देश चिनाउन पोर्चुगलमा ‘नेपाल डे’

-भिम केसी कमल / पोर्चुगल

नेपाली संघसंस्था, ब्यवशायी तथा नेपाली जनसमुदायको सकृय सहभागितामा जुन २५ र २६ तारिख अन्तरराष्ट्रीय साँस्कृतिक मेलाको अवसरमा पोर्चुगलमा  ‘नेपाल-डे’ २०१० आयोजना गरे नेपालीहरुले। त्यसमा पोर्चुगाली नागरिक, अन्य देशबाट आएका पर्यटकहरु तथा आप्रबासी नेपालीहरुको उत्साहपूर्ण सहभागिता थियो ।

 सारङ्गीको धुन, मनमोहक बांसुरीको राग,  मादल र झ्यालीको तालमा सयौ पोर्चुगाली तथा नेपालीहरु छमछमी नाच्दै गरेको दृष्यले नेपालको परम्परागत मेला पर्बको झझल्को दिएको थियो ।

नेपाली हस्तकलाका सामानहरु प्रशस्त राखिएका थिए र तिनमा पोर्चुगालीहरुको चाख निकै देखिन्थ्यो ।

पोर्चुगलमा रहेका नेपाली रेष्टुरेन्ट एभरेष्ट, टेस्ट अफ नेपाल, अन्नपुर्ण, एभरेष्ट ए-सी,  मायाँ, सांगिला, लिटिल नेपाल, हिउँचुलीले तयार पारेको खाना स्वाद मानि मानि खाएका थिए। ति नेपाली रेस्टुरेन्टबाट नेपाली खाना सौजन्यका रुपमा थियो ।

शेर्पा समुदायका कलाकारहरुले देखाएको सांस्क्रितिक न्रित्य अर्को आकर्षण बन्यो ।

लिस्बन नगरपालिकाकी कार्यक्रम निर्दिशक आना फोर्ट तथा अन्य पोर्चुगाली र नेपालीहरुले नेपाल पर्यटन बर्ष २०११ तथा एनआरएन पोर्चुगलको लोगो अंकित टीसर्ट लगाएर हिडदा सारा मेला स्थल नै नेपालमय देखिन्थ्यो।

तपाइँको प्रतिक्रिया