माओवादी आन्दोलनको समर्थन गर्दै बेल्जियममापनि प्रदर्शन

मे दिवसको अवसरमा वेल्जियमका मजदर तथा राजनैतिक संगठनहरुको आयोजनामा सम्पन्न विशाल रयालीमा वेल्जियमस्थित विभिन्न प्रगतिशील नेपाली संघ संस्थाहरुले पनि व्यापक रुपमा सहभागीता जनाए । मे दिवसको अवसर पारेर एकिकृत नेकपा माओवादीले घोषणा गरेको तेस्रो जनआन्दोलनलाई ऐकवद्धता जाहेर गर्न नेपाली तथा विश्वसमुदाय समक्ष आव्हान गरिएको थियो ।

नेपाली जनप्रगतिशील मञ्च वेल्जियम, नेपाली जनजाती सरोकार मञ्च वेल्यिम, नेपाली लोकतान्त्रिक गणतान्त्रिक मोर्चा वेल्जियम, नेपाली प्रगतिशील महिला मञ्च वेल्जियम, मगर राष्ट्रिय मुक्ति मोर्चा वेल्जियम, तमु राष्ट्रिय मुक्ति मोर्चा वेल्जियम लगायतका संगठनहरुले नेपालमा राष्टिय सहमतिको सरकार गठन गर, शान्ति र संविधान सुनिश्चित गर्न राष्ट्रिय संयुक्त सरकार गठन गर, राष्ट्रिय स्वाधिनता र नागरिक सर्वोच्चता कायम गर, राष्ट्रियता र क्षेत्रीयताको आधारमा स्वायत्त राज्य घोषणा गर, महिला तथा उत्पिडित समुदायलाई संविधानमा विशेष अधिकारको व्यवस्था गर जस्ता समसामयिक नाराहरु झल्किने स्थानीय भाषामा व्यानरहरु सहित रयालिमा सहभागी भएका थिए ।

सयौं नेपालीहरुको सहभागिता रहेको उक्त रयालीले वेल्जियमको लुभेन शहर परिक्रमा गरेको थियो।

तपाइँको प्रतिक्रिया