राजधानी भित्रिनेको दशा

जनयुद्द कालमा जस्तै सास्ति शुरु भएको छ यात्रुहरुको । ठाउँ ठाउँमा झोला खोतल्ने, लुगा फुकाल्न लगाउने, चाहिने नचाहिने प्रश्न सोधेर र हिँड्न लगाएर हैरान पार्ने गरिन्थ्यो त्यो बेला । भोलिदेखि माओवादीले गर्ने भनेको प्रदर्शन र आइतबारदेखि गर्ने भनेको आम हड्तालको कारणले यात्रुहरुले त्यस्तै सास्ति भोग्दै छन् अहिले । आज राजधानी भित्रिने हरेक नाकामा हतियारधारी प्रहरीले यसै गरि घण्टौं घण्टा बस रोके खानतलासी गर्न । बन्दूक बोकेर सुरक्षाकर्मीका कारण यात्रुहरु मानसिक तनावमा परे ।

जतिसुकै समय लागोस बसहरुलाई यसैगरि लाम लगाएर राखिएको थियो यि दुबै तस्बिर भक्तपुरमा आज सुरक्षाजाँच गर्दाको हो । तस्बिर-रासस

तपाइँको प्रतिक्रिया