कसरि बन्छन स्त्री र पुरुष ?

human_cromozomes-nepalplus.jpg

स्त्री र पुरुष । यि दुबै बन्छन उहि पुरुष उहि महिलाबाटपनि । पुरुषपनि उहि महिलापनि उहि । बच्चा हुर्किने पेटपनि उहि । तर उहि महिला र पुरुषबाटपनि कहिले केटो त कहिले केटि जन्मने किन ? रोचक छैन त ? के हुँदा केटा बन्ने हो ? के भए केटी ? किन केटै केटा वा केटीनै केटी बन्दैनन ?

हरेक मानिसमा २३ जोडा क्रोमोजोम हुन्छन । अथवा ४६ वटा । ति मध्ये २२ जोडा (४४ वटा) ले आँखाको रङ, रोग लाग्न सक्ने गुण जस्ता शारिरिक विकाससँग संबन्धित कामको निर्धारण गर्छन । बाँकि रह्यो २३ जोडी । अथवा दुइवटा । यो क्रोमोजोमले चाहिँ यौन संबन्धि काम गर्छ । भाले र पोथी दुबैमा हुने यो क्रोमोजोम अरु भन्दा पूर्णरुपमा फरक हुन्छ ।  स्त्री र पुरुषबिच संभोग भएपछि यदि दुबैको एक्स एक्स (xx) क्रोमोजोम भएमा त्यस्तो बच्चा स्त्री बन्छ । एक्स वाई (xy) भएमा पुरुष हुन्छ । यहिँनिर स्पष्ठ पारिहालौं कि कोहि मानिसहरु यो एक्स र वाई भनेको के हो, किन एक्स र वाई नाम राखियो भनेर बुझ्दैनन । म स्वयंलाई एक जना बिज्ञान विषयमा स्नातक गरेका हितैषी के भन्दै थिए भने यो एक्स र वाई नाम बैज्ञानिकहरुले त्यत्तिकै बुझ्न सजिलोको लागि राखेका हुन अरु केहि होइन । वास्तबिकता रहेछ भने यि क्रोमोजोमहरु अंङ्रेजी अक्षर एक्स र वाई जस्ता आकारका देखिनाले यस्तो नाम राखिएको हो ।

जे होस, बच्चा बन्नकालागि स्त्री र पुरुषका क्रोमोजोमहरु हुनै पर्‍यो । यदि ति मध्ये एउटा वाई भएमा यो भ्रुणबाट पुरुषको लिङ्ग बन्छ । वाई क्रोमोजोम नभएको खण्डमा त्यो भ्रुणबाट स्त्री लिङ्ग बन्छ । यो बाहेक अति दुर्लभ अवस्थामा मात्रै फरक फरक खाले क्रोमोजोमहरुको मिश्रण हुन्छ । त्यो अवस्थामा प्राबिधिकरुपले दुबै यौनाङ्ग बन्छन भनेका छन ।
 
यौनाङ्गको धमनी (सेक्स ग्लाण्ड) को भ्रुणिय विकास भइसकेपछि शक्तिशाली रासायनिक तत्वकारुपमा रहेका क्रोमोजोमहरु रगतका बहावहरुमा मिसिएर भ्रुणका प्रत्येक कोषहरुमा पुग्छन । यि हर्मोनले महिलामा सन्तान उत्पादन गर्ने फराकिलो बाटो (ट्र्याक्ट) बनाउँछन भने पुरुषको सन्तान उत्पादन गर्ने बाटो (ट्र्याक) लाई चाहिँ त्यो नबनाउन निर्देश गर्छन ।

हर्मोनहरुले शरिरको बाहिरि भागको यौनाङ्ग विकास गर्नपनि दबाब दिन्छन । कहिलेकाहिँ बाध्यनै पार्छन । अन्तत: हर्मोनहरु दिमाखसम्म पुग्छन । अनि स्त्री र पुरुष (वा भाले र  पोथी) को भिन्नता छुट्याउँछन त्यहाँपनि । जस्तै: स्त्रीमा जीवनभरि हर्मोन छोडिरहने चक्र हुन्छ ।

तपाइँको प्रतिक्रिया