हेर्दा हेर्दै तालिवानको फन्दामा

-दिनेश श्रेष्ठ / अफ्गानिस्तान

अफगानिस्तान भनेपछि चिनाउनै परेन । युद्द छ निकै लामो वर्षदेखि चलेको । सरकारी सेनालाई तालीबानहरुले हैरान पार्छन् । उनीहरु अमेरिकी सेनालाई झन आक्रमणको तारो बनाउँछन् । जतिसुकै देशका सेना भएपनि त्यहाँ अझै गतिलो सुरक्षा छैन । कतिखेर कहाँ बम पड्किने हो भर हुन्न । हिँडिरहेको गाडी यसैगरि तत्कालै तालिवानको फन्दामा पर्न सक्छ । सडकमा यसैगरि बडेमानका खाल्डा खनेर गाडीलाई फसाउँछन् ।

खासगरि अमेरिकी सेनालाई एम्बुशमा पार्न बाटो घाटोमा निकै बम रोपेका हुन्छन् । यो अमेरिकी गाडीपनि त्यसै गरि तालिवानको फन्दामा परेको हो । हामी फ्रान्सेली सेनामा खटिएकालाई अमेरिकी सेनाको जस्तो त्रास र तारो बन्नु त पर्दैन नै । किनभने हामी त्यहाँ लडाईका लागि नभएर तालिमका लागि जाने हो । तरपनि त्यहाँको लडाई र सुरक्षा देखेर एक खालको डर भने भैरहन्छ ।

 जतिसुकै सुरक्षा छ भनेपनि तालिवानहरुले यस्ता सैनिक गाडीहरुलाई निरन्तर एम्बुसमा पारिरहन्छन् ।

तालिवानका बमपनि सामान्य हुन् र ! एकदमै शक्तिशाली हुन्छन् । यस्ता बलिया भनिने सैनिक गाडीहरुपनि पुर्लुङ्गै पल्टाइदिन्छन् एकै झड्कामा । अनि असाध्यै ठूलो आवाज आउँछ । यसरि गाडी पड्काएपछि थाल्छन् तालिवानहरुले आक्रमण गर्न ।

बम र गोलाबारीले धुलिरम्म बन्छ तत्कालै एउटा शान्त ठाउँ ।  वरिपरि पुरै अँध्यारो जस्तो बन्छ ।

गाडि पड्कियो । अनि हेर्नुस त गाडी भित्रका पाटपूर्जाका हालत भने यस्तो भयो ।

यो चाहिँ तालिवानहरुले बम राखेको ठाउँ हो । कच्ची सडकमा उनीहरु अमेरिकी सेनाका गाडीलाई पड्काउन यसरि बम रोपेर छोड्छन् । अनि तालिवानहरु चाहिँ वरिपरि कतै लुकेर बस्छन् ।

हेर्नुस् त मानव जिवन ! केहि बेर अघिसम्म यो चस्मा कुनै ब्यक्तिले लगाएर हिँडिरहेको थियो । एकै छिनमा बम पड्कियो । उसको ज्यान टुक्रा टुक्रा भयो । पानी भन्न नपाई उसको देह सकियो । त्यहि बम पड्केर सबै टुक्रा टुक्रा भएको ठाउँमा फेला परेको हो यो चस्माको आधा भाग । यस्ता घटना अफ्गानिस्तानमा छ्याप्छ्याप्ती भेटिन्छन्, देखिन्छन् र भैरहन्छन् ।

मेरो आगामी फोटो ब्लग युद्दग्रस्त अफ्रीकी क्षेत्रको । हेर्न नभुल्नुस् है !

तपाइँको प्रतिक्रिया