विश्वका एक तिहाई जिवजन्तु र वनस्पती लोप हुने खतरामा
हाल विश्वमा रहेका सबै जिव जन्तु र वनस्पतीमध्ये एक तिहाई लोप हुने खतरामा रहेका छन् । यो कुनै अनुमान होइन । संयुक्त राष्ट्र संघको वातावरणिय अध्ययन ईकाईले अनुसन्धान गरेर सार्वजनिक गरेको तथ्य हो । राष्ट्र संघले त्यसको लागि विश्व जैविक विविधताकै अनुसन्धान र अध्ययन गरेर सार्वजनिक गरेको हो । त्यसरि खतरामा परेका मध्ये हाल जानकारीमा रहेका मध्ये २१ प्रतिशत स्तनधारी, ३० प्रतिशत उभयचर र ३५ प्रतिशत मेरुदण्ड नभएका जिव छन् ।
हुनत बैज्ञानिकहरुले जिवजन्तु माथिको यस्तो खतरा पहिले देखिनै अनुमान गरेका थिए । तर हाल जिवजन्तुमाथि देखिएको खतराको मात्रा पहिले सोचिएको भन्दा निक्कै तिब्र रहेको बैज्ञानिकहरुले बताएका छन् । त्यसले गर्दा जैविक विविधताको सम्पूर्ण परिव्रित्तीय प्रणालीमाथिनै क्षती पुगेको छ ।
केहि जिवजन्तुहरु प्राक्रितिक रुपमानै लोप हुन्छन् । घट्छन् र हराउँछन् । प्राक्रितिक ऐतिहासिक रुपमा लोप हुने त्यो दरलाई उति असामान्य मानिँदैन । “अहिले त त्यो प्राक्रितिक रुपमा लोप हुने मान्यता बिपरित १००० गुणाका दरले लोप हुने क्रम बढिरहेको छ” संयुक्त राष्ट्र संघको जैविक विविधता अभिसन्धीहरु हेर्ने प्रमुख अहमेद दोग्लाफ भन्छन् ।
त्यसो हुनुको प्रमुख कारण पश्चिमी मुलुकमा जविक विविधताको अति दोहन, उपयोग नीति बढ्दै जानु र प्रदुषण रहेको बताइएको छ । “दूरदर्शि पाराले नसोचेर यदि यहि क्षणिक लाभ र तत्कालको लागि मात्रै उपयोग गर्ने मानसिकता रहने हो” दोग्लाफले भने ” यदि आगामी २०५० मा पुग्ने आशा गरिएको ९ अरब जनसंख्याले अमेरिकीहरुको जस्तै जिवन पद्दती अँगाल्ने हो भने हामीलाई पाँच वटा गोलार्ध चाहिन्छ” ।
बैज्ञानिकहरुका अनुसार अहिले ब्रह्माण्ड मर्मत र भरपर्तालनै गर्न नसकिने अवस्थामा पुगेको छ । खाद्य चक्र बिग्रिनुको साथै वातावारणिय समर्थन गर्ने आधार भत्किँदै छ । आमाजोनको सदाबहार जंगल नाशिनु, सामुद्रिक जिवहरुको नाश र स्वच्छ पानीको प्रदुषण प्रमुख कारण रहेका छन् । जैविक विविधताका यि प्रमुख तिन स्तम्भहरु भत्किएपछि वातावरणिय असन्तुलन ब्यापक बढ्छ । त्यसले गर्दा जिवहरु लोप हुने क्रम ब्रिद्दी हुन्छ । मानिसहरुको पेशागत जिवनस्तर भत्किन्छ । पानी र आहारामाथिको पहुँच माथि संकट आउँछ ।
यो निचोड विश्वका ११२ मुलुकको जैविक विविधता संबन्धि राष्ट्रिय अध्ययनका आधारमा निकालिएको हो । यि सबै देशले सन् २००२ सम्ममा निश्चित खाले वाचा गरेका थिए जैविक विविधता संरक्षणका लागि । तर कुनैपनि मुलुकले आफ्ना बाचा पुरा भने नगरेको बरु जैविक विविधताको नाश भने सोचे भन्दा ब्यापक भएको दोग्लाफले बताए । त्यसले गर्दा विश्वभरिनै मानव जिवन र स्वास्थ्यलाई सुरक्षा गर्न जटिल अवस्था स्रिजना हुँदै गएको उनीहरुले बताएका छन् ।





