प्रवक्ताले माओवादीभित्रको रिस पोख्दा एनआरएनएको बक्तब्य विवादमा

गैह्रआवासीय नेपाली संघ (एनआरएनए) का प्रवक्ता डिवी क्षेत्रीद्धारा बुधवार जारी प्रेस बक्तब्य विवादमा परेको छ । गैह्रआवासीय नेपाली संघका केन्द्रीय सदस्य नविन बिकले कोरोना भाइसरबिरुद्धको स्वास्थ्य सम्बन्धी सामग्री खरिदमा ठूलो घोटला भएको भन्दै सिधाकुरा जनतासँग कार्यक्रममा नेपाल सरकारलाई चुनौति दिएका थिए । यहि चुनौतिको सामना र बिरोध गर्न प्रवक्ताले बक्तब्य निकाल्दा सो बक्तब्यसमेत बिवादमा परेको हो ।

नेकपाका अध्यक्ष प्रचण्डको सिधा भूमिकाबाट प्रवक्ता बनेका भनिएका क्षेत्रीले सरकारको बचाउ गर्दै बिके माथि कार्यवाही हुनुपर्ने भन्दै संघभित्र लबिङ गरेका थिए । क्षेत्रीले बिकेलाई कार्वाही गरेको सन्देश नेपाल सरकार र मन्त्रीलाई दिएर आफू सरकारप्रति वफादार भएको देखाउन खोजेको एनआरएनए स्रोतले जनायो ।

प्रवक्ताको नाममा जारी बक्तब्यमा कुनै व्यक्तिको नाम लेखिएको छैन । नविन बिकेले चीनमा खरिद गरिएको सामानमा घोटाला भएको बिषयलाई संचारमाध्यममा ल्याएपछि बुधवारनै प्रधानमन्त्री केपी ओलीको ठाडो आदेशमा खरिद गर्न तयार पारिएको टेन्डर रद्ध भएको थियो ।

प्रवक्ता क्षेत्रीद्धारा जारी वक्तब्य पदाधिकारी बैठकमा समेत कुनै छलफल नभएको एन आर एन एको केन्द्रिय स्रोतले बतायो । संघको हालै गठन भएको मिडिया तथा संचार समितिमा सबै पूर्व माओवादी तथा अध्यक्ष कुमार पन्त बिरुद्ध समाचार लेख्ने पत्रकारहरुको नाममात्रै सिफारीस गरेको बुझेपछि संघले सो समिति गठनमा हस्तक्षेप गरेको बताइन्छ ।

संघको प्रवक्ता पदको दुरुपयोग गर्दै उनले नविन बिके नाम नलिईकनै कारवाहीको धम्की दिएका छन् । एन आर एन एको संस्थाका तर्फबाट बिरोध गरिएको भए सो बिरोध प्रेस बिज्ञप्तीका रुपमा आउनुपर्ने थियो । तर उनले निजि मामिलाझैं प्रेस बक्तब्यका रुपमा प्रकाशित गरेका छन् । यसलेपनि यो बक्तब्य एन आर एन एको संस्थागत हो कि ब्यक्तिगत हो भन्ने भ्रम स्रिजना भएको छ ।

नबिन बिकको बिरोधकालागि सार्वजनिक गरिएको बक्तब्यपनि सिधा र स्पष्ठ नभएर एन आर एनका ईतिहास, एन आर एन एले बिगतमा दिएका सहयोगको अनेक ब्याख्या गर्दै उपन्यास जसरि लेखिएको छ । प्रेस बक्तब्य बाहिर ल्याउँदा एन आर एन एको केन्द्रिय समितिमा राम्रोसित सल्लाहनै नगरि प्रवक्ता डिबी क्षेत्रीले बाहिर ल्याएकाले पनि हाल बक्तब्यको घटना एन आर एन भित्र बिवादमा परेको बताइन्छ । कतिपयले क्षेत्रीले तत्काल राजीनामा दिन उचित हुने समेत सल्लाह दिएका छन् ।

हेरौं नविन बिके काण्डमा प्रवक्ताको प्रेस बक्तब्य

प्रेस वक्तब्य

कोभिड-१९ को महामारीले अहिले विश्वमा विकराल स्थिति सृजना भएको छ, यो रोगबाट हजारौंले ज्यान गुमाई सकेका छन् भने लाखौं संक्रमणमा परेका छन् । यो महामारीले देश भित्र र बाहिर बस्ने नेपालीहरुलाई समेत प्रभाव पारेकोले संघलाई दोहोरो चुनौति थपिएको छ । प्रत्येक जसो मुलुकमा अप्ठेरोमा परेका नेपालीहरुका साथै मुलुक भित्रकै नेपालीहरुलाई सहयोग गर्नु हाम्रो कर्तब्य हो ।

संघका अध्यक्ष कुमार पन्तको संयोजकत्वमा संसारभरका विज्ञहरु रहेको एक उच्च स्तरिय समिति गठन गरी एक रणनितिक कार्ययोजना तयार गरिएको छ । सोही अनुरुपमा संघका विश्वभर छरिएका राष्ट्रिय समन्वय परिषदहरुले नेपाली कुटनीतिक नियोगहरुको सहकार्यमा नेपाली समुदायलाई सहयोग गर्दै आएको समेत जानाकारी गराउँदछौ ।

साथै विगतमा महाभुकम्प, बाढी पहिरो जस्ता प्राकृतिक प्रकोपमा झैं कोभिड-१९ महामारीका बिरुद्ध लड्न नेपाल सरकारसँग गैरआवासीय नेपाली संघले सहकार्य गर्दै आएको छ । यसको लागि संघले नेपाल सरकारलाई कम्तिमा रु १ करोडको सहयोग गर्ने प्रतिवद्धता गरि सकेको छ भने बिभिन्न मुलुकहरुवाट स्वास्थ्य परिक्षण उपकरण र स्वास्थकर्मीहरुका लागि सुक्षाका सामाग्री खरिद गरी नेपलमा उपलव्ध गराउने प्रकृया शुरु भैसकेको छ ।

यसै प्रसङ्गमा नेपाल सरकारले चिनबाट स्वास्थ्य परिक्षण उपकरण र सुरक्षा सामग्रीहरुको खरिद गर्दाको प्रकृया र खरिद मुल्यका वारेमा संघका अन्तर्राष्ट्रिय समन्वय परिषदका एक सदस्यले टेलिभिजन कार्यक्रममा दिएको सार्वजनिक अभिव्यक्ति प्रति हाम्रो ध्यानाकर्षण भएको छ । निजले दिएको अभिव्यक्ति संघको आधिकारिक धारणा नभएको प्रष्ट पार्न चाहान्छौं । संघले तोकेको आधिकारीक व्यक्ति बाहेक अन्य व्यक्तिले दिएको अभिव्यक्ति संघको आधिकारिक धारणा हुन नसक्ने आमसंचार माध्यमलाई समेत जानकारी गराउँदछौं ।

खरिद प्रकृयाका बिषयमा कुनै कमिजोरी भए यसको छानबिन गर्ने जिम्मेवारी राज्यको सम्बन्धित निकायको हो । यो आपतकालिन अवस्थामा देश विदेशमा बस्ने सबै नेपालीहरुलाई यस महाप्रकोप विरुद्ध संपुर्ण मानवजाति संग एकजुट भएर लड्न अनुरोध गर्दछौँ ।

डिबि क्षेत्री

प्रवक्ता,

गैरआवासीय नेपाली संघ ।

३१ मार्च २०२०

तपाइँको प्रतिक्रिया