माइतीनै भुल्नेगरि बेल्जियममा मनाए तीज

पुरुशोत्तम सुबेदी (तस्बिरपनि), बेल्जियम

तिज आयो भन्छन सबै माइत जान्छन

मै चेली अभागिनी कसका माइत जाम ।

nepali-womens-celebrating-teej-in-europe-nepalplus.jpg

साँच्चैनेपालमा नेपाली नारीहरुको दु:ख बेदना पोख्ने एउटा बिश्राम स्थल तिजको दिन पनि हो । यो दिन नेपालका सबै नारीहरु आफ्नो माइतीमा रमाउन चाहन्छन । त्यसैले होला, जहाँ जहाँ नेपाली नारीहरु पुगेका छन त्यहाँ त्यहाँ यो पर्वपनि सँगै लगेका छन । नेपाली वस्ति झ्यांगिदै जाँदा यो पर्वपनि भित्रिएकै छ । भौगोलिक सिमाले तिजको नाच र गीतलाई छेक्न सकेको छैन । अहिले बेल्जियममा हरेक नपाली हिन्दू नारीहरुले आफ्ना माइती नै बिर्सनेगरी तिज मनाएका छन । घरैमा सहि नाचगान घन्किएकै छ । राता पहिरन सजिएकै छन । गरगहनाले स्थानपनि पाएकै छन । दहरपनि पाकेकै छ । तिज आउनु भन्दा दुई हप्ता अगाडि देखी सुरु भएको तिजको चहलपहलमा आर्थिक मजबुत र बेल्जियम बसोबासको स्थाइ अनुमति पाएका नारीहरुले आफ्नो घरमा बोलाई मिठा मिठा परीकारहरु खुवाउने र मिलेर नाचगान गर्ने गरेका छन । अस्ति आइतवार अगष्ट २४ को दिन बेल्जियम स्थित हिमालय रेस्टुरेन्टमा धुमधामकासाथ नेपाली हिन्दू नारीहरुले तिज मनाए सबै एक ठाउँमा भेला भएर । बाँकि तस्बिरहरु हेर्न भित्र जानुहोस …….

nepali-womens-in-europe.jpg

         (साँच्चिकै माइती संझेर त होइन आँखा पुछेको ?)

nepali-womens-living-in-belgium-nepalplus.jpg

           (स्वदेशको जमघटभन्दा केहि कम छ त ?)

nepali-womens-living-in-belgium-nepalplus-2.jpg

                          (अब चाहिँ दहर खाले पालो)

(सूचना-अन्य वेभ साइट, ब्लग वा पत्रपत्रिकामा प्रकाशित भइसकेका कविता स्रोत उल्लेख नगरि पठाउनु, झुक्क्याएर बिभिन्न ठाउँमा प्रकाशित गराउन खोज्नु र स्पष्ठ नपारिकन एउटै रचना बिभिन्न ठाउँमा पठाउनु लेखकिय मान्यता बिरुद हो । नेपालप्लसकालागि त्यस्ता रचना मान्य छैनन ।  जानाजानी त्यसरि पठाउनेहरुको रचना त के पाठक प्रतिक्रियामापनि  बन्देज गरिनेछ । नयाँ, छोटा र समय सान्दर्भिक लेख, रचना र कविताहरुका लागि स्वागत छ  । लेखकको तस्बिर र ठेगाना खुल्ने रचनालाई प्राथमिकता दिइनेछ । सन्दर्भ पुरानो नहुने खालका रचना प्रकाशित हुन दुइ हप्तासम्म लाग्न सक्छ ।-नेपालप्लस) ।

तपाइँको प्रतिक्रिया