केहीपनि मागेको छैन गैह्र आवासिय नेपालीले

-डा उपेन्द्र महतो

धेरै ठाउँमा भनिएको हुन्छ कि गैह्र आवासिय नेपालीले सरकारसँग यो मागेका छन्, त्यो मागेका छन् । सरकारसँग हामीले केहिपनि मागेका छैनौं आजसम्म । हामीले सुझाउ मात्रै दिएका छौं । र त्यो सुझाउपनि के दिएको हो भनेमानौंन, कोहि तपाईको एकदम मिल्ने मित्र छ । उसको छोरीको बिहे हुने भएको छ । तपाईले निमन्त्रणा कार्ड नपाएकोले भन्नु हुन्छ-ए मलाई कार्ड बिर्सिएको हो कि ? मलाई बोलाउ न भने जस्तै हो ।

नेपालमा गैह्र आवासिय नेपालीहरुलाई नेपालसरकारले सबैभन्दा पहिला रातो कार्पेट बिछ्याएर तपाईहरु आउनुहोस । देश बनाउनुहोस, देशका बिभिन्न कार्यक्रममा सहभागि हुनुहोस भनेर बोलाउनुपर्नेमा हामी गैह्र आवासिय नेपालीहरुले नै हामीलाई बोलाउन, हामीलाई यो गर्देउ न, त्यो गर्देउ न भन्दै हिँडेका छौं । त्यो किनभने हाम्रो देशको सोचाई कम भएर हो ।

आज हाम्रा छिमेकि देश भारत, चिनमा यस्तो गर्नु परेको छैन । भारत र चिनको सरकारले आफ्ना गैह्र आवासिय नागरिकहरुलाई रातो कार्पेट ओछ्याइदिएर विमानस्थलदेखिनै बाटो खुला गरिदिएको छ । र उनीहरुले बोलाएको ठाउँमा गैह्र आवासिय भारतियहरु जान्छन् । तपाई हामी जस्तो आफैंले भात पकाउने, आफैंले भाँडा माझ्ने र आफैंले भोज गर्ने अनि खुवाउने जस्तो छैन । तरपनि हाम्रो देश गरिब छ । हाम्रो देशको सोचाई कम छ । त्यसैले हामी बाध्य भएर हामीले सरकारलाई उसको जिम्मेवारी बुझाइदिएका मात्रै छौं । सम्झाइदिएका मात्रै छौं ।

हामीले अहिलेसम्म गैह्र आवासिय नेपाली ले अहिलेसम्म कुनै विशेष सुबिधा, कुनै विशेष सहुलियत केहिपनि मागेका छैनौं । हामीले के भनेका छौं भने जो नेपालीहरु बिदेशमा छन्, जो नेपाली भएर जन्मेका छन् ति नेपालीनै भएर मर्न चाहन्छन् । तिनीहरुलाई बिदेशी नबनाइदेउ । उनीहरुको नेपालसँगको मायालाई तिमिहरुले जबर्जस्ति नछोडाइदेउ । त्यसको लागि के हो भने आज अमेरिकाले देखायो । ओबामाले देखायो कि केन्याका मान्छे त्यहाँको राष्ट्रपती हुन सक्छ भने हाम्रो नेपाली मूलको पनि भोली फ्रान्समा, बेलायतमा वा अमेरिकामा हुनसक्दैन भनेर भन्न सकिन्न ।

आज गैह्र भारतिय नागरिकहरु हेर्नुस् उनीहरु बिभिन्न देशमा प्रधानमन्त्री, राष्ट्रपती भएका कति छन् कति । त्यसले गर्दा खेरि हामी बिदेशमा गएर बिबिध कारणवश हामी बिदेशी नागरिकता लिन बाध्य भएका छौं । र त्यो बाध्य मात्रै होइन त्यो लिनुपनि पर्छ । किनभने जब हाम्रो बिदेशमा गएर जब हाम्रो समूदाय ठूलो हुन्छ तब हामीले यहाँ राजनितिक दबाब दिन सक्छौं ।

