विश्व कपको भविष्यवाणी गरे डलफिन र अक्टोपसले

तपाइले विश्व कपमा कुन देशले जित्छ ? कसले हार्छ भन्ने अहिले सम्म कत्तिको मिलाउनु भएको छ ? खेलका नियम मानिसले बनाउँछन् । उनैले बुझ्छन् । खेल मैदानमा नपुगेपनि टिभीबाट प्रत्यक्ष प्रसारण हेर्छन् । तरपनि कुन टोलीले कसलाई गोल हान्छ । कसले जित्छ । को हार्छ पूर्व अनुमान लगाउन सक्दैनन् । तर समुद्रको पानी भित्र बस्ने अक्टोपस र डल्फिन (सोँस) ले भने केही नदेखि, नबुझि पनि विश्व कपको नतिजाको ठ्याक ठ्याक अनुमान लगाउने गरेका छन् ।

जर्मन विशेषज्ञहरूका अनुसार जर्मनीमा अक्टोपसबारे निकै चर्चा हुने गर्छ । उनीहरूका अनुसार यस  वर्षको विश्व कपमा जर्मनीको हारजित बारे अक्टोपसले ठ्याक ठ्याक मिलाउँदै आएको छ खेल पहिलेनै । अक्टोपसले के भविष्यवाणी गरेको छ भने आगामी सेमीफाईनल खेलमा जर्मनी र अर्जेन्टिनाबिच हुने खेलमा जर्मनीले अर्जेन्टीनालाई हराउने छ ।

जर्मनीले यस्तो गरेपछि टाउको चड्कन्न त अर्जेन्टीनाको ? किनभने विश्वकप खेल खेलाडी तगडा हुँदैमा मात्रै जितिन्न । प्रचार प्रसार, खेलाडीको मानसिकता, दर्शकहरूको समर्थन, विजयबारे आम मानिसका अड्कल आदिमापनि भर पर्छ । अक्टोपसले जर्मनीले जित्छ भन्ने अनुमान गरि दिएपछि अर्जेन्टीना पो के कम ?

उनीहरुलेपनि एउटा यस्तो सोँस फेला  पारे जसले अबको जर्मनी र अर्जेन्टिनाबिचको खेलमा अर्जेन्टीनाले जित्ने भविष्यवाणी गर्‍यो । भविष्यवाणीपनि कस्तो अचम्मले गरिदियो ? उक्त डल्फिनको सामुन्ने अर्जेन्टीना र जर्मनीको झण्डाको रँगको दुई वटा बल राखिदिए । ती दुई बल मध्ये डल्फिनलाई छान्न लगाए । त्यो डल्फिनले यस्तो देशभक्ति देखायो कि उसले अर्जेन्टीनाको झण्डाको रंग भएको बल छानेर जर्मनीलाई चुनौती दियो ।

भविष्यवाणी त आआफ्नै देशको गरे अक्टोपस र सोँसले । तर चुनौती उनीहरूले आफैँ माथि थोपरे- आखिर जित्छ कसले त ? कसको भविष्यवाणी ठीक होला ? किनभने दुबै टोलीले जित्न संभव त छैन ।

तपाइँको प्रतिक्रिया