युक्रेनको मिस प्रतियोगितामा नेपाली चेली छनौट

सन्तोष न्यौपाने / बेल्जियम

युक्रेनको नेशनल एरोस्पेस युनिभर्सिटिमा अध्ययनरत निशम श्र्रेण्ठ मिस हाई प्रतियोगिता २०१२ को फाइनल चरणमा प्रवेश  गरेर नेपालको नाम उचालेकि छन् । त्यहाँ फाइनलकालागि छनौट हुनु नै मुश्किलको कुरो हो । किनभने त्यसमा थुप्रै देशका यूवतीहरुले प्रतिस्पर्धा गर्छन् । युनिभर्सिटि डिनले हरेक डिपार्टमेन्टबाट प्रतियोगि छान्ने क्रममा उनी अध्ययन गर्ने उनी लगाएत अन्य ३० परेका थिए । जसमा सर्ट लिस्ट मार्फत उनी फाइनल राउण्डमा प्रवेश गर्न सफल भइन ।

काठमाडौं घर भएकि २३ वर्षिय श्रेष्ठ एरोस्पेस इन्जिनियरिगं अन्तर्गत छैठौ सेमेस्टरमा अध्ययन गर्दै छिन । ‘प्रतियोगिताको फाइनलमा नृत्य, टयालेन्ट सो, बोल्ने कला लगायत विषयमा क्षमता देखाउनुपर्ने हुन्छ । ’टेलिफोन वार्तामा उनले भनिन ’सकेसम्म धेरै भोट दिएर मलाई जिताउनुहुनको लागि आग्रह गर्दछु।’ प्रतियोगिताको फाइनल यहि अप्रिल १२ तारिखका दिन हुँदै छ । अन्य ३७ वटा डिपार्टमेन्ट बाट ७ जना उत्कृण्ठ विध्यार्थि गएका छन जसमा लेवनान, इराक, चिन जस्ता देशका प्रतिस्पर्धीसँग उनले भिडनु पर्ने हुन्छ । उनलाई जिताउनकोलागि गएर १२ अप्रिल दिउसो ३ बजे सम्म http://www.057.ua/photovistavka/60 मा गई भोट गर्नुपर्ने हुन्छ । नेशनल एरोस्पेस युनिभर्सिटिमा विश्वभरका सयौं बिध्यार्थी अध्ययन गर्दै आएका छन ।

तपाइँको प्रतिक्रिया