कार्यकर्ता देखि नसहने, नेतालाई कति प्यारो !

maoist-in-paris-077.jpg

कोकाकोला, फेन्टा भन्नासाथ कुनैबेला माओवादीको टाउकोपनि रट्कन्थ्यो । बहुराष्ट्रिय कंपनीलाई देशबाट खेद्नुपर्छ भन्थे । तिनले नेपालको धन लुटेर कंगाल बनाउँछन भन्दै माओवादीले कोक लेखेको गाडि देख्योकि आक्रमण गरिहाल्थे । मलाई के संझना छ ताजै भने माओवादीले दुई पटकसम्म चितवनको गोन्द्राङस्थित कोकाकोला कंपनीमा बम पड्काए । चितवनकै पर्सामा कोक बोकेको गाडीलाई आक्रमण गरे । त्यस्तै लमजुङको भोर्लेटार जाँदै गरेको कोकाकोलाको गाडीमा आक्रमण गरेर लुटपाट गरे । कोकका बोत्तल फोरे । तर अहिले हेर्नुस त माओवादी नेताको यो कोक मोह ? बोत्तललेनै तुन्काउँदै छन दिनानाथ शर्मा । गतसाल पेरिस आएका बेला खिचिएको तस्बिर हो यो । कोकाकोलालाई तारो बनाउन निर्देशन दिने नेता त यसरि तुन्काउँदै थिए । साथमा वरिपरि उनका केहि कार्यकर्ता, समर्थक र शुभचिन्तकपनि । त्यो त पानी हो भन्नु हुन्छ भने अर्को तस्बिरपनि हेर्नुस । दुई बोत्तल मज्जाले ठड्याइरहेको अवस्थामा ।

 

maoist-in-paris-072.jpg

मलाई अहिले संझिँदा अचम्म लाग्छ । बिगतका कुनै त्यस्ता कमजोरी देखायो भने युद्दकालमा भनेर पन्छिन्छन माओवादीहरु । युद्दाकालमा दिमाख गुम, आँखाबन्द, चेतना चैट हुने रहेछ कि क्या हो !! नत्र आफैंले तुइँका तुइँ तुन्काउन हुने अनि कार्यकर्तालाई कोक बोकेका गाडी देख्दापनि तारो बनाउन लगाउनुको अर्थ के होला ? अनि, अहिले त झन देश कंगाल बनाउन आएका हुन भनिने तिनै बिदेशी बहुराष्ट्रिय कंपनीहरु माओवादीलाई नभइभएको छैन । क्या अन्धो छ नेपालको राष्ट्रवाद !!!!! कति खतरा माओवादी आदर्श !!!! तस्बिर म आफैंले खिचेको हुँ ।

तपाइँको प्रतिक्रिया