र तपाई हाम्रो मूल्य र मान्यता बढ्छ । यहाँका सहुलियतहरुमा हामी सहभागि हुन सक्छौं । त्यसले गर्दा हामी जुन बिदेशी भएर, बिदेशी नागरिकता लिइसकेपछि एक पटक पाइसकेको नागरिकता नखोसिदेउ । दोहोरो नागरिकता हामीले मागेका होइनौं । हामीले पाएको नागरिकता रद्द नगरिदेउमात्रै भनेका छौं । गैह्र आवासिय नेपालीहरुको परिभाषा कानुनी रुपमा राखिदेउ । तिमीहरु जसलाई जे मन् लाग्छ त्यो नभनिदेओस । र हाम्रो गैह्र आवासिय नेपालीहरुको बौद्दिक र आर्थिक लगानीलाई जुन बिदेशीहरुलाई जसको छाला अलिकति गोरो छ अलिकति हामी भन्दा त्यो छालालाई दिने हाम्रो कालो छालालाईपनि त्यहि देउ । त्यो भन्दाबढि हामीलाई चाहिँदैन मात्रै भनेका छौं । त्यसकारण साथीहरुले के भन्नु पर्‍यो भने तपाई हामी गैह्र आवासिय नेपालीहरुको बारेमा कहिँपनि कुरा भयो भने तपाई हामीले कुरा नबुझेर के भन्न सक्छौं भने ए तपाईहरुले यति धेरै माग्नु भएको छ कि सरकारले कहाँबाट दिन्छ ? हामीले केहिपनि मागेका छैनौं । यि तिन वटा कुराबाहेक अरु हामीले केहिपनि भनेका छैनौं ।

बैदेशिक रोजगारमा जानेहरुको हामीले उनीहरुलाई अनिवार्य वीमा गराईदिने, बिदेशमा काम गर्न जाने देशहरुसँग श्रम संझौता गरिदिने, सस्तो ऋण उपलब्ध गराइदिने र अहिले जुन पूर्ण रुपमा अदक्ष श्रमिकका रुपमा गएका छन् तिनलाई कमसेकम अर्ध सिपको तालिम दिएर पठाइदियो भने हाम्रो रेमिटेन्स कम्तिमापनि ३२ देखि ४० प्रतिशत बढ्छ ।

केहि खासै लगानी नगरिकनैपनि ३० देखि ४० प्रतिशत रेमिटेन्स बढ्ने । हाम्रो अहिलेको रेमिटेन्स एक दशमलब दुई, एक दशमलब तिन खरब (बिलियन) छ भने त्यसको तिनसय चार सय मिलियन डलर त्यत्तिकै बढाउन् सकिन्छ । यि कुरालाई सरकारलाई हामीले सुझाउ दिएकाछौं । र बैदेशिक रोजगारमा जाने साथीहरुलाई दुइ वर्ष, तिन वर्ष चार वर्ष मरेर काम गर्छन् र उनीहरुले पठाएको रेमिटेन्सबाट देश चलिरहेको छ । सबले तलब खाइरहेको छ । तर उनीहरु आउने बेलामा आफुले प्रयोग गर्ने केहि सामान नेपाल लिएर जाँदा खेरी भन्सारमा उसको दूर्ब्यवहार गर्ने, दुख दिने नगरेर उनीहरुलाई सहुलियत दिएर केहि सामानमा भन्सार छुटको ब्यवस्था गरिदेओस भनेर हामीले भनेका छौं । जसको तलब खाएर हामी बाँचेका छौं तिनिहरुले नेपाल आउँदा हजुर हजुर गर्नुपर्ने सट्टामा झन उनीहरुलाई दूर्ब्यवहार चाहिँ नगर्देउ भनेका हौं । यि बाहेक गैह्र आवासिय नेपालीले अरु केहिपनि भनेको छैन । केहिपनि मागेको छैन ।

