प्यालेष्टाइनको शिक्षा

palistanians_forehead_on_the_land.jpg

इजरायल र प्यालेष्टाइनीहरु बिचको लडाइका बारेमा सबैलाई थाह नै छ । हजारौं मारिए । लाखौं घरबार बिहिन भए। देशमा कतिखेर कहाँ ज्यान जाने हो पत्तो हुँदैन। परिवारका सद्स्यमध्ये कतिखेर कहाँ को गुम्ने हो थाह छैन ।  कोहि प्यालेष्टाइनमा छ त कोही इजरायलमा । छुट्टिएको वर्षौ हुँदापनि भेट नहुने । बिहान सँगै खाना खाएको परिवारको सदस्य साँझ नलाग्दै सदाका लागि बिदा हुन्छ । आफ्नो आँगनमा अरु कसैले परेड खेल्छ । बिदेशीले संगिन देखाउँछ । रगतका खोला र आँसुका पोखरी बन्छन । वालवालिकाहरुका हातमा कलम, कापी किताब र मसि हुँदैनन । बन्दुक र बारुत देखिन्छन । वाल्यकालमा प्लास्टिकका बल नदेख्नेहरु बन्दुकका नट बल्टु कस्न सिक्छन । सधैं घर आँगन र वस्ति हतियारको धुवाँले ढाक्छ । युद्दक बिमानका छायाँमुनि जिउनुपर्छ। यहि अवस्था भइरहेको छ अहिले प्यालेष्टाइनमा । यो सब कसरि भयो ?
 
देशका नेता खराब हुनाले । आफ्नो देशको हित भन्दा बिदेशीका हित हेर्नाले । आफ्नै भाई भाई लड्नाले । केहि स्वार्थीहरुका क्षणिक स्वार्थले अनि अदुरदर्शी नेताहरुका कारणले । हाम्रो देश त्यस्तै हुन कत्तिपनि बेर छैन । विश्वका अति शक्तिशाली दुई बिशाल मुलुकका स्वार्थ र टकरावमा परेर । यो चित्रमा एकजना प्लालेष्टाईनी महिला आफ्नो देश छिर्न पाएको बेला धरतिलाई ढोक्दै छिन । प्यालेष्टाइनको गाजा क्षेत्रमा प्रवेश गर्दा उनी देशको माटो छुन पाएँ भन्दै खुशिले टाउको राखेकि हुन । यदि हाम्रा नेताहरुपनि दुरदर्शी भएनन भने यहि महिलाको जस्तै नियति भोग्नु नपर्ला भन्न सकिन्न । किनभने,गणतन्त्र ल्याएपछिपनि हाम्रो देशको अवस्था अझै उस्तै छ । झन निराश बानाएका छन नेताहरुले । बिदेशीहरुको चसो र हस्तक्षेप झन बढेको छ । दिर्घकालिन शान्ति स्थापना हुन्छ भन्ने कुनै निर्क्यौल छैन । देशमा शान्ति भड्कियो र बिदेशी हस्तक्षेप झन बढ्यो भने त्यसको अवस्था भयावह हुन्छ । हाम्रो देशको अवस्था यस्तै हुन कत्ति बेर छैन । जनयुद्दकालमा प्रत्येक महिना त्यसैगरि हजारौं नेपाली भारत पसेका पनि हुन । (तस्बिर इन्टरनेशनल हेराल्ड ट्रिब्युनको हो) ।

तपाइँको प्रतिक्रिया