हेर्ने होइन त १० वर्षे वालकले खिचेका केहि तस्बिर ?

birds-and-human-relation.jpg 

(पेरिसको नर्थदाम गिर्जाघर अगाडि भँगेरासँग रमाउँदै एक यूवति। यो तस्बिर प्रकाशोन्मुख एउटा पुस्तककालागि छनौट भएको छ )।

यि तस्बिरहरु वालक आमोद सापकोटाले खिचेका हुन । उनी १० वर्ष हुँदा । अहिले उनी ११ वर्षका भए । उनलाई नक्षत्र, तारापुञ्ज, खासगरि चरा र जनावरमा खुब चाख छ । अहिले भर्खरै उनको हातमा  फुच्चे लेन्ससमेत भएको आधुनिक क्यामरा हात परेको छ । त्यहि फोटो खिच्ने चाख गर्दागर्दै एकदिन उनले लेन्स सहितको क्यामरापनि हराए । उनी हाल चितवनको स्मल ह्याभेन स्कूलमा कक्षा छ मा पढ्छन । उनले दशै र तिहारको बिदामा नयाँ क्यामराले खिचेका केहि तस्बिर नेपालप्लसलाई पठाउँछु भनेका छन । यहाँ भएका तस्बिरहरु उनले पेरिस शहरको वरिपरि खिचेका हुन ।

birds-and-human-relationship.jpg

(नर्थदाम गिर्जाघर अगाडि परेवालाई टाउकोमा बोकेकि एक वालिका । उनको यो तस्बिरपनि एउटा पुस्तककालागि छनौट भएको छ ) ।nepali-journalists.jpg

चार पत्रकारका आँखा । सबैभन्दा दाहिनेतिर साँघु साप्ताहिकका सम्पादक गोपाल बुढाथोकि, त्यसपछि मस्वयं,  तेस्रो अनुराधा पौडेल र सबैभन्दा देब्रे जनआस्था सप्ताहिकका सम्पादक किशोर श्रेष्ठ पेरिस भ्रमणका बेला ) ।one-horned-rhinoceros-in-paris.jpg

(पेरिसको म्युजेदोम भन्ने संग्रहालय अगाडिको एशियाली एकसिंगे गैडाको प्रतिमा। पर्यटकाहरु यो असाध्यै चाख दिएर हेर्ने गर्छन) ।paris-city-from-eiffel-tower.jpg

(आइफल टावरको माथिबाट लिएको पेरिस शहरको तस्बिर ) ।parc-disneyland-127.JPG

(राती बत्ती चम्किएका बेला खिचिएको आइफल टावर) ।versaille-199.JPG

(चौधौ शताब्दिका फ्रान्सेली राजा लुई चौधौंको भेसाई दरबार भित्रको एक प्रतिमाका तिन टाकुरामै तिन चरा) ।versaille-227.JPG

(भेसाई दरबारको बगैचातिरको भाग । यो नहर राजाले नौका बिहारकालागि बनाएका हुन ) ।mallard-duck-photo-by-amod.JPG

(पेरिसको काठमा रहेको डिस्नेल्याण्ड क्षेत्रको तालमा रमाइरहेको निलसर (निलटाउकेपनि भन्छन) चरो । यो चरो जाडो याममा वसाई सरेर नेपालसम्म पुग्छ) ।yashoda-and-nirmala-246.JPG

(पछिल्लो भागमा भेसाई दरबार र दरबारकै एक ताल जुन मुलत दरबारका घोडालाई पानी खुवाउनकालागि बनाइएको थियो )। 

amod-sapkota-nepal.jpg
(कस्तो लाग्यो त अंकल अन्टि मैले खिचेका तस्बिर ? यि तस्बिर खिचेको क्यामरा चाहिँ मैले हराएँ है । यहाँ मध्ये कुन चाहिँ तस्बिर मन पर्‍यो ? मेरो नयाँ क्यामराले अब कस्तो तस्बिर खिच्नुपर्ला ?-आमोदको अनुरोध) मेरो ईमेल पनि छ नी ! [email protected]

तपाइँको प्रतिक्रिया