बेल्जियमका नेपालीबिचको बैमनस्यता एउटै यज्ञमा स्वाहा पार्दैछन् पण्डित दिनबन्धुले
● सन्तोष न्यौपाने / बेल्जियम
‘जिवन लेखान्तमा चलेको छ जहाँ मानिसले आफुले सोचेको र चाहेको कुरा समयवेगर गर्न सकदैन ‘। हो यस्तै गरेर यो पत्तिं अहिेले दिनबन्धु पोखरेल को बेल्जियम यात्रासंग मेल खाएको छ । गतवर्ष गर्ने भनिएको भागवत ज्ञानयज्ञ दिनबन्धु (तस्विर उनैको हो) लाई भिषा नमिलेपछि स्थगित भएको थियो । बेल्जियममा सम्पुर्ण तयारि पश्चात स्थगितहुँदा आयोजक जयन्तु संस्कृतमले चौतर्फि घाटा बेहोर्नुपरयो ।
कार्यक्रम स्थगन पश्चात जन सम्पर्क समितिका अध्यक्ष् गंगाधर गौतमलाई बेल्जियमका अनलाइन मेडिया मार्फत आएका समाचारले प्रमुख आरोप लागाएका थिए। तर जनमानसमा भिन्न भिन्न मुल्याकंन भएतापनि यथार्थ कसैले पनि जान्न सकेको थिएन । जे भएपनि र जो जससंग झगडा गरेपनि वास्तविक कारण लेखान्त नै रहेछ । त्यो समयमा दिनबन्धुलाई बेल्जियम आउनै लेखेको थिएन । तसर्थ उनलाई जर्मन दुतावासले भिषा दिएन । नेपालकै प्रमुख वाचन प्रविण पोखरेललाई जर्मन दुतावासले किन भिषा दिएन त ? यो बेल्जियमवासि सबैलाइै चासोको विषय बनेको छ ।
गत वर्ष जयन्तु संस्कृतमका संयोजक राधाकृण्ण अधिकारिले दिनबन्धुलाई स्पोन्सर गरे । उनको समुहमा पोखराका उध्योगपति बुद्धि गुरुङ सहितका उनका वरिस्ठ उध्योगपति साथिहरु चारजना रहेका थिए जसमा दुईजना उधोग पतिलाई भिषा दियो जर्मन दुतावासले । तर दिनबन्धुलाई दिएन । उनलाई भिषा नदिएपछि अन्य दुइ जनाको युरोप उडान स्थगित बन्यो ।
पोखरेललाई जर्मन दुतावास ले ब्याकं ब्यालेन्स माग्यो । तर साधकका रुपमा रहेका पोखरेलले बैंक ब्यालेन्स दिन सकेनन । उनले दुतावासलाई मेरो बैंक ब्यालेन्स छैन भन्ने जवाफ दिए । जसको कारण उनले भिषा प्राप्त गर्न असमर्थ रहे । भिषा नलागेपछि पनि दिनबन्धुले जर्मन दुतावासको बेइमानिका कारण लामो समयसम्म आफनो पासपोर्ट प्राप्त गर्न सकेनन । यहाँ आयोजकले पनि त्यतिखेर दिनबन्धुको पासपोर्ट किन राख्यो भन्ने कुराबाट अनविज्ञ रहेको थियो ।
दिनबन्धुका अनुसार उनको पासपोर्टमा अमेरिकाको ५ वर्षे र बेलायतको २ वर्षे भिषा रहि आएको थियो । जर्मन दुतावासले आफुलाई कुटनैतिक मर्यादा भन्दा बाहिर रहेर आफनो भिषालाई अमेरिकाको दुतावासमा ‘यो मान्छे फटाहा हो’ भनेर पत्र पठाएको कारण तत्कालिन समयमा उनले अमेरिका र बेलायतको भिषा गुमाउनुपरयो । तत्तपश्चात पोखरेलले अमेरिका गएर मुद्दा लडे । जसको कारण उनले गुमाएका अमेरिका र बेलायतका भिषा पुन प्राप्त गरे । मुद्दाकै कारण अमेरिकि दुतावासका केहि कर्मचारिहरुको जागिर जाने संम्भावना पनि रहेको उनले जनाए । यसमा सम्पुर्ण दोष जर्मन दुतावासकै रहेको उनको दावि रहेको छ । तर पछि गएर जर्मन दुतावास र अमेरिकि दुतावासले पोखरेलसंग माफि माग्यो ।
