जाली भूकम्प भ्यागुताको फन्दामा

स्कूल पढ्दा हाजिरी जवाफ प्रतियोगितामा गुरुहरुले हामीलाई सोध्थे- छनपनि छ, हुनपनि हो । राजालाई’नी चाहिँदैन, खोज्दापनि पाइँदैन ? उत्तरमा ‘भूकम्प’ भन्ने सुनेपछि खुब हाँसिन्थ्यो । हुनपनि यो भूकम्पले न घण्टि दिन्छ । न स्वाँ सुँ गर्छ । हजारौं घर भत्काउँछ तर हावा जत्तिको पनि सुस्साउँदैन । न देखिने, न सुनिने।  यो भूकम्प भन्ने चिज नै साह्रै जाली हुन्छ । गोप्य तरिकाले आएर क्षती गर्‍यो भागिहाल्यो  । करोडौं करोड खर्च भैसक्यो यो कसरि पत्ता लगाउने भनेर। तर बैज्ञानिकहरुले काम गर्दा गर्दै हाकै छक्काएर आउँछ । भताभुंग पार्छ । पत्याउनुस् कि नपत्यानुस् अब चाहिँ भूकम्प पत्ता लगाउने मेसो फेला परेको छ-भ्यागुतो ।

यो कुनै रे, अरे र उखान टुक्कासित जोडिएर आएको कुरोपनि होइन । बैज्ञानिकहरुले अनुसन्धान गरेर पत्ता लगाएको तथ्य हो- भ्यागुताहरुले भूकम्प आउँदै छ भनेर पत्ता लगाउँछन् ।

बैज्ञानिकहरुले मध्य ईटालीको लाकिला (L’Aquila) भन्ने ठाउँमा कमन् टोड भन्ने भ्यागुताहरुको अनुसन्धान गरेका थिए । त्यो अनुसन्धानबाट पत्ता लगाए कि प्रजननकालमा समेत करिब ९६ प्रतिशत भालेहरुले भूकम्प जानु पाँच दिन पहिले पोथीहरु छोडेर अन्यत्र टाप कस्ने रहेछन् । प्रजननकालमा प्राय भालेहरु पोथीबाट छुट्तिने छुट्टिँदैनन् । प्रजननकाल सकिएपछि बरु ति छुट्टिएर बस्छन् ।

ईटालीमा जुन ठाउँमा भूकम्प गएको हो त्यहाँ भूकम्प जानु तिन दिन अघि त एउटा जोडी पनि थिएन । ति सबै लाखापाखा लागिसकेका थिए । भूकम्प गएको र त्यसपछिपनि त्यहाँ भ्यागुताका कुनै फूलसमेत थिएनन् ।

बेलायतबाट प्रकाशित द टेलिग्राफका अनुसार प्राय प्रजनन् क्षेत्रमा भालेको हैकम चल्छ र प्रजननकाल पूरा भएर बच्चा ननिस्केसम्म भालेहरुको त्यो क्षेत्र छोड्दैनन् । बैज्ञानिकहरुले के दाबी गरेका छन् भने भूकम्प जानुपूर्व जमिनबाट निस्किने ग्याँस, साना कणहरु निस्किने क्रम लगायत भूकम्प जानुपूर्वका संकेतहरु पत्ता लगाउन सक्छन् । भूकम्प जानुपूर्व प्रिथ्वीको भित्रि भागबाट ग्याँस, ताप र केहि कम्पन निस्कने बिश्वास गरिन्छ जुन बाहिरी वातावरणमा आउने गर्छ । भ्यागुताहरुले त्यसैलाई ग्रहण गरेर भूकम्पको भविष्यवाणी गर्छन् ।

-संबन्धित लेख पढ्नुस्-

जिवजन्तुले पाउँछन् भूकम्पको पूर्व संकेत

ढोकैनिर आइपुग्यो भूकम्पको भय

हराउनसक्छ सगरमाथापनि

तपाइँको प्रतिक्रिया