पोर्चुगलमा नेपाली चेलीको तिज (फोटो ब्लग)

एन आर एन पोर्चुगल लगायत यहाँका बिभिन्न संघ संस्थाको आयोजनामा हिजो राजधानी शहर लिस्बोनमा नेपाली चेलीको पर्व तिज मनाए । कार्यक्रम भब्य थियो । करिब ५०० सहभागि भए । एन आर एन पोर्चुगलले एक सुको नलि इकनै त्यति धेरै चेलीबेटी र पुरुषहरु समेतलाई दर खुवाउने र खानपिनको ब्यवस्था गरेको थियो । एन आर एन प्रति असाध्यै धेरै आक्र्षण रहेछ यहाँ । आयोजकले महिला मात्रै नभनेर भए भरका नेपाली र यहाँका पोर्चुगाली मित्रहरुलाईपनि निमन्त्रणा गरेको थियो ।

राष्ट्रियताको माया । नेपाली झण्डा जुनसुकै कार्यक्रममा पनि फहराउने गर्छ ।

आमा र ‘आन्टी’हरु नाचेको देखेर सिको गर्दै नानीहरु ।

एक जना पोर्चुगाली फोटो पत्रकार को आकर्षण ।

दर खान ब्यस्त नेपाली चेली ।

पुरुषपनि के कम ? चेलीको निहुँमा पुरुषहरुले पनि खाए दर ।

रमाईलोका लागि तिन तिन यूरो लिएर चिठ्ठाको ब्यवस्था थियो । १७ जनालाई थियो पुरस्कारको ब्यवस्था । त्यहि पुरस्कार मिलाउँदै ।

पुरस्कार लिपिस्टिक, अत्तर, नङ पालिस आदि थिए । पुरुषलाई महिलाले लगाउने पालिस र लिपिस्टिक पर्दा असाध्यै हाँसो हुन्थ्यो । पत्नी दिदी बहिनि कोहि नहुनेले के गर्ने ? यि दाजुलाईपनि नङ पालिस पर्‍यो । अनि असाध्यै हाँसोको विषय बन्यो ।

चिठ्ठानै नकिने पनि पछाडी बसेका यी युवाहरु चिठ्ठा खोल्ना साथ मेरै नम्बर हो भन्दै हुटिङ गर्थे । हा हु र सुइ सुइ गरेर हललाई असाध्यै रोमाञ्चक बनाएका थिए यीनले ।

सबै तस्बिर-नेपालप्लसकालागि म आफैंले खिचेका हुन् ।

तपाइँको प्रतिक्रिया