साठी प्रतिशत जिवजन्तु नौ दशकमा सखाप !
हामी मानिसहरु कति बिधंशकारी भएछौं हँ । नदीका माछा हाम्रै कारणले सखाप । हरियो वन हाम्रै कारणले नासिने । पाखाका जिवजन्तु हाम्रै हातले निमिट्यान्न पार्ने । स्वास फेर्ने हावापनि हाम्रै कारणले आकासमै प्रदुषित । बाँकि रहेका हरेक जिव, पात पतिंगर, किरा फट्यांग्रा र माटोका ढिस्कोको अस्तित्वसमेत संकटमा परिरहेको छ दिनदिनै ।
मानिसको यहि बिधंशकारी क्रियाकलापले गर्दा कति जिवजन्तुको जिवन संकटमा पर्ने होला ? अमेरिकामा गरिएको अनुसन्धान अनुसार सन् २१०० सम्म वा आगामी ९० वर्ष भन्दापनि अगाडिनै हाल जानकारीमा रहेका उष्ण प्रदेशका जिवजन्तु मध्ये १८ देखि ४५ प्रतिशत मात्रै अस्तित्वमा रहने छन् । बाँकी सबै समाप्त हुनेछन् ।
अमेरिकाको कार्नेजी इन्स्टिचुसन्स डिपार्टमेन्ट अफ ग्लोबल इकोनोमीले उष्ण भागका वनमा गरेको अनुसन्धानले यो तथ्य देखाएको हो । यो भागका जिवजन्तुले सामना गर्नुपर्ने सबै भन्दा ठूलो समस्यानै ब्रमाण्डमा बढेको तापक्रमबाट पर्ने असरलाई उनीहरुले औंल्याएका छन् ।
त्यसबाट जोगाउन वन फँडानी रोकेर जिवजन्तुलाई बधि फराकिलो वासस्थान दिने, उनीहरुलाइ फराकिलो क्षेत्र छोडिदिने, बढ्दो तापक्रम ब्रिद्दीलाइ पचाउन सक्ने तरिका विकास गर्न सक्ने अक्किल निकाल्ने र ताप्रक्रमको बदलीसँगै तिनले पनि आफुलाई अनुकुल पार्दै लान सक्नुलाई सुझाव दिएका छन् ।





