“ईंग्लिश” मै बोल्ने भए टिका थाप्छु

-तिर्थ राज पाण्डेय “आँसु”  

बाल्टिमोर, अमेरिका

dashain-amerika.jpg

बिजया दशमीको हर्ष, उल्लासले अमेरिकामा जताततै नेपालीहरुको आँगनमा खुशीयाली ल्याएकोछ । नेपाली रेस्टुरेन्ट तथा नेपाली बस्तिहरुमा नेपाली गीतहरु गुन्जिईएका छन । अती ब्यस्तता र कामको चटारोबाट केही घन्टाको लागि भएपनी फुर्सद निकाली आफन्तहरुका आसिर्बाद थाप्न जाने नेपालीहरुलाई भ्याई नभ्याई परेकोछ ! 

dashain-amerika-2.jpg

इन्जिनियर किरण थापाको घरमा आयोजित विजया दशमी शुभकामना आदान प्रदान साँझमा थुप्रै नेपालीपरिवार सारीक थिए । दशैंको रौनकले छाएको थियो । बिभिन्न नेपाली खानाका परिकारहरुको स्वादमा कोही रमाएका थिए भने कोही व्हिस्की र बियरको चुस्किमा रमाएका देखिनथे । एक समुह तास खेल्दै थिए । अर्कोतिर टिका जमरा थाप्नेहरु को लस्कर थियो ! बच्चाहरुको समुह चाहीँ ईंग्लिश भाषामा निक्कै रमाएको थियो तेरो लुगा राम्रो कि मेरो !!!!! मेघनकि दिदीलाई टिका थाप्न बोलाँउदा मानिनन । उनले भनिन “कि ईंग्लिशमै बोल्ने भए टिका थाप्छु “। मेघनलेपनि त्यही सर्तमा टिका थपिन । बच्चाहरुको नेपाली बोली प्रतिको घ्रिणा र ईंग्लिश प्रतिको मोह उदास लाग्छ । बाबु आमाले घरमा नेपालीनै बोलेपनि बच्चाहरु नेपाली बोल्न खुशी हुँदैनन !  

तपाइँको प्रतिक्रिया