मोटी हुनुहुन्छ ? घट्ने भो स्मरणशक्ति !

मोटी महिला देख्दा पहिले पहिले खाइलाग्दो, स्वस्थ ठानिन्थ्यो । ड्याम्मको खाइ लाग्दो छ शरीर। ह्रिस्टपुस्ट छे ।  पातलो शरिर देखेपछि खाने बेलामा लखेटे जस्तो  भन्नेहरु अझैपनि प्रशस्तै भेटिन्छन् । भारतका कतिपय ठाउँमा अझैपनि भुँडी लागेको, मोटो शरीर भएकालाई सम्पन्न, सुख पाएको, दाम भएको ठानिन्छ । तर अहिले ? शरीर धेरै मोटाउँदा विभिन्न खाले रोग लाग्न सक्ने डर त छँदैछ, वैज्ञानिकहरूको अध्ययनले भने मोटा मान्छेको स्मरण शक्ति कमजोर हुन्छ भन्ने पत्ता लागेको छ ।

वैज्ञानिकहरूले विभिन्न मानिसको स्मरण शक्ति परीक्षण गर्दा शरीरमा थोरै मात्रामा मोटोपन ब्रिद्दी हुँदै जाँदापनि त्यसैका अनुपातमा स्मरण शक्ति ह्रास हुने पत्ता लाग्यो । अर्थात् शरीरमा हुने मोटोपनको एकाई ‘बडी मास ईन्डेक्स’ (बि एम आई) को मात्रा जति ब्रिद्दी हुन्छ त्यसैको अनुपातमा स्मरण शक्ति ह्रास हुने रहेछ ।

धेरै मानिसहरूलाई उच्च कोलेस्टोरेल, मुटुको रोग,क्यान्सर, रक्तचाप का बारेमा जानकारी थियो जुन मोटोपनसित संबद्द हुन्छ । तर मोटोपनले स्मरण शक्ति नास घटाउँछ भन्ने जानकारी चाहिँ थिएन । यो हालसालै भएको नयाँ अनुसन्धानबाट पत्ता लागेको हो ।

यो तथ्य पत्ता लगाउन अमेरिकाको नर्थ वेस्टर्न विश्वविद्यालय र पिटर्स्बर्ग विश्वविद्यालयका केही अनुसन्धानकर्मीहरुले ८,७४५ महिलाहरूमाथि परीक्षण गरेका थिए । ती महिलाहरू ६५ र ७९ वर्षे उमेरका थिए । ती सबैलाई केही प्रश्नहरू दिईएको थियो जसमा तिनको दैनिक खानपान, स्वास्थ्य अवस्था र समग्ररुपमा जिउने तरिकाबारे सोधिएको थियो । परीक्षण पछि मोटोपन बढ्दै जाँदा स्मरण शक्ति ह्रास हुँदै जाने पत्ता लाग्यो ।

अनुसन्धानबाट केपनि पत्ता लाग्यो भने  कम्मरको तुलनामा पुट्ठामा भएको बढि मोटो पनले तुलनात्मकरुपमा बढि स्मरणशक्ति घटाउँछ । तर मोटोपनले कसरी दिमागको कार्यप्रणालीलाई प्रभाव पार्छ भने चाहिँ वैज्ञानिकहरूले स्पष्ठ बुझ्न सकेका छैनन् । तर उनीहरूले के आशंका गरेका छन् भने बढि मोटाउँदा त्यसले शरीरको  रागरस (हर्मोन) को मात्रालाई प्रभावित गर्छ र त्यसले दिमाखलाई प्रभावित गर्छ । उनीहरूले के पनि आशंका गरेका छन् भने अनावश्यक रूपमा मोटाउँदै जाँदा त्यसले समग्ररुपमा सम्पूर्ण भागलाईनै प्रभावित पार्छ ।

प्रेस्क्रिप्सन फर न्युट्रिस्नल हेलिङ भन्ने स्वास्थ संबन्धि पुस्तकका लेखक फिलिस ए बाल्चका अनुसार यसरी मोटाउँदै जानुको कारण कमजोर पोषण, खानपानको बानी र तरिका अनि व्यायामको अभावलाई औँल्याएका छन् । बजारमा तयारी अवस्थामा किनेका खानेकुरा नखाने, खानपानको तरिकामा परिवर्तन गर्ने र नियमित अतिरिक्त शारीरिक ब्यायाम गर्ने हो नियन्त्रण गर्न सकिने बताएका छन् ।

तपाइँको प्रतिक्रिया