बेल्जियमको मोडल प्रतिस्पर्धामा नेपाली मूलकी रजनी छनौट
● सन्तोष न्यौपाने / बेल्जियम
बेल्जियममा आयोजना भइरहेको जुनियर टप मोडेल २०११ प्रतियोगितामा नेपाली मूलकी रोशनी पाउरबेक्स फाइनलमा प्रवेस गर्न सफल बनेकी छन् । सेमी फाइनलबाट २६ जनालाई फाइनलको लागि छनौट गरिएको थियो जसमा उनी सफल भइन् । काभ्रेपलान्चोक जिल्ला बालुवा गाविस स्थाइ ठेगाना भई हाल बेल्जियमा बसोबास गदै आएका राम घिमिरे तथा शुष्मा खड्का कि कान्छी छोरी उक्त कार्यक्रममा प्रथम चरणमा सहभागी भएका १४०० सहभागीलाई उछिँदै १५० जना भित्र पर्न सफल बनिन् ।
दोस्रो चरणको प्रतियोगितामापनि उनी आफ्ना प्रतिस्पर्धीलाई पछि पर्दे फाइनल का लागि छनौट भइन । सेमी फिनाल चरणबाट २६ जनालाई छानिएको थियो । अबको अन्तिम चरणमा निर्णायक मण्डल र सार्वजानीक भोटबाट सहभागीहरुलाई विजेता घोषणा गरिने जनाइएको छ ।
आगामी डिसेम्बर ३ तारिखमा बेल्जियमको सर्लुवा भन्ने स्थानमा हुन गैरहेको फाइनलमा २६ जनाबाट प्रथम, द्धितिय र तृतिय छनौट गरिने छ । त्यसकोलागि सार्वजानिक भोट १४ नोभेम्बरबाट डिसेम्बर ३ सम्म मोवाइलबाट एसएमएस मार्फत दिन सकिने आयोजकले जनाएको छ ।
रोसनीलाई मतदान गर्नको लागि TMB63 टाइप गरेर बेल्जियममा बसोबास गर्नेहरुले ३५६५, फ्रान्सबाट ८१०१३ र लग्जम्बर्गबाट ६४७४७ मा एसएमएस पठाउनुपर्ने छ । उक्त प्रतियोगितामा बेल्जियम, फ्रान्स र लग्जम्वर्ग बाहेकका अन्य मुलुकहरुबाट भने भोट हाल्न पाइने छैन । यो नेपालीहरुको प्रतिष्ठाको विषय भएको र एउटा एसएमएस गरेर सहयोग गर्न रोसनीका अभिभावकहरुले डास्पोरा रहेका नेपालीहरुलाई अनुरोध गर्नु भएको छ । उनले नतिजा आफ्नो पक्षमा आएमा यसबाट प्राप्त केहि रकम नेपालका दुर्गम क्षेत्रको शिक्षा र स्वास्थ्य क्षेत्रमा सहयोग गर्ने बताएकि छन् ।





