सरकारको नीति तथा कार्यक्रमका मुल बुँदा

सरकारले आज संबिधान सभामा ६९ बुँदे मुख्य नीति तथा कार्यक्रमको मस्यौदा पेश गर्‍यो । मस्यौदा राष्ट्रपति डा. रामबरण यादवले पढेर सुनाएका थिए । नेकपा (एमाले), राष्ट्रिय प्रजातन्त्र पार्टी, नेपाल उद्दोग बाणिज्य महासंघ लगायत नेपाल च्याम्बर अफ कमर्सका अधिकारीहरुले सरकारको नीति तथा कार्यक्रम मुलत सकारात्मक भन्ने प्रतिक्रिया दिए । तर नेपाली कांग्रेसका नेता शेरबहादुर देउवाले भने त्यसलाई पट्यारलाग्दो निबन्ध भनेर आलोचना गरेका छन । त्यसैगरि नेपाली कांग्रेसकै अर्का नेता तथा पूर्व अर्थमन्त्री डा. रामशरण महतलेपनि सस्तो लोकप्रियता भनेर आलोचना गरेका छन । धेरैले सकारात्मक भनेको तर नेपाली कांग्रेसले भने बिरोध गरेको सरकारको नीति तथा कार्यक्रम कस्तो छ त ? बुँदागतरुपमा हेर्नुहोस र तपाइलाई कस्तो लाग्छ प्रतिक्रिया जनाउनुस है त ?

मुलुकमा विद्यमान सबै खाले विभेद, असमानता, शोषण, उत्पीडन, दमन र गरिबीको अन्त्य गरी समुन्नत, सङ्घीय गणतन्तात्रात्मक, न्यायपूर्ण र लोकतान्त्रिक आधुनिक नेपाल निर्माणको खाका कोर्ने  

नेपालको सार्वभौमसत्ता, स्वाधीनता र अखण्डताको रक्षालाई सरकारले सर्वोपरी प्राथमिकता दिने

शान्तिप्रक्रियालाई तार्किक निष्कर्षमा पुर्‍याउनेतोकिएको समयभित्र लोकतान्त्रिक संविधान निर्माण गर्ने

मुलुकको सामाजिक, आर्थिक रूपान्तरण प्रक्रियालाई अग्रगामी दिशामा लैजाने

द्वन्द्वपछिको सामाजिक पुनर्निर्माणलाई प्रभावकारी ढंगले अघि बढाउने तथा राजनीतिक, सामाजिक, सांस्कृतिक र आर्थिक क्रान्तिलाई एकैसाथ अघि बढाउने

६ महिनाभित्र बृहत् शान्तिसम्झौताअनुसार जनमुक्ति सेनाको समायोजन र पुनस्र्थापनाको कार्य पूरा गरिनेनयाँ राष्ट्रिय सुरक्षा नीति निर्माण गर्ने

पञ्चशील र असंलग्नताका आधारमा परराष्ट्र नीति तय गरिनेसार्वजनिक निजी साझेदारीअनुसारआर्थिक विकासको लागि अत्यावश्यक पूर्वाधारहरूको निर्माण कार्य अघि बढाइने

तुलनात्मक लाभ भएका कृषि, पर्यटन, जलस्रोतको विकासलाई उच्च प्राथमिकता दिने

राष्ट्रिय प्राथमिकता प्राप्त आयोजनाहरूमा आन्तरिक पुँजी परिचालनलाई पहिलो प्राथमिकता दिने र आन्तरिक पुँजीले नपुगे मात्र विदेशी पुँजीको परिचालन गर्ने तथा आर्थिक विकासका लागि सहकारीलाई विशेष प्राथमिकता दिने

विकासका लागि ग्रामीण क्षेत्रलाई विशेष प्राथमिकतामा राखेर योजनाहरू निर्माण गरिनेउच्चस्तरीय वैज्ञानिक भूमिसुधार आयोग गठन गरिने

कृषिको व्यवसायिकीकरणका लागि तराईका जिल्लाहरूमा स्यालो ट्युवेललाई सहकारी वा सामुदायिक सिँचाइका आधारमा सञ्चालन गर्ने 

सहिद परिवार, बेपत्ता परिवार र घाइतेहरूको विशेष सम्मान र राहतको विशेष कार्यक्रम ल्याउने

