यस्तो घरमा जन्मिएका थिए हाम्रा नयाँ प्रधानमन्त्रि (विशेष तस्बिर) ।

prachadas_old_home.jpg

 (फाइल फोटो-ददि सापकोटा) ।

गणतन्त्र नेपालको प्रथम निर्वाचित प्रधानमन्त्रि पुष्पकमल दहाल (प्रचण्ड) २०११ साल मंसिर २६ गते जन्मिएको घर यहि हो । कास्की ढिकुर पोखरी गाविस-२ मा । यो तस्बिर २०५८ साल असार २९ गते खिचेको हुँ म आफैले । पहिले प्रचण्डको यो घर अलि दुइ तिन वटा गरा माथि रहेछ । पछि पोखरादेखि बाग्लुङ जाने बाटो नौडाँडा हुँदै जाने भएपछि बाटोले यो घर ठ्याक्कै बिचमा पारेर चिर्ने भएछ । अनि उनीहरुले यो घर केही गरा तल सारेछन । प्रचण्डहरु चितवन झरेपछि यो घर प्रचण्डका बाबु मुक्तिराम दहालले प्रचण्डकि काकी देवकी दहाललाई छोडेका रहेछन । मुल घर भत्काइएपनि घरका सबै सामाग्री उनै हुन ।

असारको तेस्रो साता प्रचण्ड, उनका आफन्त, उनको वाल्यकाल र त्यस क्षेत्रबारे नेपाल समाचारपत्रका लागि स्थलगत रिपोर्टिङ गर्न गएका थियौं म र साथी लेखनाथ अधिकारी (उनी अझै त्यहि पत्रिकमा कार्यरत छन) । त्यही बेलामा खिचेको तस्बिर हो यो । एक दिन प्रचण्ड पक्कै यो देशको केही बन्छन भन्ने ठानेरै मैले यो तस्बिर स्क्यानिङ गरेर इमेलमा राखिरहेको थिएँ । नभन्दै आज काम लाग्यो तस्बिर खिचेको झण्डै आठ वर्षपछि । यो सबै जानकारी हामीलाई उनैका जेठा कान्छा बाबुहरु र उनैकि धाई आमा देवकी दहाल जो काकीपनि हुनले दिएकि हुन । त्यो बेला प्रचण्डबारे हामीले थुप्रै रोचक जानकारीहरु देखेका, सुनेका थियौं । हामीले के के देख्यौं, उनकी धाई आमाले के के भनिन, काका र अन्य परिवारका पिँडा के थिए, दहाल परिवारका वालवालिकाहरुको कस्तो थियो प्रतिक्रिया, आदि बारे थप फोटो सहित त्यसबारेपनि म भोलि एउटा ब्लग गर्नेछु ।  

तपाइँको प्रतिक्रिया