अब कुरा के हो भने यति राम्रो कुरा भन्दाभन्दैपनि अहिलेसम्म किन भएन त भन्ने प्रश्न उठ्छ । त्यसमापनि हाम्रा कुरा कस्ता छन् भने त्यो काम नहुनुमा आधा जिम्मेवार हामीनै हौं । किनभने जति नेताहरु छन् नेपालका र अलि उच्च तहका प्रशासकहरु सबैका नातागोता, छोरा छोरी आदि ईत्यादी बाहिर छन् । उनीहरू बाहिर आउँछन् । कुनैपनि महिना छैन होला हाम्रो एउटा मन्त्री बाहिर नगएको । कुनैपनि महिना छैन होला हाम्रो प्रमुख पार्टीहरूका व्यक्तिहरू बाहिर नगएको । अनि के गर्छन् भने जस्तो यहाँ सम्मेलन् भयो । कुनै मन्त्री ज्यु आउनुहुन्छ । यहाँ आएर भाषण गरेर जानुहुन्छ । तपाई हाम्रो कुरा सुनेको जस्तो गर्नुहुन्छ ।

तर उसले कुरा कसको सुन्छ भने जब यहाँबाट सकेपछाडि मार्केटिङ गर्न जानुपर्‍यो, कुनै पसल, रेस्टुरेन्टमा जानुपर्‍यो । अनि त्यहाँ गएर यसो व्हिस्की भोड्का खाएर गफ गर्ने बेलामा कुरा त्यहाँको सुन्छ । त्यहाँ कुरा के हुन्छभने कोहि नजिकको साथी कोहि छ भने उहाँले मन्त्रीजीलाई त लिएर जानुहुन्छ । यहाँ के भो मतलब छैन । ए, यो गैह्र आवासिय नेपाली संघ ? यो त फलाना बहादुरको हो । यो त महतोको हो । यो यादवको हो । यो त उनीहरुको पो हो । उनीहरुको कुरा नसुन्नुस् । त्यहाँ फलानो देशमा यति झगडा छ फलानोलाई कसले सुन्छ र ! यो त जम्मै बकबासका कुरा हुन् । अनि त्यो मन्त्रीलाई के हुन्छ भने सुनेका जम्मै कुरा उसको लागि बकवासको हुन्छ । अनि त्यो एक जनाले दुई जनाले बुझेको कुरालाई लिएर के बुझेर जान्छ भने यो त सब बकबासको कुरा हो भन्ने बुझेर जान्छन् ।

त्यसकारण यस्तो राम्रो कुराहरुमापनि हाम्रै गैह्र आवासीय साथीहरुलेनै गलत किसिमका जानकारि गराइदिएर उहाँहरुको पथभ्रष्ट गराइदिने चलनलेनै अहिलेसम्म यो काम भएको छैन । तर म साथीहरुलाई के विश्वास दिलाउन चाहन्छु भने जसरि भएपनि यो आउने अक्टोबरसम्ममा दोहोरो नागरिकताको प्रावधानको समस्या समाधान हुनै पर्छ । आज उठाएको कुरा जुन आमाको नामबाट जुन नागरिकताको कुरा छ त्यो समाधान हुनै पर्छ । गैह्र आवासिय नेपाली संघ दर्ता हुनै पर्छ । त्यसमा तपाई हामी २० लाख छौं । २० लाख पढे लेखेका, केहि काम गरेका, केहि पैसा भएका, केहि बुद्दी भएका, केहि अनुभव भएका ब्यक्तिहरु छौं । २० लाखको कुरा सुनेन भने कसको कुरा सुन्छ ?

 (गैह्र आवासिय नेपाली संघका पूर्व अध्यक्ष महतोले अन्तर्राष्ट्रिय महिला दिवस मार्च ८, २००९ का दिन पेरिसमा आयोजित प्रथम यूरोपस्तरिय नेपाली महिला सम्मेलनमा दिएको मन्तब्यको संपादित अंश अझैपनि सान्दर्भिक रहेकाले यहाँ राखिएको हो)

तपाइँको प्रतिक्रिया