दशैंको दशा

dashain-phulpati-028.JPG

हाम्रो संस्क्रिति र संस्कार गज्जबकै छ । आज अष्ठमी । खसि, बोका, राँगा, पाठा, कुखुरा, हाँस र परेवा छ्प्काईए हजारौं लाखौं । हामी नेपालीले हजारौं ति निर्दोष जिवजन्तुलाई आज ईश्वरका नाममा छ्प्कायौं । कतिपय ठाउँमा यातना नदिईकन छप्काएपनि धेरै ठाउँमा त ति जनावरकै अगाडि पानी तताएर, खुँडा र खुकुरी उध्याउँदै देखाएर मानसिक यातना दिँदै छ्प्काईयो । अझ कतिले त घाँटी रेटेर चरम यातना दिँदै मारे । त्यसरि यातना दिँदै मारेर रगत ईश्वरका नाममा चढाए । धन्नका रहेछन हिन्दू धर्मका ईश्वरपनि, चाड र पर्वमा कुनै जिवजन्तुको रगत टन्न पिउन पाउँदा रमाउने !! अझ अचम्म त केमा लाग्यो भने खसी र बोकालाई टाउकोमा पानी छर्किने अनि उसले टाउको टाउको हलाउँछ त्यो पानी तर्काउन । त्यसरि टाउको हल्लाउँदा खसीले लौ मान्यो भन्दै अक्षता र अबिर लगाएरपनि छ्प्काए ।

dashain-phulpati-036.JPG

 खसीले पानी छर्केपछि मानेको भए के यसैगरि लडिबुडि गर्दो हो र ?

dashain-phulpati-009.JPG

    बरु केहिबेर अघि यो खसि यसरि एक वालकसँग रमाईरहेको थियो ।

dashain-phulpati-041.JPG

          केहिबेरमै यसको दशा यस्तो भयो ।

 

 

तपाइँको प्रतिक्रिया