रोजगारीका अवसर एवम् सामाजिक सेवाको पहुँचका क्षेत्रमा जनयुद्ध, जनआन्दोलन तथा मधेस आन्दोलनमा सहादत प्राप्त तथा अपाङ भएका व्यक्तिका आश्रति परिवारका व्यक्तिहरूलाई विशेष प्राथमिकता दिने

१० वर्षमा १० हजार मेगावाट विद्युत् उत्पादन गर्ने

ऊर्जाको विकासको लागि राष्ट्रिय सहमतिका साथ ४० वर्षे राष्ट्रिय ऊर्जा सुरक्षा नीति निर्माण गर्ने

अहिले भइरहेको लोडसेडिङबाट राहत दिन विशेष कार्यक्रम ल्याइने

मोटरबाटो नपुगेका जिल्ला सदरमुकामहरूमा दुई वर्षभित्र मोटर बाटो पुर्‍याउने

काठमाडौं उपत्यकालाई तराईसँग जोड्नका लागि निजी क्षेत्रको सहभागितामा काठमाडौं तराई फाष्ट ट्रयाक सडक निर्माण गर्ने, मध्य पहाडी राजमार्ग निमार्ण, तराई क्षेत्रमा पूर्वपश्चिम विद्युतीय रेलमार्ग तथा ल्हासा-काठमाडौं, काठमाडौं-पोखरा, पोखरा-लुम्बिनी, लुम्बिनी-चितवन र चितवन-काठमाडौं चल्ने विद्युतीय रेलमार्गको सर्भे कार्य पूरा गर्ने

सङ्घीय राज्य निर्माणका लागि राज्य पुनर्संरचना आयोग गठन गर्नेनिजामति प्रसाशन र सुरक्षा निकायहरूलाई दलीय स्वार्थबाट मुक्त राखी निष्पक्ष ढंगबाट परिचालन गरिने र अनुगमनको लागि एक समिति निर्माण गर्ने, राजनीतिक सहमतिका आधारमा स्थानीय निकायको सञ्चालनको अन्तरिम व्यवस्था सामाजिक सुरक्षालाई विशेष प्राथमिकता दिँदै मस्यौदामा जेष्ठ नागरिक, विधवा र अपाङ्गलाई दिँदै आएको भत्तामा बृद्धि गरिने

माध्यमिक तहसम्मको शिक्षालाई निःशुल्क बनाउन चरणबद्ध कार्यक्रमहरू ल्याउने, विपन्न, दलित, महिला र पिछडिएका क्षेत्रका जनाताको शिक्षामा पहुँच विस्तार गर्न विशेष कार्यक्रम ल्याउने

कस्तो लाग्यो त यो नीति तथा कार्यक्रम ? धारणा राख्नुहोस

(अन्य वेभ साइट, ब्लग वा पत्रपत्रिकामा प्रकाशित भइसकेका कविता, गित वा अन्य लेख रचना स्रोत उल्लेखनगरि र स्पष्ठ नपारिकन बिभिन्न ठाउँमा प्रकाशित गराउन खोज्नु वा फरक फरक ठाउँमा पठाउनु लेखकिय मान्यता बिरुद हो । नेपालप्लसकालागि त्यस्ता रचनाको खाँचो छैन।  जानाजानी त्यसरि पठाउनेहरुको रचना त के पाठक प्रतिक्रियामापनि  बन्देज गरिनेछ । नयाँ, छोटा र समय सान्दर्भिक लेख, रचना र कविताहरुकालागि स्वागत छ  । लेखकको तस्बिर र ठेगाना खुल्ने रचनालाई प्राथमिकता दिइनेछ । सन्दर्भ पुरानो नहुने खालका रचना प्रकाशित हुन दुइ हप्तासम्म लाग्न सक्छ । तपाइँले पठाएका प्रतिक्रिया नहेरिकन प्रकाशित नहुने भएकोले केही समय लाग्छ । दोहोर्‍याएर पठाउनु जरुरी छैन । आफुले लेखेको प्रतिक्रिया धेरैले पढुन् भन्ने चाहनुहुन्छ भने प्रतिक्रिया सभ्य भाषामा लेख्नुहोस। ब्यक्तिगत गाली गलौजमा उत्रनु भन्दा संबन्धित लेख, रचनामा आफ्ना धारणा राखेर साझेदारी गर्नुहोस । अरुको धारणामा गाली गरेर होइन कि आफुले चित्त बुझ्दो तर्क दिएरनै अरुलाई आफ्नो पक्षमा पार्न सकिन्छ भन्ने नभुल्नुहोस-नेपालप्लस) ।

तपाइँको प्रतिक्रिया