अनुभव अफ्रिकी युद्दग्रस्त क्षेत्रको

दिनेश श्रेष्ठ / जिबुती, अफ्रीका

यो अफ्रीकाकै एक युद्दग्रस्त क्षेत्र । हामी फ्रान्सेली सेनामा रहेकाले यस्ता अनेकै मुलुक घुम्नुपर्छ । त्यस्ता देशहरुमा गएर सैन्य तालिम लिनुपर्छ । त्यहि तालिमका लागि जिबुतीपनि पुगें म पटक पटक । आफ्नो कामको शिलशिलामा पुगेका बखत देखे भेटेका तस्बिरहरु हुन् यी । तालिमका लागि सैन्य विमानले यसैगरि कहिँ लगेर छोडिदिन्छ । त्यसपछि शुरुहुन्छ कि त मरुभूमी कि त पहाड तिरको क्याम्प खडा गरेर तालिम ।

नांगा पहाड । गर्मी उस्तै । कहिले त ६० डिग्रीको ताप । यस्तै पथ्थरै पथर घाल्चाङ र घुल्चुङ बाटा छिचोर जानु पर्छ तालिमका लागि ।

यो चाहिं समुद्रमा तालिमका लागि हो । प्राणवायू (अक्सिजन) लिनको लागि यस्तै लामा पाईप लियो अनि पानीमा गयो । डुंगाले समुद्रको निक्कै पर लगेर छोडिदिन्छ अनि त्यहिँबाट बिभिन्न खाले पानीमा गरिनुपर्ने तालिम लियो फर्कियो।

यहाँ भोकमरी अति धेरै छ । बाहिरबाट गएको सहयोगले जिवन धान्छन् यहाँका धेरै मान्छे । त्यसैले संयुक्त राष्ट्र संघ वा अन्य सहयोग गर्ने अन्य मुलुकले विमानबाट यसरि खानाको पोका स्थानिय मानिसहरुका लागि खसालिदिन्छन् ।

त्यसरि खाना खसाल्न जाँदापनि विमान खसालिदिन्छन् बिद्रोहीहरुले कि भन्ने त्रास हुन्छ । त्यसैले यो फ्रान्सेली विमानलाई अन्य दुई युद्दक विमानहरुले सुरक्षा दिएका हुन् । फ्रान्स आर्थिक रुपमा धनी हुनुको कारण यस्तै युद्दक विमान भएरपनि हो । मिराज भनिने यस्ता विमान फ्रान्सेलीसँग करिब ३२० वटा छन् । यस्तो एउटै विमानको मूल्य करिब ४८ मिलियन यूरो पर्छ । यस्ता विमान बेचेर फ्रान्सले धेरै पैसा कमाउने गर्छ ।

सैन्य तालिम भनेकै यस्तै हुने रहेछ । यस्ता डोरीहरुमा चढेर ओहोर दोहोर गर्नु सामान्य हो सैनिकहरुका लागि । दुई तिरका पहाडमा टाँगिएका यस्तै डोरीमा चिप्लिँदै एकातिरबाट अर्कोतिरको पहाड पुग्ने ।

    यो चाहिँ तिनै युद्दक विमानहरुको स्थल । जीबुती मै हो ।

पहाडमा कति दिन हिँड्नुपर्छ कुनै ठेगान हुन्न । अनि कस्तो बाटो र कस्ता पहरा छिचोल्नुपर्छ भन्ने पत्तोपनि हुन्न । त्यसैले एउटा क्याम्पबाट अर्को क्याम्प खडा गर्ने  ठाउँमा पुग्न धेरै घुमाउरो छ भने यस्तै सैनिक हेलिकप्टरले डोरीमा बाँधेर खसालिदिन्छन् पालैपालो ।

समुद्री किनारमा हाम्रो खाना ।  यो ठाउँमा बजारपनि नजिक पाइँदैन । निक्कै टाढा पुग्नुपर्छ । बरु समुद्र नजिक पर्ने हुनाले यस्ता माछा प्रशस्तै पाइन्छन् । कमाईको स्रोत अरु नहुनाले स्थानिय मानिसहरुले यस्ता बडेमाका माछा कौडीकै दाममा बेच्छन् । हामीपनि समुद्री किनारमा क्याम्प खडा गरेर माछा भोजन गर्ने तरखरमा छौं ।

तपाइँको प्रतिक्रिया