सगरमाथाको आधारशिविरमा पुष्कर शाह
–लक्ष्मण अधिकारी
सगरमाथाको आधारशिविर (७५०० मिटर) बाट
(सगरमाथाको आधार शिविरमा नेपाली झण्डा सहितको साईकल अड्याएर आफ्ना मित्रसँगै पुष्कर शाह)
यि तिनै पुष्कर हुन् जो पहिलो नेपाली विश्व साइकलयात्री बन्यो । आज उनी विश्वको सर्बोच्च शिखर सगरमाथाको आधार शिविर पुगेका छन् । आफुले भ्रमण गरेका विश्व भरिकै मुलुकको झण्डा सगरमाथाको चुचुरोमा लगेर गाड्ने र त्यहाँबाट विश्व शान्तीको कामना गर्ने, त्यो सन्देश विश्वभरि फैलाउने ।
(सञ्चार माध्यमलाई प्रतिक्रिया दिँदै आधार शिविरमा पुष्कर)
त्यहि आरोहणका लागि हिँडेका उनी आज सर्बोच्च शिखरमा पाईला टेक्नु अघि केहि दिन आराम गर्ने, वातानुकुलित बन्ने (एक्लमटाईज) हुने र मौसमले साथ दिए सगरमाथा को चुचुरोमा पुग्ने भनेर आधार शिविरमा पर्खिएका हुन् । उनी सँगै छु म लक्ष्मण लक्ष्मण अधिकारी, पनि ।
(सगरमाथाको संझनालाई क्यामरामा कैद गर्दै पुष्कर सँगै एक सञ्चारकर्मी)
शाह ७५०० मिटर सम्मको आरोहण गरेर लबुचे हुँदै यहाँ आइपुगेका हुन् । मौसमले साथ दिए १५ दिन भित्रैमा सर्बोच्च शिखर पुग्ने योजना छ । तर यस वर्ष मौसमको खराबीले गर्दा आरोहीहरुलाई आरोहणमा केहि कठिनाई परिरहेको छ । मौसम अनुकूल हुनासाथ शिखर चुम्ने तरखरमा थुप्रै आरोही पर्खेर बसेका छन्
(सगरमाथाको आधार शिविरबाट एक द्रिष्य)
सबै तस्बिर लक्ष्मण अधिकारीले खिचेका हुन् । अधिकारी नेशनल टिभी तथा पिरामिड ईन्टरनेशनल ल्याबोरेटोरी एन्ड अब्जरभेटोरी सेन्टरमा ब्यवस्थापक छन् ।











