प्रधानमन्त्रीको राजिनामा माग्दै एमालेका ६० नेताको हस्ताक्षर

अपडेट-सात जनाको हस्ताक्षर किर्ते-

[प्रधानमन्त्री माध्वकुमार नेपालको राजिनामा माग्दै ६० जनाको हस्ताक्षर बुझाएपनि अहिले एमालेका सात जनाले आफ्नो हस्ताक्षर किर्ते गरिएको आरोप लागएका छन् । त्यसरि आरोप लागाउनेमा सहाना प्रधान, रामप्रीत पासवान, पद्मा अर्याल, शारदा कुमाल, धु्रब ढकाल र राजकुमार उप्रेती छन्। उनीहरुले छिट्टै ज्ञापनपत्रको बिरोध गर्दै अर्को बक्तब्य जारी गर्दै छन् ।]

अहिलेको राजनितिक संकटबाट देशलाई पार लगाउन नेकपा (एमाले) का उपाध्यक्ष वामदेव गौतम सहित ६० नेताले पार्टी अध्यक्ष जलनाथ खनाल समक्ष ज्ञापनपत्र बुझाएका छन् । हेर्नुस ज्ञापनपत्र जस्ताको तस्तै———-
अध्यक्ष कमरेड झलनाथ खनाल,

केन्द्रीय कमिटि,

नेकपा एमाले, केन्द्रीय कार्यालय

विषयः ज्ञापन पत्र ।

कमरेड,

मुलुक २४० वर्षे मध्ययुगीन सामन्ती राजतन्त्रात्मक व्यवस्थाबाट मुक्त भै संघीय लोकतान्त्रिक गणतन्त्रको युगिन अवस्थामा प्रवेश गरेपछि नेपाली जनताले अव सबै किसिमका शोषण, उत्पीडन र विभेदबाट मुक्त भै मुलुक समृद्धिको दिशा तर्फ जानेछ भन्ने आशा र विश्वास गरेका थिए । तर संविधान सभाबाट नयाँ संविधान घोषणा गर्ने, माओवादी सेनाको समायोजन तथा पूनर्स्थापना गर्ने काम समेत धरापमा पर्ने गरी राष्ट्रिय राजनीति मुठभेड र अन्यौलको दिशा तर्फ धकेलिन थालेपछि ऐतिहासिक जनआन्दोलन -०६२/०६३) को उपलब्धीहरु रक्षा गर्न, राष्ट्रिय सहमतिका आधारमा मुलुकलाई अग्रगामी परिवर्तनको दिशामा अघि बढाउन तपशीलका हामी नेकपा एमालेका जिम्मेवार व्यक्तिहरु अत्यन्त गंभीर तथा चिन्तीत बनेको छौं ।

देशभित्रका प्रतिगामी, दक्षिणपंथी तथा यथास्थितिवादीहरु र विदेशी प्रतिक्रियावादीहरु नेकपा एमालेका काँधमा बन्दूक राखेर मुलुकलाई गृहयुद्ध तर्फधकेल्न थालेका छन् । देशका ३ वटा ठूला पार्टी एनेकपा माओवादी, नेपाली काँग्रेस र नेकपा एमालेका बीच सहमति गरी देशलाई संभावित दूर्घटनाबाट बचाउनुको बदला प्रमुख राजनीतिक पार्टी बीच फाटो बढाउने काम भैरहेको छ । अन्तरिम संविधान बमोजिम संविधान घोषणा हुने समय अब जम्मा २६ दिन मात्र बाँकी छ ।

