अचम्मै अचम्म

a-dug-nurses-tiger-cabs.jpg

कति राजनीतिको समाचार मात्रै पढ्ने होइन ? छन् नी थुप्रै अरु चाख लाग्दा विषयपनि । कहिलेकाहिँ मानव वस्ति, मानव क्रियाकलाप भन्दा भिन्दै विषयपनि चाखलाग्दो हुन्न र ? अवश्यै हुन्छ । आज म त्यस्तै मानव वस्ति बाहिरका केहि रमाइला तस्बिरको चर्चा गर्दै छु । यहाँ मैले एउटा जिवजन्तुहरु संबन्धि रमाइला र दूर्लभ तस्बिरहरु राख्ने प्रयास गरेको छु । यि तस्बिरहरु मैले यताउतिबाट खोजखाज गरेर राखेको हुँ । पहिलो तस्बिर हो एउटा पोथी कुकुरको जसले बाघका दुइ डमरुलाई स्तनपान गराउँदै छे । यो तस्बिर चिनको हेफेइ भन्ने ठाउँको चिडियाखानामा १३ जुलाई २००४ मा खिचिएको हो । तस्बिर पिपुल्स डेली अनलाईनले छापेको थियो ।  जन्मिएपछि आमाले छोडिदिएकाले कुकुरले ति टुहुरा डमरुलाई स्तनपान गराएको उक्त पत्रिकाले जनाएको छ।

060613-cat-bear_big.jpg

शरिर मात्रै ठूलो भएर हुने रहेछ र ? चाहिँदैन आँटपनि ?  ल हेर्नुस त यो भालु कति छेरुवा ! फुच्चे बिरालोले बडेमानका दाह्रा, लामा लामा नंग्रा र विशाल शरिर भएको कालो भालुलाई लखेटेर रुखका टुप्पैमा पुर्‍याएको छ। तस्बिर अमेरिकाको न्युजर्सीमा खिचिएको हो जुन ४, २००६ मा। तस्बिर नेशनल ज्योग्राफीकको हो ।
060705-mouse-frog_big.jpg 

कहाँ पानी हिलोमा रमाउने भ्यागुता, कहाँ जमिनका दुलाभित्र दगुर्ने मुसा । कहाँ अरुको खासै बिगार नगर्ने सुस्त जातिको लोसे भ्यागुतो कहाँ जे देख्यो त्यहि टोक्दै हिँड्ने मुसो । यस्ता नितान्त दुइ भिन्न आनिबानी भएका जिवबिचपनि यस्तो प्रेम ! यो तस्बिर भारतको उत्तरि शहर लखनउमा गत जुन ३० का दिन खिचिएको हो। तस्बिर नेश्नल ज्योग्राफी अनलाइनमा जुलाई , २००६ मा छापीएको थियो।

deer-stealing-milk.jpgचोरी चकारी त जहाँपनि हुने रहेछ । ल हेर्नुस त, बच्चालाई स्तनपान गराउँदै गरेको एउटा आमाको दुध पछाडिबाट चोर्दै गरेको अर्को म्रिग । आमाचाहिँ बच्चाले खुब राम्ररी चुस्यो भनेर मख्ख होली बिचरा। चोर्ने तरिकापनि कति तगडा ! थाह होला भनेर माउको ठयाक्कै पछाडिबाट ।

lion-and-tiger-fight.jpgजोरि खोज्छन लात ! बाघ र सिंह लडाइ गर्दैनन  मुलत । यि दुबै आफुलाई राजा ठान्छन जंगलमा । त्यसैले, दुबै एक अर्कोसित बचेर हिँड्छन । तर अलि भएपछि खती हुन्छ । चिनको नान्जिङ चिडियाखानामा गर्मी चढेका बेला पानीको तलाउ ओगट्न खोजेपछि झोक्किएको सिंहले दिएको दनक हो यो बाघलाई । तस्बिर जुलाई १८, २००४ मा खिचिएको हो र पिपुल्स डेली अनलाइनमा प्रकाशितभएको थियो ।

monkey-swing-ping-ma-badar.jpg
चचहुइ हुइ !!! मान्छेले मात्रै खेल्नुपर्छ भन्ने छ र पिङ ? पिङमा हुइँकिन त बाँदरलाई पनि मजा लाग्ने पो रहेछ। यो तस्बिर चाहि कहाँ कसले खिचेको हो कुनै स्रोत भएन है मसित। नेपलप्लसले यसको श्रोत इच्छाएको छ ।
a-bull-eats-meat-maasu-khane-goru.jpgगाउँघरतिर स्यालले कुखुरा, बाख्राको पाठा खाएको त सबैलाई थाहा छ । तर, गोरुले कुखुरा र बाख्राको पाठा खाएको सुन्नुभएको छ ? साधारणतया गाईवस्तु शाकाहारी हुन्छन् । तर, सिन्धुलीको हत्पते गाविस-४, रतनपुरका दुर्गा कुँवर दनुवार, ५८, ले पालेको गोरुले कुखुरा र बाख्राको पाठा खाएर गाईबस्तु पनि मांशाहारी हँदा रहेछन् भन्ने प्रमाणित गरिदिएको छ  आफ्नो गोरुले दुई सयभन्दा बढी कुखुरा खाएको दुर्गी बताउँछन्  भन्छन्, “कुखुरा हराउँदा स्यालले लग्यो होला भनेको त आफैँले पालेको गोरुले पो खाँदो रहेछ !” यो नेपाल साप्ताहिकमा प्रकाशित भएको थियो साउन ७, २०६३ मा । तस्बिर राजकुमार कार्कीले खिचेका हुन ।
 

तपाइँको प्रतिक्रिया