भारतको गढवालमा स्वामीहरुको दशैं

 -मोहन स्वरुप /गढवाल, भारत

नेता, कलाकार, साहित्यकार र ब्यापारीहरुले दशैं कसरी मनाउँछन् भन्ने कुरो जहिँतहिँ पढ्न र देख्न पाइन्छ । तर स्वामीहरुको दशैं कस्तो हुन्छ त ? त्यति सार्वजनिक हुने गर्दैन । अहिले दशैं आफ्नो मुलुकमामात्रै होइन बिदेशमा जहाँ जहाँ नेपालीहरु पुगेका छन् त्यहाँपनि मनाउने गरिन्छ । भारतको गढवालमा नेपालीहरुको वस्ती उति बाक्लो त छैन नै । तरपनि त्यहाँ सामाजिक काम गरेर बसेका स्वामीहरुले दशैं मनाउने गरेका छन् । यो पटकको दशैंपनि उनीहरुको मनाए । मोबाईलबाट खिचिएका यी तस्विर त्यति गुणात्मक त छैनन् नै । तरपनि एउटा फरक ठाउँ र समाजमा कसरि दशैं मनाइयो भन्ने बुझ्न भने सहयोग पुग्ला भन्ने लागेको छ ।

 स्वामी विष्णु तिर्थ आफ्ना शिष्य लक्ष्मण तिर्थलाई टिका र जमरा लगाइँदिँदै ।

गढवालकी महिला स्वामीका हातबाट टिका थाप्दै ।

नेपाली भाषा नबुझ्नेको दशैं: टिका थाप्दै गरेका यी नारायण थापाका पूर्वज गोर्खा राज्यको समयमा उत्तरकाशीको उत्तराउन गाउँमा आएर बसोबास गरेका हुन् । नेपाली भाषा नबुझ्ने उनलाई नेपाली संस्क्रिति प्रति भने अगाध माया छ ।

३५ सालपछिको दशै: ३५ साल पहिले नेपालको धादिङबाट भारत गएका स्वामी विष्णु तिर्थ । हिजो ३५ सालपछि गढवालमा उनले टिका लगाए, दशैं मनाए ।

आफन्त नहुने वालवालिकाको दशैं- चाड पर्वमा आफन्त नहुने र नसक्ने, नपुग्ने यस्ता वालवालीकाहरुलाई यी स्वामीहरुले सामूहिक रुपमा खाना खुवाएर दशैंको रमाईलो बाँड्ने गर्छन् ।

तपाइँको प्रतिक्रिया