बेइजिङ ओलम्पिक: एक अविस्मरणिय यात्रा

(साँच्च्किकै ओलम्पिक खेल कस्तो थियो ? त्यति महँगो टिकट किनेर के कोही नेपाली त्यहाँ गए होला ? त्यो खेल प्रत्यक्षरुपमा हेर्ने अवसर पाउने नेपालीको अनूभव कस्तो होला ? नेपालप्लसका एक जना पाठक ले हिजोको खेल प्रत्यक्ष हेरेर आफ्ना अनूभवहरु पठाएका छन नेपालप्लसकालागि । साथै तस्बिरपनि)

 अनुभव र तस्बिर दुबै-राजन खत्री-

olympic-1.jpg

म इञ्जिनियरिंग संकायको एक विद्यार्थी  हुँ  बिगत दुई वर्षदेखि चीनको शंघाई नजिकैको सहर नानजिंगमा  अध्य्यन  गर्दै आएको छु.   यति बेला संसारमानै  चर्चाको बिषय रहेको  २९ सौ  ग्रिष्मकालिन बेइजिङ ओलम्पिक खेल चीनको विभिन्न सहरहरुमा सफलतापूर्वक संचालन भईरहेको छ.   आयोजक देश  चीन अहिलेसम्मको मेडल तालिका हेर्ने हो भने  अमेरिका भन्दा अगाडी रहेको देखीन्छ   प्रायजसो ओलम्पिकमा सधै अमेरिकाले पहिलो स्थानमा पकड़ जमाउँदै आईरहेको थियो  तर यसपालि भने चिनियाँ खेलाडीहरुले एकदम राम्रो शुरुवात गरेका छ्न जसका कारण अमेरिकाभन्दा  चीन अगाडी देखापरेको छ केही समयअघि ओलम्पिकको उद्‍घाटन समारोह चीनले बेजोड़ तरिकाले प्रारम्भ गरेर संसारलाई नै आचार्यचकित बनाईदिएको तपाइहरुलाइ जानकारिनै छ । शंघाई रंगशालामा हिजो बेलुकाको कास्य पदकको लागि भएको ब्राजील र बेल्जियम बीचको फूटबल खेल मैले प्रत्यक्षरूपमा हेर्न अवसर पाएको थिएँ वास्तावमै हिजोको खेल एकदम रोचक र रमाइलो  थियो   संसारकै महँगो  खेलाडीको रूपमा चिनिने  रोनाल्डिन्हो हिजो  ब्राजीलको टोलीबाट  १० नम्बर जर्सीका साथ देखापरेका थिए हालै मात्र रोनाल्डिन्हो आफ्नो पुरानो क्लब बार्सेलोना छाडेर  इटालियन क्लब एसी मिलानमा तीन वर्ष को लागि  अनुबन्ध भएका छन रोनाल्डिन्होलाई  नजिकैबाट  देख्दा  आफैलाई एकदम खुसीको अनुभूति भइरहेको छ । हिजोको खेलका केहि दृश्यहरु मैले मेरो मोबाइलबाट कैद गरेको छु जुन म  तपाईहरुलाई देखाउन गईरहेको छु प्रस्तुत छ हिजोको खेलका बाँकि दृश्यहरु ..

olympic-3.jpg

                                             (खेल मैदानमा एक नेपाली अनुहार)

olympic-4.jpg

                                                                (हिजो खेल हेर्दै दर्शकहरु)

olympic-5-pg.jpg

                           (ब्राजिलकाको झण्डा बोकेका दुइ ब्राजिलियन यूवतीहरु)

olympic-6-pg.jpg

         (नेपालप्लसपनि धरमरमा पर्‍यो है यसमा चाहिँ, दुइ मध्ये एक जना लेखक हुनुपर्छ)

olympic-7-pg.jpg
                                                 (खेल हुँदै गर्दा रंगशालाको एक द्रिष्य)

Rajan Khatri
Nanjing University of Aeronautics and Astronautics 
Office of International Cooperation and Exchange
29 Yudao St.,Nanjing 210016,China

(खत्रीजीलाई नेपालप्लसको धेरै धेरै धन्यावाद)

(सूचना-अन्य वेभ साइट, ब्लग वा पत्रपत्रिकामा प्रकाशित भइसकेका कविता स्रोत उल्लेख नगरि पठाउनु, झुक्क्याएर बिभिन्न ठाउँमा प्रकाशित गराउन खोज्नु र स्पष्ठ नपारिकन एउटै रचना बिभिन्न ठाउँमा पठाउनु लेखकिय मान्यता बिरुद हो । नेपालप्लसकालागि त्यस्ता रचना मान्य छैनन ।  जानाजानी त्यसरि पठाउनेहरुको रचना त के पाठक प्रतिक्रियामापनि  बन्देज गरिनेछ । नयाँ, छोटा र समय सान्दर्भिक लेख, रचना र कविताहरुका लागि स्वागत छ  । लेखकको तस्बिर र ठेगाना खुल्ने रचनालाई प्राथमिकता दिइनेछ । सन्दर्भ पुरानो नहुने खालका रचना प्रकाशित हुन दुइ हप्तासम्म लाग्न सक्छ ।-नेपालप्लस) ।

तपाइँको प्रतिक्रिया