबिर । आखिर खादा नै लगाउनु थियो त किन हिजो लाठ, रड र भाला ?
प्रमोद श्रेष्ठ





