सुडानको शान्ति सेनामा नेपाली (भाग दुई)

unmis-wau.jpg

सुडानको शान्ति सेनामा भारतिय सैनिकको तर्फबाट एक नेपाली  मित्र आशिस थापाले तस्बिर पठाएका थिए केहि दिन पहिले । छोटो भयो, तस्बिर पुगेन भन्दै केहि पाठकहरुले प्रतिक्रिया जनाएपछि थापाजीले थप दुई तस्बिर पठाएका छन् । आलेख चाहिँ केहि छैन है, तस्बिर मात्रै छ । तस्बिर हेर्दापनि डर लाग्दो देखिन्छ त्यो ट्यांक देख्दा । सायद नेपालले दशौ वर्ष द्वन्द झेलेकोले मारकाटका घटना सुन्दासुन्दै नेपाली मन आत्तिएर हो कि त्यस्तो भएको !

with-jambian-army-in-abyei.JPG

दोस्रो तस्बिरमा दुइ तिरका नेपालीहरु हुन। जाम्बियन सैनिक रहेछन बिचमा चाहिँ। भनेपछि त्यहाँ जाम्बियन सेनापनि रहेछन् नेपालीसँगै हातेमालो गरेका भनेर बुझियो । त्यो ट्यांकर (ट्यांकर होइन रहेछ भने भन्नुहोला है ?) चाहीँ अनमिस (नेपालमा अन्मिन भने जस्तै) को रहेछ । पहिलो तस्बिरमा त देखिहालिन्छ  बडेमानको ठडिएको ट्यांकरमा यूएन लेखेको । (थापाजी, फेरि धन्यावादको पात्र हुनुहुन्छ है मित्र तपाइ-नेपालप्लस) ।

तपाइँको प्रतिक्रिया