दिनबन्धुले दिएको प्रस्टिकरण र आयोजकको कुरा अहिले आएर बाझेको छ । सायद आयोजकलाई यादनै छ होला त्यतिखेर दिनबन्धु सहित उनका भजन टोलि आउने भनेर सर्वसाधरण लगायत शुभचिन्तकहरु लाई सूचना प्रदान गरेका थिए । तर दिनबन्धुले आफूसँग आफ्ना वरिष्ठ उध्योगी साथीहरु युरोप घुम्नलाई आउन लागेको भनेर प्रस्टाए । आखिर वास्तविकता के हो ? यो स्वयम आयोजकले नै जान्ने कुरा हो । अर्को तर्फ बैंक ब्यालेन्स माग्दा म साधक हुँ, बैंक ब्यालेन्स छैनछैन भनेपछि दुतावासले सोझै भिषा नदिनु नौलो कुरा पनि होइन । किनकि उनिहरु कागजि प्रक्रिया पुगेपछि भिषा प्रदान गर्न बसेका हुन्छन । चाहे नेपालका मन्त्रि हुन या साधक या सर्वसाधरण सबैलाई दुतावासले गर्ने ब्यवहार एकै प्रकारको रहने गर्दछ ।
तर दुतावासले भिषा प्रदान नगरिसकेपछि उल्टै पोखरेलकाथि शंका गरेर अमेरिकि दुतावासमा पत्रलेखि उनको अमेरिका र बेलायतको भिषा रद्ध गरिदिनुले जर्मन दुतावास र त्यहाँ कार्यरत कर्मचारि माथि ठाडै प्रश्न चिन्ह उठाएको छ । आखिर किन गरयो दुतावासले पोखरेल माथि यस्तो करतुत ? कतै दुतावासमै कार्यरत नेपाली कर्मचारिहरुको त हात छैन ? शंकाको विषय बनेको छ । यो करतुत हुँदा दिनबन्धुले नेपालमै पत्रकार सम्मेलन गरेर जर्मन दुतावास र त्यहाँ कार्यरत कर्मचारिहरुको खेदो खन्नुपर्ने थियो जसको प्रतिफल आगामि दिनमा अन्य ब्यत्तिहरुले पाउने थिए ।
महायज्ञ र बेल्जियमवासि नेपाली बर्मा गए कर्म सँगै नेपाल गए कपाल सँगै भनेझैं बेल्जियममा रहेका नेपालीहरुमा राजनैतिक लूछाचुँडी, जातिय विभेद प्रगाढ रुपमा रहि आएको छ । यहाँ बाहिर खुल्ला रुपमा नआए पनि भित्रि रुपमा एक संस्थाले गरेको कार्यक्रममा अर्को संस्थाका पदाधिकारिहरु उपस्थित नहुने पनि देखिएको छ । जसको कारण स्थिर रुपमा रहने अन्य नेपालीहरुको लागि खिचडि सावित हुने गरेको छ ।
विहिबार सम्पन्न अन्तरक्रिया कार्यक्रम मार्फत वाचन प्रविण दिनबन्धु पोखरेलले यो सबै मानविय वैमनस्यतालाई यहि यज्ञको मार्फत अन्त्य गरिदिने बताए । नेपालमा धेरै ठाउँमा महायज्ञ मार्फत समाजसेवामा अग्रणी भूमिका खेलेका पोखरेलले बेल्जियमको विभाजित समुदायलाई एकत्रित गराउन सक्ष्म होलान या नहोलान त्यो भविष्यले देखाउने कुरा हो ।
आगामि सेप्टेम्वर ७ देखि १० तारिख सम्म बेल्जियमको लुभेन सहरमा हुन गइरहेको यस भागवत महायज्ञको प्रमुख लक्ष्य भनेको नेपालि सांस्क्रितिक भवन निर्माण गर्नु रहेको गत विहिबार आयोजना गरिइको अन्तरक्रिया तथा रिसेपसन कार्यक्रममा जनाइएको थियो । जसमा एन आर एन बेल्जियमको सहकार्य हुने जनाए पनि आधिकारिक धारणा आइसकेको छैन । रिसेपसन कार्यक्रम पश्चात भएको एन आरएनका केहि पदाधिकारिहरुको आपसि कुराले एन आर एन यो कुरामा पुर्ण सहमत हुन्छ या हुन्न भन्ने अन्यौल गराएको छ । पदाधिकारिहरुको ब्यक्तिगत तर्क र विवाद जे भएपनि यस महायज्ञमा मिलेर सम्पन्न गर्नु भनेको एन आर एनले मौकामा हिरा फोर्नु सरह हुनेछ । १००युरो दिनेबाट २ सय, १ ह्जार दिनेबाट २ हजार दिलाउने पोखरेलले वचन दिएका छन । तथापि उनले भनेअनुसार रकम उठला भनेर आँक्न चाहिँ सकिँदैन ।
बेल्जियममा रहेको राजनैतिक र जातिय विभाजनलाइ एक गरेर एउटै मालामा उन्न सकुन । नेपाली नेपाली सबै एक हुन भन्ने भावना जागृत गराउन सक्ष्म रहुन । महायज्ञ र पोखरेलको प्रवचन मार्फत आफना विभिन्न क्षेत्रमा करतुत बोकेका ब्यत्तिहरुलाई सदवुद्धि प्रदान गर्न सफल रहुन ।





