आफैँ फिल्म बनाउन थाल्यो बाँदरले
मान्छेले फिल्म बनाउन त कति मुस्किल । कति प्रतिस्पर्धा हुन्छ । झन बाँदरले बनाएको फिल्म कस्तो होला ? न लेख पढ, न फिल्म बनाउने कलाको ज्ञान । कसरि बनाउने बाँदरले फिल्म ? तर एक पोथी बाँदरले एउटा फिल्म आफैँले बनाएर मानिसहरुलाइ अचम्मै पारिदिएको छ ।
कापुसिन नाम राखिएको एक पोथी बाँदरले ओडिप (Oedip) भन्ने एक फिल्म एक्लैले बनाएकि छे । फिल्म बनाउन चाहिने सामान आफैं जडान गर्ने र मिलाउनमै दिन बिताउँछे उ । खिचेका क्लिपहरु आफैं सम्पादन गर्छे । यसो गर र उसो गर भन्दै आफैं निर्देश दिन्छे । अनि बल्ल दिउँसोको खाना खान बस्छे । उसले बनाएको त्यो फिल्म प्रदर्शनीकालागि फ्रान्सको क्लेर्मों फेरँ फिल्म पर्वमा स्विक्रित भएको छ ।
क्यापुसिन अन्य फिल्म बनाउने युवा निर्माता झैं फिल्म क्षेत्रमा देखा पर्न सक्ने अवस्था रहेको बताएका छन् उनको काम देख्नेहरुले । उसले गरेको फिल्म क्षेत्रको काम मानव बाहेक कुनैपनि जिवजन्तुले गरेको पहिलो कार्य हो । त्यो फिल्म बनाउने काम कपुसिनले जापानको रिसर्च सेन्टर अन एनिमल ल्याङ्वेजमा बनाएकि हो जहाँ उसले सानो फोन मार्फत निर्देशन दिने गर्थी । उसले बनाएको फिल्मंमा साना बाँदरहरुले कसरि काम गर्छन् भन्ने देखाइएको छ । बाँदरलाई यसरि फिल्म बनाउने दिन सकिने बारेको प्रोजेक्ट बनाउने काम भने बाँदरको दिमाख बारे विशेषज्ञ जापानका हिरोकाजु शिबुयाले गरेका हुन् ।
सिबुयाका अनुसार कापुसिनले दश वर्ष प्रयोगशालामा काम गरेर तालिम लिएकि थिइ । त्यहि भएर उसले ओइडी शिर्षकको त्यो फिल्म निर्देशन गर्न सकेकि हो । कापुसिनलाई किङ्कोङ असाध्यै मन पर्ने सिबुयाले बताए ।
सिबुयाले शुरुमा अपांगहरुलाई सहयोग गर्ने तालिम दिएका थिए अन्य जनावर र बाँदर सँगै कापुसिनलाईपनि । एक जना शरिरिक रुपमा अशक्त मानिसको हेरचाहमा खटाइएको थियो कापुसिनलाई । कापुसिनमाथि बनाइएको अर्को डकुमेन्ट्री कापुसिनका अनुसार उसले टिभी र क्यामरामा चाख राखेको मानिसहरुले याद गरेका थिए । त्यो देखेपछि उनलाई फिल्मको निर्देशन गर्न लगाउने सोच बनाइएको थियो ।
निर्देशक लुइस नियटोले अहिले फिल्म बनाउने साधनहरु बाँदरतिर घुमाईदिने, तिनलाई दिने गरेर फिल्म बनाउने जिम्मेवारी दिन थालेका छन् । उनले कापुसिनलाई कतिसम्म सुबिधा दिएका छन् भने निर्देशकका रुपमा उनको कुर्सी छुट्टै छ । त्यसमा बसेर कापुसिनले मेगाफोन मार्फत आफुलाई के के चाहिन्छ, कहाँ के मिलाउनुपर्छ आफ्ना मानव सहयोगीहरुलाई निर्देशन दिने गर्छिन् ।
कापुसिनले बनाएको यो फिल्मबारे मानिसहरुले आआफ्नै ढंगले विवेचना गरिरहेका छन् । कसैले यसलाई कट एण्ड पेस्ट अर्थात् यता उतिबाट काटकुट गरेर ल्याएर जोड्ने काम मात्रै गरेको भनेका छन् भने अर्काथरीले यो आधुनिक काम हो भनेर प्रशंसा गरेका पनि छन् ।
एउटा वास्तबिकता के हो भने पछिला वर्षहरुमा जनावरलाई बिभिन्न विषय र क्षेत्रमा तालिम दिएर मानव काम गर्न लागाउने प्रचलन र आकर्षण बढ्दो छ । नोराह नामको एउटा बिरालोलाई पियानो बजाउन दिइएको तालिमबारेपनि निक्कै चर्चा हुने गरेको छ । यसरि जनावरलाई तालिम दिँदा जनावरमाथिको अधिकार हनन् भएको र यातना हुने गरेको भन्दै जिवजन्तु अधिकारवादीहरुले आलोचना र बिरोध गर्ने गरेका छन् ।