राष्ट्रिय सहमतिको आधारमा अघिनबढ्ने हो भने अब संविधान नबन्ने र शान्ति प्रकृया पनि तार्किक निष्कर्षा नपुग्ने कुरा निश्चित छ । संविधान पनि नबन्ने र शान्ति प्रकृया पनि टुंगोमा नपुग्ने हो भने देश भयंकर दूर्घटना तर्फगई गृहयुद्धमा फंस्ने कुरा निश्चित छ । यस्तो अवस्थामा नेकपा एमालेका वरिष्ठ नेता क. माधव कुमार नेपाल प्रधानमन्त्रिको पदमा रहिरहनु अनुचित मात्र होइन देश र पार्टीको लागि पनि घातक हुनेछ । यस्तो अवस्थामा प्रधानमन्त्री माधव कुमार नेपालले राष्ट्रको नाममा सम्बोधन गर्दै राष्ट्रिय सहमतिको वातावरण बनाउनु भन्दा मुलुकलाई मुठभेड तफै लैजाने अभिव्यक्ति दिनुभएको छ । यस अभिव्यक्तिबाट प्रधानमन्त्री मुलुकलाई गृहयुद्ध तर्फधकेल्न उद्यत्त देखिनु भएको छ । यो अत्यन्त गंभीर कुरा हो ।

हामी प्रधानमन्त्री क. माधव कुमार नेपालले तुरुन्त राजीनामा दिई राष्ट्रिय सहमतिका लागि मार्ग प्रसस्त गर्न जोडदार माँग गर्दछौं । यसको लागि आवश्यक पहल गर्न पार्टी अध्यक्ष क. झलनाथ खनालज्यूको गंभीर ध्यानार्कषण गर्दछौं । साथै एनेकपा माओवादीलाई उग्रवामपंथी र नेपाली काँग्रेसलाई यथास्थितिवादी चिन्तन र व्यवहार त्याग्दै दलगत स्वार्थभन्दा माथि उठेर राष्ट्रिय सहमति कायम गरी नयाँ संविधान निर्माण गर्न, शान्ति प्रकृयालाई र्सार्थक निष्कर्षमा पुर्‍याउन र वर्तमान संकटको संवैधानिक र राजनीतिक निकाश दिई मुलुकलाई अग्रगामी परिवर्तनको दिशामा अघिबढ्न आव्हान गर्दछौं ।

तपशीलः

१) क. वामदेव गौतम – उपाध्यक्ष, केन्द्रीय कमिटि

२) क. सहाना प्रधान – केन्द्रीय कमिटि सदस्य

३) क. किरण गुरुङ्ग – केन्द्रीय कमिटि सदस्य तथा सभासद

४) क. राजेन्द्र श्रेष्ठ – केन्द्रीय सदस्य

५) क. राधा ज्ञवाली – केन्द्रीय कमिटि सदस्य तथा सभासद

६) क. परशुमेघि गुरुङ्ग – केन्द्रिय कमिटी सदस्य

७) क. रामप्रित पाशवान – केन्द्रिय कमिटी सदस्य तथा सभासद

८) क. जीवनराम श्रेष्ठ – वैकल्पिक केन्द्रीय सदस्य

९) क. केदार न्यौपाने – पूर्व केन्द्रीय कमिटि सदस्य

१०) क. युवराज कार्की – पूर्व केन्द्रीय कमिटि सदस्य तथा सभासद

११) क. पुरुषोत्तम पौडेल – पूर्व केन्द्रीय कमिटि सदस्य

१२) क. त्रिलोचन ढकाल – पूर्व केन्द्रीय कमिटि सदस्य

१३) क. केशवलाल श्रेष्ठ – पूर्व केन्द्रीय कमिटि सदस्य

१४) क. हेमराज र्राई – पूर्व केन्द्रीय कमिटि सदस्य

१५) क. वलराम वास्कोटा – सदस्य, केन्द्रीय लेखापरिक्षण आयोग

१६) क. हरी पराजुली – सदस्य, केन्द्रीय लेखापरिक्षण आयोग

१७) क. उदयराज पाण्डे – सदस्य, विदेश विभाग

१८) क. शारदा सुवेदी – केन्द्रीय सल्लाहकार

१९) क. रविन्द्र अधिकारी – पूर्व केन्द्रीय अध्यक्ष, अनेरास्ववियू तथा सभासद

२०) क. सावित्रा भुसाल – काठमाडौं जिल्ला कमिटि सदस्य तथा सभासद

२१) क. मनकुमार गौतम – केन्द्रीय सल्लाहकार

२२) क. डि. वि. कार्की – किसान महासंघ, स्थायी कमिटि सदस्य तथा सभासद

२३) क. गोपाल शाक्य – पूर्व केन्द्रीय कमिटि सदस्य

२४) क. विष्णु घिमिरे – पूर्व केन्द्रीय सल्लाहकार

२५) क. शान्त प्रधान – स्थानीय विकास तथा भौतिक योजना विभाग

२६) क. कल्पना रिजाल – स्थायी समिति सदस्य, अनेमसं

२७) क. लक्ष्मीभक्त उपाध्याय – सदस्य, जेष्ट कम्युनिष्ट मंच नेकपा -एमाले)

