शेष घलेले राजिनामा दिएको भन्दै विश्वभरिका एन आर एन मा सन्सनी

गैर आवासीय नेपाली संघका प्रमुख संरक्षक शेष घलेद्वारा पदबाट राजिनामा दिएको खबरले सोमबार विश्वभरिका नेपालीहरुमा सन्ससनी फैलियो । किन दिए राजिनामा ? रजिनामा दिएकै हुन् कि होइनन् ? दिएका हुन् भने सदर भयो कि भएन ? किन दिए त राजिनामा ? यथार्थ खबर कसैले दिनै सकेन । तर शेष घलेले राजिनामा नदिएको तथ्य साँझमात्रै खुल्यो ।

नेपालप्लसले यो खबर पाएपछि एन आर एन का अध्यक्ष कुमार पन्त, महासचिव डा हेम शर्मा लगायत केहि संरक्षकहरुलाई संपर्क गरेर तथ्य बुझ्न खोज्यो । तर साँझसम्मै कसैले जवाफ दिएन । संपर्क पनि गरेन । सोमबार साँझ ढिलो मात्रै अध्यक्ष कुमार पन्तले शेष घलेको संरक्षक पद यथावत रहेको र उनले राजिनामा नदिएको प्रस्ट पारे ।

शेष घलेले राजिनामा दिएर लुकाउन खोजिएको हो कि भन्ने प्रश्नमा उनले त्यसमा कुनैपनि सत्यता नरहेको प्रतिक्रिया दिए । ‘राजिनामा दिएको भए त ढिलो चाँडो आइहाल्छ नी, किन ढाँट्ने ? शेष दाईले राजिनामा दिनुभएको छैन । यो बेक्कारको हल्ला हो” उनले भने ।

शेष घलेले राजिनामा दिएको भन्दै खासगरि बेलायतबाट कुनै ब्यक्तिले केहि ब्यक्तिलाइ लिखित सामाग्रि पठाएको खुल्यो । एन आर एन एका उच्च तहका नेत्रित्वकर्ताकहाँपनि पुर्‍याइयो । त्यो खबर पाएपचि दिनभरिनै एन आर एन एका उच्च नेत्रित्व, संरक्षक तथा बिभिन्न देशका पदाधिकारिबिच निकै चर्चा चल्यो । शेष घले र एन आर एनको नेत्रित्व तथा यसको संरचनामा खेलेर नाजायज फाईदा लिन यस्तो अफवाफ फैलाएको केन्द्रिय पदाधिकारिहरुको बुझाई छ ।

निवर्तमान अध्यक्ष भवन भट्टको भने राजिनामा स्विक्रित वा अस्विक्रित नभएर भट्टकालको समितिनै भंग भएकाले त्यस बेलाका सबैको पद स्वतह भंग भएको स्रोतले बतायो ।

     के हो प्रमुख कार्यकारि अधिक्रित (सिईयो) को बिवाद

तत्कालीन अध्यक्ष भवन भट्टले अर्का सिइओ राजेश राणालाई बर्खास्त गरेर दवाडीलाई नियुक्ति गरेका थिए । भट्टले दवाडीलाई सिइयो नियुक्त गर्दा राणा सिईओमै थिए । दवाडीलाई सिईयो नियुक्त गरेपछि एक पदमा दुई जना भए ।

तर रानाले आफूमाथि अन्याय भएको भन्दै श्रम अदालतमा मुद्दा दायर गरे । अदालतले उनलाई पुनवर्हालीको आदेश दियो । उनी काममा फर्किए । त्यसपछि एनआरए सचिवालयमा दुईजना सिइओले काम नगरेपनि तलब र सुविधा लिँदै आए । भट्टले नियुक्त गरेका सिईयोले ‘म त जगेडा न हुँ, राणाले मुद्दा जितेर आएकाले काम गर्न दिने होइनन्’ भन्ने मनशायले काम नगर्ने । राणाले भने म रुचाइएको होइन, बहाली भएको न हुँ । मपनि किन काम गर्ने र दवाडीलाईपनि किन काम गर्ने दिने ?’ मानसिकताले गर्दा दुई सि ईयोबिच मिल्ति भएन । दुबै जना नमिल्दा एन आर एन ए केन्द्रिय कार्यालयको काम हुन सकेन र योजनाहरु भातभुंग भए । यसले एन आर एनएलाई झन बिवाद र घाटामा पुर्‍यायो ।

संघको उच्च स्रोतका अनुसार दवाडीलाई ५८ वर्षे उमेर हदका कारण श्रम ऐन, बमोजिम हाल अवकाश दिन खोजिएको थियो । डा. दवाडीको करार सकिएको थियो । संघको नऔंं सचिवालय बैठकले डा. दवाडीको करार नथप्ने निर्णय गर्‍यो । त्यसपछि दवाडीलाई राजिनामा दिन वा बर्खास्तीको पत्र बुझ्ने मध्ये एक बिकल्प सुनाइयो । श्रम ऐन अनुसार यसैपनि अवकाशमा परिने बुझेकाले अपमान सहन भन्दा राजिनामा दिने बाटो उनले रोजेका हुन् ।

एनआरएनए केन्द्रिय कार्यालयको प्रमुख कार्यकारी अधिकृत (सिइओ) डा. हेमन्त दवाडीले गत आइतवार राजीनामा दिएका थिए । यो सँगै गत तिन वर्षदेखिको अधिक्रितको बिवाद टुंगियो ।

तपाइँको प्रतिक्रिया