२५ जनाको उपस्थितिमा एन आर एन फ्रान्सको भेला

गत आइतवार एन आर एन फ्रान्सले वार्षिक भेला गरेको छ । कार्य ब्यस्तताले आफु सहभागि हुन सकिएन । तर भेलाका खबर भने मित्रहरुले सुनाए । भेलामा एक पछि अर्को घट्दै गएर यो पटक २५ जना भएछन् । यस अघि गत सालको भेलामा ३५ जना उपस्थित थिए । कार्य समितिका ११ जना बाहेक १४ जना थप उपस्थित भएका रहेछन् । भेला लाकुर्नवको मेयर कार्यालय हलमा भएको हो ।

भेलामा उपस्थित मध्ये केहिले गत महिना भएको यूरोपेली भेलामा दिईएको पुरस्कारमाथि प्रश्न उठाएका थिए । पुरस्कार बितरण गर्दा कतै पाउनु पर्नेले नपाएको र कतै नदिएपनि हुनेलाइ दिइएको भन्दै गुनासो गरेका थिए । एन आर एनको बजेट कहां के कसरि खर्च गरियो भन्ने जिज्ञासा राख्नेपनि थिए । एन आर एन भित्रको विवादलाई बाहिर ल्याउनुको साटो त्यहिँ छलफल गरेर टुंग्याउनु पर्छ भन्ने सुझाव प्रमोद पाण्डेले दिएका थिए । समीतिका तर्फबाट संस्थाको बजेट कहाँ के कसरि खर्च गरियो भन्ने जानकारी दिइएको थियो।

तपाइँको प्रतिक्रिया