२८) क. शाल्रि्राम भण्डारी – पूर्व केन्द्रिय सल्लाहकार तथा सदस्य, जेष्ट कम्युनिष्ट मंच     

२९) क. सुमित्रा वि.सि – पूर्व सदस्य, केन्द्रीय लेखा कमिटी

३०) क. ध्यानवहादूर रार्इ् – सदस्य, संघीय मामिला विभाग, तथा पूर्व मेयर

३१) क. खेमनारायण ढुंगाना – सदस्य, केन्द्रिय अनुशासन आयोग

३२) क. रिमा नेपाली – केन्द्रिय सदस्य अनेमसं तथा सभासद

३३) क. गणेश वि.क. – सदस्य, केन्द्रिय अनुशासन आयोग

३४) क. शैलेन्द्र पिया – पूर्व राष्ट्रिय परिषद सदस्य

३५) क. धनहर्क र्राई – पूर्व सासंद तथा अंचल सदस्य

३६) क. भुराज र्राई – पूर्व उपमेयर, विराटनगर उपमहानगरपालिका

३७) क. शालिकराम पौडेल – पूर्व मेयर, लेखनाथ नगरपालिका, कास्की

३८) क. रामचन्द्र अधिकारि – पूर्व केन्द्रिय सदस्य तथा जेष्ट कम्युनिष्ट मंच सदस्य

३९) क.  पद्मा अर्याल – सभासद

४०) क. डा. केशव खडका – सदस्य, अर्थ तथा योजना विभाग

४१) क. रिपुमर्दन अधिकारि – जेष्ठ कम्युनिष्ट मञ्च

४२) क. सुरेन्द्र मोहन शर्मा -पूर्व उपसभापति, जिविस ललितपुर

४३) क. मोहनलाल शर्मा – पूर्व उपसभापति, जिविस, बागलुड

४४) क. जीवन धिमिरे – केन्द्रिय सल्लाहकार

४५) क. पुरनसिं दयाल – सभासद

४६) क. राजकुमार उप्रेति – अध्यक्ष, उखु उत्पादक किसान संघ

४७) क. रामराज रेग्मी – पूर्व अंचल किमिटि सदस्य, गण्डकी अंचल समन्वय किमिटि

४८) क. ध्रुव ढकाल – अध्यक्ष, माछा उत्पादक किसान संघ

४९) क. गोविन्द कृष्ण अधिकारी – संयोजक, काठमाडौं जिल्ला संगठन कमिटि

५०) क. नहेन्द्र खड्का – अध्यक्ष युवा किसान संघ

५१) क. उमा कोइराला – स्यायी कमिटि सदस्य, किसान महासंघ

५२) क. शारदा कुमाल – सभासद

५३) क. गजेन्द्र बहादुर शाही – पूर्व जिविस सभापति, डडेलधुरा तथा राष्ट्रिय परिषद सदस्य

५४) क. मोहनचन्द्र अधिकारी – पूर्व केन्द्रीय सल्लाहकार

५५) क. नरबहादुर खाँड – पूर्व अध्यक्ष, केन्द्रीय सल्लाहकार

५६) क. शान्तिदेवी चमार – सभासद

५७) क. हसिना मियाँ – सभासद

५८) क. चिरंजीवी राम थारु – सभासद

५९) क. जगदेव यादव – किसान महासंघ, रा.स.स. तथा पूर्व रापस

६०) क. गोविन्द राज ज्ञवाली – पूर्व केन्द्रीय सदस्य

तपाइँको प्रतिक्रिया