ठ्याक्ककै मिलायो त अक्टोपसले भविष्यवाणी !

साँच्चै फेरीपनि मिलायो उसले । पोल नाम राखिएको अक्टोपसले विश्वकप २०१० मा जर्मनीले खेल्ने हरेक खेलको भविष्यवाणी गर्दै आएको छ । अचम्म ! अहिलेसम्म उसले गरेको ए उटै  भविष्यवाणीपनि फरक परेको छैन । पोल नामको अक्टोपसले अस्ति देखिनै स्पेन र जर्मनी बीचको खेलमा जर्मनीले हार्छ भन्दै आएको थियो । त्यति बेलै जर्मनहरूमा एक खालको मनोवैज्ञानिक असर परिसकेको थियो ।

किनभने त्यसलाई युरोपका सञ्चार माध्यमले पनि प्राथमिकताकासाथ देखाउँदै आएका थिए । त्यसको कारण के पनि थियो भने अहिलेसम्म मिलाउँदै आएकाले अक्टोप्सले भनेको मिल्छ भन्दै जर्मनहरुलेनै ब्यापक प्रचार गर्दै आएका थिए । अर्को कारण त्यो अक्टोप्स जर्मनीकै एउटा अक्वारियमको हो ।

फ्रान्सका सञ्चार माध्यममा पनि अक्टोपसले स्पेनियाली झण्डा अंकित बाक्सामा आफ्नो सुँड टाँसेको देखाइ रहेका थिए । पत्रिकामा पोलको तस्विर । टिभीहरूमा पनि त्यही । उता स्पेनियालीहरुले त झन प्राथमिकताका साथ देखाएछन् । बेलायतका सञ्चार माध्यमहरुलेपनि त्यसलाई प्राथमिकता दिएछन् । “अक्टोपसले गरेको भविष्यवाणी फरकै परेको छैन, त्यसैले हाम्रो जित पक्का छ” स्पेनियालीहरुले यसै भनेका थिए । नभन्दै जर्मन अक्टोपसले यस पटकपनि मिलायो । जर्मनहरूले हारे, स्पेनियालीले जिते ।

उसले कसरी पत्ता लगाउँछ ? अक्टोपस राखिएको डिब्बामा दुई वटा अलग अलग बाक्सा बनाएर तिनमा आहार लगेर राखिदिएका हुन्छन् । ती बाक्सामा बाहिर दुई देशका झण्डा अंकित हुन्छन् । अनि अक्टोपसले कुन बाक्साको खाना उसको खट्टाले धकेलेर खान्छ भनेर हेर्छन् । यस पटक पोलले स्पेनियाली झण्डा भएको बाक्सा छानेको थियो ।

त्यसो त यो अक्टोपसले यस अघिपनि थुप्रै खेलको भविष्यवाणी गरेको थियो । ती सबै मिलेका थिए । जर्मनहरूले अस्ट्रिया, बेलायत, अर्जेन्टीना र घानालाई जित्छ भन्ने भविष्यवाणी गरेको थियो । नभन्दै जर्मनहरूले ती सबैलाई जितेका थिए । सन् २००८ मा भएको ओलम्पिक खेलको भविष्यवाणीपनि यो अक्टोपसले ८० प्रतिशत मिलाएको थियो । यो पोल नाम राखिएको अक्टोपस जर्मनीको ओबेरहाउजन (Oberhausen) भन्ने ठाउँको अक्वारियममा छ । यस्ता जीवहरूले कसरी त्यस्तो भविष्यवाणी गर्छन् भन्ने चाहिँ वैज्ञानिकहरूले अझै पत्ता लगाउन सकेका छैनन् । वैज्ञानिकहरू आफैँ यसबाट चकित छन् । (तस्विर- ईन्टरनेशनल हेराल्ड ट्रिब्युन)

तलका रिपोर्टपनि हेर्नुस-

जिवजन्तुले पाउँछन् भूकम्पको पूर्व संकेत

जाली भूकम्प भ्यागुताको फन्दामा

तपाइँको प्रतिक्रिया