लौ चिन्नुस कुन हो राजकुमार दीपेन्द्रको हस्ताक्षर

deependra.jpg

दुखको कुरा उनको हत्या भयो । तर उनका संझनाहरु नेपाली साथीभाइ, जिज्ञासु र आफन्तमा मात्रै सिमित रहेनछ । बिदेशमा पनि उनका थुप्रै इष्टमित्र र साथीहरु रहेछन जसले उनको संझना गरिरहेका छन । उनिसँगका क्षणहरु त मेटिने कुरा भएन नै तर उनको हातले स्पर्शगरेका सामान्य पोष्टकार्ड पनि उनका शुभेक्षुकहरुले संझनाकालागि बडो जतनले राखिरहेका छन । कुनै बेला सँगै हिँडे बसेका, हाँसे खेलेका उनीसँगका क्षणहरुलाई उनिसँगका तस्बिर र हस्ताक्षरलेपनि स्मरण गराउने रहेछन । स्वर्गिय राजकुमार दीपेन्द्र बेलायतको इटन कलेजमा पढ्दा उनले थुप्रै हितैषी बनाएका थिए ।  सन १९८८ जुलाई २८ तारिखमा आफ्ना केही बेलायती साथीसहित फ्रान्सको पेरिस शहर घुम्न आएका रहेछन । त्यति बेला उनको साथमा इटन कलेजमा सँगै पढ्ने उनका साथी टोम र विलियमपनि आएका रहेछन। पेरिस घुमेपछि उनीहरुले पेरिसको विश्व प्रसिद्द गिर्जाघर नोर्थदामको कार्ड पछाडि सही गरेछन । दीपेन्द्रका हजुरबुवादेखिका फ्रान्सेली सहयोगी जर्ज ल ब्रेक र उनकि पत्नी आलन ल ब्रेकलाई दिन । जसको घरमा बसेर स्वर्गिय राजा बिरेन्द्रले फ्रान्सको क्रिषी प्रणालीसंबन्धि अध्ययन गरेका थिए केही समय । जे होस, यहाँ थुप्रै सहीहरु छन । ल दीपेन्द्रको सही चाहिँ  कहाँनिर वा कुन हस्ताक्षरनिर छ पत्ता लगाउनुहोस र लेख्नुस है त ? उनले आइफल टावर नजिक खिचाएको तस्बिर हेर्ने भएचाहिँ भित्र जानुहोस।

deependra_at_eiffel_tower.jpg

फोटोमा त्यस बेलाका पेरिसस्थित नेपाली राजदूतपनि छन। उनी को हुन र नाम केहो पनि जान्नु भयो भने त ईतिहासको विषयमा तपाइँ खप्पिस भइहाल्नु भो झन । राजकुमार भन्नासाथ अगाडी नै हुने भयो फोटो, त्यो त चिनाउनै परेन । यि फोटाहरु चाहिँ मैले आलेन ल ब्रेकको एलबमबाट लिएको हुँ स्विक्रिति लिएर ।

संबन्धित ब्लग

वीरेन्द्रले कुखुरा भुत्ल्याएको दिन

वीरेन्द्रसँगको भेटका विशेष सम्झना

तपाइँको प्रतिक्रिया