बिदेशमापनि राजनीतिका लागि कत्रो लडाई !

स्वदेशमा त राजनीतिका लागि लडाई भैराखेकै छ । तर अनेक दुख कष्ट र समस्या झेलेर बिदेश दाम कमाउन र केहि सिक्न भनेर आएका नेपालीहरुको हालत स्वदेशमा भन्दा झन बढि होला, कम छैन । कसले कसलाई मञ्चमा लग्यो, कुन नेतोले ठाउँ पायो र कुनले मञ्चमा ठाउँ पाएन भनेर पनि लडाई, मनमुटाव र बक्तब्य बाजी चल्ने गर्छ । यसको उदाहरण हो तलको प्रेश बिज्ञप्ती । कुन कुन कलाकारलाई मञ्चमा लगेर राखेको भन्दै कांग्रेसको भगिनी संगठन जन संपर्क समिति बिरुद्द नेपाली कांग्रेसकै अर्का नेता जगन्नाथ कँडेलले प्रेश बिज्ञप्ती जारी गरेका छन् । उनले नेपाली कांग्रेसको स्पेनमा रहेको भात्री संगठन बिरुद्द जारी गरेको बिज्ञप्ती जस्ताको तस्तै तल हेर्नुस् । 

जनसम्पर्क समिति स्पेनद्वारा मानहानि

प्रेश बिज्ञप्ति

राष्ट्रिय, प्रजातन्त्र, र समाजबादमा आस्था राख्ने नेपाली काँग्रेसको भात्री संगठन जन सम्पर्क समितिले युरोपमा राम्रो संगठनको रुपरेखा तयार परिरहेको अवस्थामा चर्को प्रतिस्पर्धाका बीच स्पेनमा भएको जन सम्पर्क समितिको भर्खरै अधिवेसन समाप्त गरेको छ । राजनैतिक क्षेत्रमा गैर राजनैतिक तथा लोकतान्त्रिक मंचका केहि व्यक्ति हरुको सहयोगबाट हालको जन सम्पर्क समितिका अध्यक्ष बिजय भएका हुन् भनि प्राय जसो बार्सिलोनाबासि नेपाली काँग्रेसका साथिहरुले भन्दै उहाँलाई लोकतान्त्रिकको बिल्ला लगाएदिएका छन । उक्त बिल्ला नफुकाल्दै गरिएको बिजया दशमीको जल पान समारोहमा अर्को पूर्ण रुपमा पदमा मान हानि समेत भएको हाम्रा अगाडी देखिएको छ । पदमा रहेर पदको दाईत्यव पुरा गर्नुका साथै एकले आर्काको सम्मान गर्न अत्यन्तै जरुरि हुन्छ ।

हाल भर्खर मात्र गरिएको एक समारोहमा जन सम्पर्क समितिका सस्थापक अध्यक्ष, निबर्तमान अध्यक्ष तथा बरिस्ठ कांग्रेसीजन, कांग्रेसी नेता तथा एन आर एन का सभापति र अन्तरास्ट्रिय समन्वयन समितिका सदस्यहरु लै मंच मा अथितिको रुपमा राखी एक जना स्थानीय कलाकारलाई समारोहको उदघाटन गर्न भनि निमन्त्रना दिएर मैन बत्ति बालि समारोहको उदघाटन गर्ने भनेको सरासर जन सम्पर्क समितिका सस्थापक अध्यक्ष, निबर्तमान अध्यक्ष तथा बरिस्ठ कांग्रेसी जन, कांग्रेसी नेता तथा एन आर एन का सभापति र अन्तरास्ट्रिय समन्वयन समितिका सदस्यहरु को ठाडो अपमान गर्नु का साथै उहाँहरुको मान हानि गर्नु हो ।

यो कार्यक्रम ले के प्रमाणित गर्दछ भने हाल को जनसम्पर्क समिति राजनैतिक पृष्टभुमि बोकेको तर राजनैतिक प्रशिक्षण कमि भएको ठहर गरेको छ । तसर्थ पदको दाईत्व पुरा गर्दै हरेक काँग्रेसको ससम्मानकासाथ स्पेनको भौगोलिक अवस्थालाई समेटी केहि समिति बनाउँदै जन सम्पर्क समिति स्पेनको भाबलाई अगाडी बढाउनु आजको आवस्यकता हो । साथै राज नैतिक प्रसिक्षणको कमीकमजोरी देखिएका कारण एक बिशेष सल्लाकार समितिको गठन गरि समन्वयन का साथ अघि बढ्न हार्दिक अपिल गर्दछु ।

 जय नेपाल

जगन्नाथ डाँडा कटेरी

पूर्व ने बि संघ अध्यक्ष, बिरेन्द्र बहुमुखी क्याम्पस

भरतपुर

हाल – स्पेन

तपाइँको प्रतिक्रिया