ज्ञानेन्द्र शाह राजा की नागरिक ?

 

 जनताको चाहना अनुसार देशबाट राजतन्त्रलाई बिदाई गरेकोपनि दुई वर्ष भन्दा बढि भैसक्यो । नेपालको कानुन अनुसार राज परिवारका पूर्व सदस्यहरु सबै नागरिक भैसके। तर एक तन्त्रिय राजतन्त्रात्मक शासनलाई शक्तिको श्रोत मानेर पूजा गर्ने र सक्रिय बनाउने केहि निहित स्वार्थ बोकेकाहरुको द्रिष्ढता भने यथावत छ । त्यस्तै निहित स्वार्थ बोकेका राजतन्त्रका  लगौंटियाहरुले  कुमारी पर्वको निहुँमा राजतन्त्रलाई सक्रिय बनाउने असफल प्रयास गरे ।  उनीहरुले नागरिक बनिसकेका पूर्व राजा ज्ञानेन्द्रलाई हिजो महाराजा धिराजको पदवी घोषणा गर्दै राजतन्त्रलाई पून सक्रिय गराउने द्रिष्ढता गरेका थिए । ज्ञानेन्द्रलाई कुमारी घरमा सहजै निमन्त्रणा गर्न नसकेपछि दरबारसम्म पुगेर सक्रिय गराउने र राजतन्त्रको गुणगान गर्ने कोसिस गरेका थिए ।

तपाइँको प्रतिक्रिया